• १६ असार २०८१, आइतबार

इलाम अस्पताल छेउमा लागेको आगो नियन्त्रणमा

blog

आगो नियन्त्रणपछि क्षतिको विवरण सङ्कलनको क्रममा सेना र प्रहरी । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, मङ्सिर २६ गते । 
इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको छ । मङ्गलबार दिउँसो २ बजेबाट सुरु भएको आगलागी अपराह्न ४ बजेतिर नियन्त्रणमा आएको हो । सजिलैसँग दमकल पुग्न नसक्ने भएका कारण आगो निभाउन समस्या भएको थियो । 

आगो सुरु भएको करिब आधा घण्टापछि पुगेका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा करिब दुई घण्टापछि मात्र आगो नियन्त्रण भएको हो । भान्सा घरमा भएका खाना पकाउने ग्यास पड्किएपछि आगो नियन्त्रण बाहिर गएको थियो ।

भान्सा घरमा चार परिवार बस्दै आएको जनाइएको छ । अहिले घटनाको विवरण लिन सुरु गरिएको र विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट भान्सा घरमा राखिएका सबै सामान नष्ट भएको प्रहरीले जनाइएको छ । भान्सा घरमा कोही नभएको अवस्थामा दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको थियो । भान्सा घरमा आगो लाग्दा नजिकै रहेको अस्पतालको क्वाटरको तल्लो भागमा समेत क्षति पुगेको जनाइएको छ ।

यो पनि पढ्नुहोस

इलाम अस्पताल छेउमा आगलागी, नियन्त्रण प्रयास जारी