• १२ असोज २०८१, शनिबार

कवाडी गोदाममा आगो लाग्दा पाँच जना घाइते

blog

कवाडी गोदाममा लागेको आगो ।

शशिधर पराजुली

विराटनगर, मङ्सिर २० गते। विराटनगर ७ स्थित सातघुम्ती रोडमा रहेको कवाडी गोदाममा आगो लागेको छ। आगलागीमा परेर घाइते भएका पाँच जनालाई प्रहरीले उद्धार गरेको छ। 

आगलागीमा परेर कवाडीमा काम गर्ने मजदुर घाइते भएको आशङ्का गरिएको छ। आगलागीमा घाइते पाँच मध्ये तीन जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिनुभयो। 

घाइतेमध्ये चार जनालाई उपचारका लागि न्युरो अस्पताल र एक जनालाई कोशी अस्पताल विराटनगर लगिएको छ। घाइतेहरूको परिचय भने खुलिसकेको छैन। 

विराटनगर, दुहबी, इटहरीलगायतबाट आएको वारुणयन्त्रले आगलागी नियन्त्रणको प्रयत्न गरिरहेको छ। अहिले झण्डै ७५ प्रतिशत आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।