शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारद कोहार
तौलिहवा(कपिलबस्तु), चैत २३ गते । कपिलबस्तु प्रहरीले शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीलाई नियन्त्रणमा लिइएको छ । उपाध्यक्ष चौधरीले ड्युटीमा खटिएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक सन्तोष आचार्यका अनुसार शुद्धोधन गाँउपालिकाको वडा ५ शिवलवा दोहनी चेकपोष्टमा ड्युटी गरिरहेकै सशस्त्र प्रहरीलाई हातपात गरेका कारण नियन्त्रणमा लिइएको बताउनुभयो । सामान ल्याउने विषयलाई लिएर विवाद बढ्दै जाँदा उपाध्यक्ष चौधरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि हातपात गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो “सशस्त्र प्रहरीले जाहेरी दियो भने मुद्धा चल्ने, जाहेरी दिइएन भने मुद्धा चल्ने छैन ।”