• २ भदौ २०८१, आइतबार

‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ सार्वजनिक

blog

तस्बिर : रासस

काठमाडौँ, भदौ १ गते । गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । “हुक्काभित्र ट्वार्र ! ट्वार्र ! चेतनामूलक बालगीत हो । 

यसमा हाम्रा नानीबाबुहरू प्रश्न गर्छन् कि तमाखु, चुरोट, खैनी किन सेवन गर्ने ? यी सबै स्वास्थ्यका लागि हानिकारक छन् । उनीहरू भन्छन्, हामी नानीबाबुहरू अम्मली छैनौँ, हामी स्वस्थ नेपालका स्वस्थ बालबालिका हौँ । नानीबाबुहरूका सत्य भनाइ हाम्रा लागि अचुक वाण हुन्”, भिडियोमा भनिएको छ ।

बाल नमुना माध्यमिक विद्यालयमा शुक्रबार भएको एक कार्यक्रममा पूर्वसांसद माया ज्ञवाली, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, वरिष्ठ सङ्गीतकार एवम् गायक रामेश श्रेष्ठ र अनन्त वाग्लेलगायत बालसाहित्यकारको उपस्थितिमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

उक्त भिडियोमा पूजा देवकोटा, दर्शिल पन्त, टेरेसा विश्वकर्मा र प्रसन्न तामाङको स्वर रहेको छ भने यसको निर्माणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गरेको छ । भिडियोमा बाल नमुना माध्यमिक विद्यालयका नानी बाबुहरूको नृत्य र अभिनय छ । आचार्य  गोपालको निर्देशनमा बनेको भिडियोमा ख्याति प्राप्त कलाकार रामचन्द्र अधिकारीले पनि अभिनय गर्नुभएको छ । रासस