• १० भदौ २०८१, सोमबार

सन्तोष बने मिस्टर नेपाल

blog

काठमाडौँ, भदौ १० गते । झापाका सन्तोष लोक्सम ‘मिस्टर नेपाल २०२४’ विजेता बन्नुभएको छ । लोक्समले नोभेम्बरमा भियतनाममा हुने ‘मिस्टर वल्र्ड–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । 

नेक्स मोडल नेपालद्वारा आयोजित प्रतियोगिताको शनिबार राति सम्पन्न फाइनलमा भक्तपुरका योगेश श्रेष्ठ ‘मिस्टर ग्लोबल नेपाल–२०२४’ विजेता बन्नुभएको छ । योगेशले अक्टोबर महिनामा थाइल्यान्डमा हुने ‘मिस्टर ग्लोबल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । 

काठमाडौँका आयुष दुलाल ‘म्यान अफ दी वल्र्ड नेपाल–२०२४’ हुनुभएको छ । प्रतियोगितामा धरानका आदेश प्रधान पहिलो उपविजेता र हेटौँडाका आयुष बम्जन दोस्रो उपविजेता बन्नुभएको थियो । प्रतियोगितामा देशभरिका ३८ जना युवाको सहभागिता रहेको थियो ।