• २३ चैत २०८२, सोमबार

स्वास्थ्यकर्मीलाई पनि दुई दिन बिदा दिन सङ्घको आग्रह

blog

काठमाडौँ, चैत २३ गते । नेपाल चिकित्सक सङ्घले हप्तामा दुई दिन सार्वजनिक बिदा चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा पनि कार्यान्वयन गर्न आग्रह गरेको छ । 

 सङ्घको महासचिव डा। सञ्चिब तिवारीले विज्ञप्ति जारी गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा समेत कार्यान्वयन गर्न आग्रह गर्नु भएको हो ।

सङ्घले  चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि अन्य पेशाकर्मीलाई पनि अन्य पेशाकर्मीलाई जस्तै कार्यकौशलताको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नको लागि बिदा अपरिहार्य रहेको हुनाले हप्तामा दुई दिन बिदा कार्यान्वयन गर्न आग्रह गरेको हो । 

सङ्घका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आराम गर्नको लागि हप्ताको दुई दिन बिदा दिने अन्तराष्ट्रिय प्रचलन  छ ।

 अन्तराष्ट्रिय  श्रम सङ्गठनले व्यक्तिको श्रम अवधि (काम गर्ने समय ) हप्ताको ४२ घण्टा तोकेको भएपनि  स्वास्थ्य संस्थामा  कार्यरत  चिकित्सक  तथा स्वास्थ्यकर्मी दैनिक २४  देखि ७२ घण्टासम्म लगातार  सेवामा खटिनुपर्ने बाध्यता छ । 

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई  समेत शारीरिक तथा मानसिक  तनाव व्यवस्थापन गर्नका लागि  अन्य  पेशाकर्मीलाई जस्तै पर्याप्त आरामको आवश्यकता रहेको सङ्घको ठहर छ ।

हप्तामा दुई दिन शनिबार र आइतबार सरकारी बिदा  दिने सरकारको निर्णयको सङ्घले स्वागत गरेको छ ।