अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो ।
बुहारीको पीडा ‘बहुरानी’
गीतकार प्रमिला बस्नेतको शब्द तथा शङ्कर थापा ‘स्माइल’ को सङ्गीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । एउटा बुहारीको भूमिका परिवारमा धेरै महìवपूर्ण हुँदाहुँदै पनि बुहारीले भोग्नुपर्ने समस्यालाई अलिकति भए पनि मलम लगाउने प्रयास स्वरूप ‘बहुरानी’ निर्माण गरिएको छ ।
‘चलचित्र मनोरञ्जन मात्र होइन, अभियान पनि हो’
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले चलचित्र मनोरञ्जन मात्र नभएर एउटा अभियान रहेको बताउनुभएको छ ।
‘आउट लः दभा २१९’
चलचित्र ‘आउट लः दभा २१९’ को फर्स्ट लुक सार्वजनिक भएको छ । फस्र्ट लुकमा चलचित्रका मुख्य नायक सुशील श्रेष्ठ देखिनुभएको छ । उहाँलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । अमित अग्रहरिको निर्माणमा तयार हुने चलचित्रमा विक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा सुशीलसँगै नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुनको अभिनय रहने छ । विनोद कडायत र सशाङ्क खड्का कार्यकारी निर्माता रहनुभएको छ ।
बढ्दै छ चलचित्रमा लगानी
कुनै समय थियो जुन बेला नेपाली चलचित्रमा लगानी गर्नु भनेको ‘बालुवामा पानी हाल्नु’ सरह हुन्थ्यो तर अहिले समय बदलिएको छ । अहिले एक दुई वटा चलचित्र छोडेर भन्ने हो भने अधिकांशले लगानी उठाउने गरेको निर्माताको भनाइ छ । नयाँ शैलीसाथ चलचित्र निर्माण हुने क्रम बढ्दो छ । अधिकांशलाई लगानी डुब्छ भन्ने थाहा हुँदाहँुदै पनि यो क्षेत्रमा लगानी गर्नेको भिड उस्तै छ । पुराना केही लगानीकर्ता हराए पनि नयाँ भित्रिने क्रम बढ्दो छ ।
फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक
आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ ।
छक्कापन्जा–५ शुभमुहूर्त
भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्र ‘छक्कापन्जा–५’ बिहीबार शुभमुहूर्त गरिएको छ । चलचित्रमा वर्षा सिवाकोटी, दीपकराज गिरी र केदार घिमिरेको मुख्य भूमिका रहेको छ ।
ढकालको ‘मालती र मंगले’
गायक सुजन ढकालले नयाँ गीत ‘मालती र मंगले’ ल्याउनुभएको छ। डीपी खनालको शब्द र राजन तिमिल्सिनाको संगीत रहेको गीतमा गायनमा सुजनलाई मेलिना राईले साथ दिनुभएको छ। गीतको एरेन्जर विषम आचार्य हुनुहुन्छ।
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु
२१ औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) बुधबारबाट सुरु भएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको चलचित्र ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरसँगै महोत्सव सुरु भएको हो । ‘द टाइगर्स नेस्ट’ एक किशोर (बालमणि) र बाघको बच्चाबिचको आत्मीय सम्बन्धको कथा हो ।
बनेपामा चलचित्र स्टुडियो बनाइने
काभ्रेको बनेपामा चलचित्र छायाङ्कनका लागि स्टुडियो निर्माण गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्षको बजेट मङ्गलबार प्रस्तुत गर्दै बनेपामा चलचित्र छायाङ्कनका लागि स्टुडियो निर्माण कार्य सुरु गरिने बताउनुभएको हो । अर्थमन्त्री पुनले दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने बताउनुभयो । समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमि, गोरखा, जनकपुर, मटिहानीलगायत स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र संवर्धन गर्न विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्यलगायत अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्धन गरिने बजेटमा उल्लेख छ । त्यस्तै प्रतिलिपि अधिकारको संरक्षण र नियमन गरिनुका साथै सनातन धर्म र संस्कृतिका अन्तर्राष्ट्रियस्तरका सभा र सम्मेलन आयोजना गर्न प्रोत्साहन गरिने जनाइएको छ । बजेटमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने पनि उल्लेख गरिएको छ । । तनहुँको चुँदी रम्घामा नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने छ । गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक सङ्ग्रहालय निर्माण गरिने जनाइएको छ । यीसहित अन्य कार्यक्रम कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सात अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।
फेशन साे
फेशन नेटवर्क नेपालले शनिबार ललितपुरमा आयोजना गरेको नेपाल फेशन फेस्टिवल फेशन शो मा सहभागी हुँदै मोडल ।
नेपाली फिल्मको ‘सिनेमाण्डु’ न्वारान
नेपाली चलचित्र उद्योगको पर्यायवाचीका रूपमा ‘कलिउड’ भनिँदै आएको छ । अमेरिकी चलचित्र उद्योगलाई ‘हलिउड’ र भारतीय चलचित्र उद्योगलाई ‘बलिउड’ भनिए जस्तै त्यसको नक्कलका रूपमा ‘कलिउड’ भनिँदै आएको थियो । सो नामको सट्टामा नेपाली चलचित्र क्षेत्रलाई ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । नेपाली चलचित्र उद्योगलाई के भनेर सम्बोधन गर्ने भन्ने विषयमा छलफलका लागि चलचित्र विकास बोर्डले चलचित्र सम्बद्ध संस्थालाई सोमबार बोलाएको थियो । सो छलफलमा ‘सिनेमाण्डु’ नामकरणबारे सहमति जुटेको हो ।
आदिवासी चलचित्र महोत्सवमा आठ विधा
आदिवासी चलचित्र महोत्सवमा प्रदर्शनी गरिने चलचित्रको सूची सार्वजनिक गरिएको छ । काठमाडौँमा जेठ २३ गतेदेखि सञ्चालन हुने महोत्सवमा सहभागी चलचित्रलाई विभिन्न आठ विधामा पुरस्कृत गरिने छ । प्रदर्शनीको तयारीबारे जानकारी दिन सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । तीनदिने सो महोत्सवको उद्घाटनमा १२ फिल्म प्रदर्शन गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उत्कृष्ट फिचर फिल्मलाई २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार र उत्कृष्ट छोटो फिल्मलाई १० हजार रुपियाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ । पब्लिक च्वाइस अवार्डका रूपमा ३५ हजार रुपियाँ दिइने भएको छ ।
‘सतीदेवी’ को पोस्टर सार्वजनिक
लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ को प्रचार सामग्री सार्वजनिक गरिएको छ । अभिनेतृ मलिका महत बच्चालाई स्तनपान गराइरहेको दृश्यसहितको सार्वजनिक यो प्रचार सामग्री दोस्रो हो । पोस्टरमा छेवैमा दुई बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ रोइरहेको देखाइएको छ । यसअघि सार्वजनिक पोस्टरमा उनी कालोमोसो र जुत्ताको माला लगाएर लखेटिइरहेको अवस्थामा प्रस्तुत थिइन् ।
म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाच’ प्रशिक्षण
लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाच’ प्रशिक्षण सुरु भएको छ ।
‘बाटो’ को ट्रेलर सार्वजनिक
नेपाली, अङ्ग्रेजी, तामिल र हिन्दी भाषामा निर्माण भएको चलचित्र ‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा मदन थापाको लेखन तथा निर्देशन रहेको छ । दुई मिनेट ३४ सेकेन्डको ट्रेलर थ्रिलर शैलीको छ । ट्रेलरमा जङ्गलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रले बेहोरेको समस्यालाई देखाइएको छ । एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देखाइएको छ । यसबाहेक ट्रेलरमा जङ्गलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित र दुःख दिएको छ भन्ने दृश्य देखाइएको छ । चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्दलगायतको अभिनय रहेको छ ।
बर्बादी बन्यो ‘फर्की फर्की’
विज्ञापन हेरेर चलचित्र ‘फर्की फर्की’ बाट दर्शकले जे आशा गरेका थिए, खासमा त्यो होइन रहेछ । चलचित्रको कथा के हो र कथा कहाँ जाँदै छ भन्नेमै दर्शक अलमलिन्छन् । चलचित्र प्रेमकथा, ‘टाइम ट्राभल’, ‘टाइम लुप’ अथवा हाँस्य के हो त ? दर्शक यही तीन कुराको सोचाइले वाक्कदिक्क बन्छन् ।
भक्तपुर साङ्गीतिक समाजको अध्यक्षमा अल्बर्ट
भक्तपुर साङ्गीतिक समाजको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अल्बर्ट बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । साङ्गीतिक समाजको अध्यक्ष पदमा अल्वर्ट सर्वसम्मत निर्वाचित हुनुभयो ।
फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक
भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ ।
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्र ‘आचार्य’
विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले राससलाई जानकारी दिनुभयो । पुनः प्रदर्शनलाई लक्षित गर्दै चलचित्रको नयाँ प्रचार सामग्रीको रूपमा इन्टरनेटमा श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ ।
अवालेको ‘ए माया ए है माया’
गायक राम अवालेको नयाँ गीत ‘ए माया ए है माया’ रिलिज भएको छ । खेलकुदसँग सम्बन्धित गायक अवाले नेपाल बक्सिङ सङ्घका अध्यक्ष हुनुहुन्छ । शम्भुजित सेभेन नोट्स युट्युब च्यानलमार्फत सो गीत बिहीबार सार्वजनिक गरिएको हो । सो गीतमा सङ्गीत र रचना नेपालका हस्ती सङ्गीतकार शम्भुजित बाँस्कोटाको रहेको छ । ‘ए माया ए है माया’ हाल बजारमा चल्दै आएको लोक, आधुनिक रोमान्टिक डान्सिङ बिटको सम्मिश्रण छ ।
फेदिखोलेको लोकगीत बजारमा
फेदिखोला गाउँपालिका ४ गलेमका प्रसाद लामिछानेको ‘फेदिखोल’ को लोक गित सार्वजनिक भएको छ । उहाँले प्रसाद डिजिटल यूट्यूबमार्फत गीत सार्वजनिक गर्नुभएको हो ।
फिल्ममा लगानी बढ्दै, हल घट्दै
नेपालमा मल्टिप्लेक्सको सुरुवात भएसँगै कुनै समय धेरै राम्रा भनिएका हल बन्द भइसेकका छन् । कुमारी, जयनेपाल, गोपीकृष्ण, गुण सिनेमा, गङ्गा, सिद्धार्थ, हिरारत्न, शिवदर्शन, मनकामना, आरधनालगायत चलचित्र भवन ब
-याप रियालिटी घोषणा
-याप रियालिटी सो ‘नेपहपको श्रीपेच’ को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा -याप रियालिटीको घोषणासँगै डिजिटल अडिसनसमेत खुला गरिएको हो ।