• १६ भदौ २०८१, आइतबार

महिला आयोगमा तिज

blog

काठमाडौँ, भदौ १४ गते । राष्ट्रिय महिला आयोगले तिजलाई तडकभडक रूपमा नभई मितव्ययी बनाउनुपर्ने सन्देश दिन तिज पर्व मनाएको छ । तिज विशेष कार्यक्रममा श्रमिक महिला सहकारी नौमती बाजा समूहको विशेष प्रस्तुति रहेको थियो । 

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलाको महान् चाड तिज कार्यक्रमले महिला सशक्तीकरणको सन्देश दिनुपर्नेमा जोड दिनुभयो । मधेशी आयोगका सदस्य रेणुकुमारी साहले तिजलाई भड्किलो नबनाई कला, संस्कृति जोगाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभयो । आयोगका सचिव पार्वती अर्यालले तिज पर्वलक्ष्यित आयातलाई घटाउन घरमै भएका कपडा, गहना, सजावटका सामग्रीलाई फेरि फेरि प्रयोग गर्ने संस्कारको थालनी गर्न सके आर्थिक बचतमा टेवा पुग्दा आर्थिक सशक्तीकरणको पाटो सबल हुने बताउनुभयो ।