चार लाख पर्यटक भित्र्याउने तयारी
झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।
तेह्र विद्यार्थी पढाउन छ जना शिक्षक
झापाको एउटा सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कमल गाउँपालिका ७ मा रहेको पिङ डाँडा आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या १३ मात्र रहेको पाइएको हो । शिक्षक तथा कर्मचारीको सङ्ख्या ६ रहेको छ । एउटै कक्षा कोठामा राखेर ५ कक्षासम्म पढाइ हुने गरेको छ ।
विद्युत सर्ट भएर एक घर नष्ट
विद्युत सर्ट भएर घरमा आगलागी भएको छ । शनिबार बिहान ४ बजे मोलुङ गाउँपालिका–१ झगरपुरका ४० वर्षीय भोलाकाजी राईको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
चिया प्रविधिको पढाइ सुरु
नेपालमा चिया रोपण सुरु भएको १६० वर्षपछि इलाममा पहिलो पटक चिया प्रविधिको पढाइ सुरु गरिएको छ । प्रमुख निर्यातयोग्य वस्तु मानिएको नेपाली चियाको क्षेत्रमा यो विषयको अध्ययन अध्यापन निकै महत्त्वपूर्ण मानिएको छ । अहिलेसम्म भारत र अन्य मुलुकमा गएर सिकेको सिपका भरमा नेपालीले तयारी चिया बनाउने गरेका छन् ।
टप्पुवासी त्रासदीमा
वर्षा गएसँगै टप्पुवासी सन्तोषले सास फेर्न थाल्छन् । कोसीको सतह घट्दै जादा टप्पुवासीमा हिम्मत पनि बढ्छ तर फेरि अर्काे वर्षायाम आउँछ र कोशीको पानीको सतह बढ्दा बस्तीसँगै पानीमा विलीन हुने हो कि भन्ने त्रासबाट भने उनीहरू कहिल्यै मुक्त हुन सकेका छैनन् । यस वर्ष टप्पुवासीका लागि गएका वर्षहरूभन्दा कष्टकर रह्यो । कोशी नदीमा पानीको सतह गएका दशकभन्दा बढी भएपछि टप्पुवासीमा त्रासदी बढ्यो । नदीले गरैया टप्पु क्षेत्रमा तीव्र कटान गरेपछि नदी उकास क्षेत्रमा रहेका आधा दर्जन घर सार्नु परेको थियो । पछिल्ला केही वर्षदेखि त्यहाँ कटान हुन थालेपछि टप्पु क्षेत्र प्रत्येक वर्ष
चिया प्रविधिकाे पढाइ सुरु
नेपालमा चिया व्यवसाय सुरु भएको एक सय ६० वर्षपछि इलाममा पहिलो पटक चिया प्रविधिको पढाइ सुरु गरिएको छ । निर्यात वस्तुमध्ये विदेशी मुद्रा आर्जनका लागि पनि एक हिस्सा बन्न थालेको नेपाली चियाको क्षेत्रमा यो पढाइ निकै महत्त्वपूर्ण मानिएको छ ।
हात्तीको आक्रमणबाट चौकीदारको मृत्यु
झापामा जङ्गली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । रणकाली सामुदायिक वन जलथलका चौकीदार हल्दीबारी गाउँपालिका –३ निवासी ४० वर्षीय धनबहादुर वनको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।
परम्परागत शैलीमा राखिएको मकैको सुली
खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका- १ स्थित वराहपोखरीमा रहेको खरले छाएको एक घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली ।
तिम्ल्याहा बच्चाको पोषणका लागि माउ गाई सहयोग
झापाको गौरिगंज गाउँपालिका ४ कदमगाछी सुकुम्वासी टोलमा तिम्ल्याहा बच्चा पाउने आमा तथा नवजात शिशुहरूको खानपान तथा भरण पोषणमा सहयोग पुर्याउन गौरीगन्ज गाउँपालिकाले दुधालु गाई किनेर दिएको छ ।
सिँचाइ आयोजना अलपत्र
धनकुटाको सहिदभूमि गाउँपालिका–१, गोपालपुरमा निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न भएको सो योजना केही समय सञ्चालन भएर बन्द भएपछि अलपत्र परेको हो ।
राहदानी अनलाइन फारम निःशुल्क
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राहदानी (इ–पासपोर्ट) को अनलाइन फारम निःशुल्क भरिदिन थालेको छ । प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेको हो ।
वडा कार्यालय आफ्नै भवनमा
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ। भाडाको घरमा वडा कार्यालय सञ्चालन गर्दै आएको खोक्लिङले आफ्नै भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाह गर्न सुरु गरेको हो।
सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला
सीपमूलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् । रामप्रसादराई गाउँपालिका-८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरु स्वरोजगार बनेका हुन् ।
रमेश लामा स्मृति ग्रन्थको लोकार्पण
रमेश लामा स्मृति प्रतिष्ठान बेलबारी मोरङले नेपालको पारामेडिकल क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका उहाँको स्मृतिमा ‘रमेश लामा स्मृति ग्रन्थ’ २०८० प्रकाशन गरेको छ ।
खोटाङबाट सुत्केरी महिलाको हवाई उद्धार
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई उद्धार सेवाले खोटाङकी एक सुत्केरी महिलाको ज्यान बचेको छ । सालनाल अड्किएर गम्भीर अवस्थामा पुगेकी रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी अनिशा गुरुङको ज्यान हवाई उद्धार सेवाले बचाएको हो ।
कालोपत्रे गर्न माग गर्दै गान्धी मनमोहनमार्ग अवरुद्ध
मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार-गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग स्थानीय उपभोक्ताले बन्द गरेका छन्।
चार वर्ष बित्यो, बनेन बसपार्क
सदरमुकाम गाईघाटमा बनाउन थालिएको अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माणको काम अलपत्र परेको छ । कोशी प्रदेशकै नमुना बसपार्क निर्माण गर्न भनेर २०७६ सालमै सम्झौता गरिए पनि निर्माण कम्पनीको चरम लापरबाहीले त्रियुगा बसपार्क अलपत्र परेको हो ।
वाडाङ्मेट मनाउँदै आठपहरिया समुदाय
धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास रहेका आठपहरिया समुदाय यतिबेला वाडाङ्मेट मनाउन व्यस्त छन् । आठपहरिया राईको वर्षभरिमा परेको मृत्यु शोकबाट उकास्ने यो एक मात्र पर्व हो । यही पर्वमा परिवारका सदस्य थपिएको खुसियालीमा हर्कबढाइँसमेत हुने गरेको छ ।
कार्यकर्ता रिहाइपछि आन्दोलन फिर्ता
आफ्ना कार्यकर्ता रिहाइ भएपछि पहिचान पक्षधरले मङ्गलवारदेखि सुरु गरेको बन्दसहित आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबिच बुधवार साँझ बसेको छलफलमा दुई पक्षीय सहमति भएपछि आन्दोलन फिर्ता भएको हो ।
राष्ट्रपति पौडेलद्वारा प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाउनुभएको छ । राष्ट्रपति पौडेलले पठाउनुभएको समवेदना सन्देशलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उहाँकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उहाँको झापास्थित निवासमा पुगेर हस्तान्तरण गर्नुभयो ।
ताप्लेजुङका लागि माध्यमिक तहका शिक्षक सिफारिस
खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका २३ जना शिक्षक ताप्लेजुङका लागि सिफारिस भएका छन्। विज्ञान, गणितलगायत विषयका उक्त सङ्ख्यामा शिक्षकहरू स्थायी नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भएका हुन्।
सरकारी दस्तखत कीर्त्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ
दयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवम् प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्त्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
मेची राजमार्गमा आज पनि यातायात बन्द
ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधर समूहको हिजोदेखिको बन्दका कारण मेची राजमार्ग आज पनि सञ्चालन हुन सकेको छैन ।
पर्यटन प्रवर्द्धनका लागि साल्पा–सिलिचुङ क्षेत्रमा महोत्सव हुने
भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पापोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्द्धनका लागि मेला महोत्सव हुने भएको छ ।