• १४ असार २०८१, शुक्रबार

गोदामघर आगलागी अपडेट : दुई जनाको मृत्यु

blog

आगलागी भएको गोदामघर । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, मङ्सिर २० गते । विराटनगर–७ स्थित सातघुम्ती रोडमा रहेको कवाडी गोदाममा भएको आगलागी घटनामा दुई जनाको ज्यान गएको छ ।  

आगलागीमा परेर विराटनगर–६ घर भएका ३० वर्षे दिपक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । आगो नियन्त्रणपछि गोदाम सफा गर्नेक्रममा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ । शव जलेर नचिनिने अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।  

आगलागीमा परेर गम्भीर घाइते भएका चार जनामध्ये मण्डलको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा निधन भएको हो । बाँकी तीन जना घाइतेको न्यूरो अस्पतालमा र एक जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।