• १२ असोज २०८१, शनिबार

विद्युत सर्ट भएर एक घर नष्ट

blog

शेरबहादुर राई

ओखलढुङ्गा, मङ्सिर १६ गते । विद्युत सर्ट भएर घरमा आगलागी भएको छ । शनिबार बिहान ४ बजे मोलुङ गाउँपालिका–१ झगरपुरका ४० वर्षीय भोलाकाजी राईको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । 

घरमा आगलागी बाट राईको ढुङ्गा माटोले बनेको, जस्ताको छानो भएको एक तले घर, काठ पात, अन्नपात, लत्ताकपडा, नगद दश हजार रुपैयाँ समेत जलेर नष्ट हुँदा करिब तीन लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले बताउनुभयो । आगो स्थानीय र प्रहरीको सहयोगमा एक घण्टा पछि बिहान ५ बजे नियन्त्रण आएको थियो । 

आगलागीबाट कुनै मानवीय र पशु चौपायामा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।