नेपाल फेसन फेस्टिभल सुरु
फेसन नेटवर्क नेपालले तिनदिने ‘नेपाल फेसन फेस्टिभल’ सुरु गरेको छ । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले बिहीबार साँझ फेसन फेस्टिभलको सुरु गर्नुभएको थियो । फेस्टिभललाई ‘दिगो फेसन, सौ
गीतकार सङ्घ नेपालले विभिन्न श्रष्टालाई पुरस्कृत गर्ने
‘अमर-भावना राष्ट्रिय स्रस्टा सम्मान गीतकार सङ्घ नेपाल-२०८०’ डा. रिजाललाई प्रदान गरिने भएको छ ।
सङ्गीतकार नागेन्द्र श्रेष्ठको ‘तिमी सुस्तरी छेउ आइदेउन’ सार्वजनिक
गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको ‘तिमी सुस्तरी छेउ आइदेउन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक
नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार ट्रेलर सार्वजनिक भएको हो । चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ ।
‘हामी सपना सानो देख्छौँ’
अन्तर्राष्ट्रिय चलचित्र मेला, महोत्सवमा नेपाली चलचित्रले प्रतिस्पर्धा र सहभागिता गर्ने क्रम बढ्दो छ । त्यसो त नेपालमै समेत काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल र नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल, ह्युम्यान राइट्स फिल्म फेस्टिभललगायत चलचित्र प्रवर्धनसम्बन्धी महोत्सव हुने गरेका छन् ।
‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक
गायक मनोज तिवारीको पूर्वेली भाकाको नयाँ गीत सार्वजनिक भएको छ ।
फिल्मको रचनात्मक सहर
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँ महानगरपालिकालाई ‘फिल्मको रचनात्मक सहर’ को नयाँ सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले राजधानीमा सोमबार आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गर्नुभएको हो । महानगरले चलचित्रसँग सम्बन्धित संस्थालाई बोलाएर क्रिएटिभ सिटीको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाएको थियो । युनेस्को प्रमुख क्रफ्टले काठमाडौँमा फिल्मको सम्भावना उच्च रहेको र फिल्म जस्तो सफ्टपावरको क्षेत्रलाई समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
छायाङ्कनमा ‘१२ गाउँ’
अभिनेता विराज भट्टले छोरा समीर भट्टलाई मुख्य भूमिकामा राखेर चलचित्र ‘१२ गाउँ’ को निर्माण थाल्नुभएको छ । सो चलचित्रको सोमबार ललितपुरको हात्तीवनमा शुभमुहूर्त गरिएको छ । सो चलचित्रको निर्माता, निर्देशक विराज भट्ट हुनुहुन्छ । चलचित्रको शुभमुहूर्तमा समीर भट्ट, सनिशा भट्टराई, न्यान्सी खड्का, कनिज कोइरालालगायत उपस्थित हुनुहुन्थ्यो । म्युजिक भिडियोमा रुचाइएकी मोडल सनिशा भट्टराईले ‘१२ गाउँ’ बाट चलचित्रमा प्रवेश गर्नुभएको छ ।
तामाङ समुदायमा प्रचलित ‘डम्फु र सेलो’ कार्यक्रम सुरु
तामाङ समुदायमा प्रचलित, परम्परागत भाका सेलो, फापरे व्हाईलगायतका (गीत)को प्रवर्द्धनका लागि ‘डम्फु र सेलो’ कार्यक्रम सुरु भएको छ ।
‘अधुरो प्रेम’ अब चलचित्र
कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’ को कथावस्तुमा चलचित्र निर्माण गरिने भएको छ । शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६० औँ शृङ्खलामा साइग्रेस आफैँले चलचित्रको घोषणा गर्नुभएको हो । चलचित्रलाई शिशिर खातीले निर्देशन र प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने भएको छ । चलचित्रको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ ।
‘करिम’ हटाउन माग
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले कलाकार प्रकाश दुतराजको ‘करिम’ बोलको गीत युट्युबबाट हटाउन माग गर्नुभएको छ । प्रमुख बादीले गीत हटाउन माग राख्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र केन्द्रीय चलचित्र जाँच समितिमा निवेदन दिनुभएको छ ।
बस्यौँ अलग्यैँ गीत युट्युब ट्रेन्डिङमा
लोकगायक अर्जुन सापकोटा र शान्ती श्री परियारको स्वर रहेको यो गीत युट्युबमा सबैभन्दा बढी रुचाइएको छ। भिडियोमा युवकको युवतीप्रति एकोहोरो प्रेमकथा देखाउन खोजिएको छ।
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै
शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै नयाँ चलचित्रको प्रदर्शन गरिएको छैन । जेठमा दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै छन् । बाँकी तीन साता कुनै चलचित्रको प्रदर्शन तय गरिएको छैन ।
चलचित्रको हिसाबकिताब: भन्ने एउटा, देखाउने अर्कै
चलचित्र निर्माता र चलचित्र प्रदर्शक (हल मालिक) बिचको हिसाबकिताब विवाद नयाँ होइन । निर्माता र हल सञ्चालकबिच चलचित्र प्रदर्शनको विषयलाई लिएर गए वर्ष ठुलै विवाद चलेको थियो । नेपाली चलचित्रलाई पर्याप्त ‘सो’ नदिने आरोप हल मालिकमाथि निर्माताले लगाउँदै आएका थिए । हल सञ्चालकले नेपाली चलचित्रले हलको भाडासम्म उठ्नुपर्ने जिकिर गर्ने गर्थे तर अहिले यो विवाद साम्य भएको छ । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घबिच ५०÷५० प्रतिशत सेयर बाँडफाँट गर्ने सहमति भएपछि यो विवाद टुङ्गिएको हो । हिसाबकिताबको यो विवाद टुङ्गिएपछि काठमाडौँका हलमा दर्शक सङ्ख्या बढ्न थालेका छन् । चलचित्रको व्यापार लयमा फर्किन थालेको हल सञ्चालक बताउँछन् । ‘मल्टिप्लेक्स’ र ‘डिजिटल’ ले गर्दा पनि अहिले हलमा दर्शक बढ्न थालेका हल सञ्चालकको भनाइ छ ।
तेह्र वर्षपछि फेरि ‘आचार्य’
भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शन गरिने भएको छ । सन् २०११ मा सो चलचित्र प्रदर्शनमा आएको थियो । गायक तथा चलचित्रका कलाकार सत्यराज आर्चायका अनुसार आचार्यको सम्झनामा चलचित्र पुनः प्रदर्शन गर्न लागिएको हो । चलचित्रमा भक्तराज र सत्यराज मुख्य भूमिकामा देखिनुभएको छ । उहाँहरूसँगै सुनील पोखरेल, दयाहाङ राई अरुणा कार्की र विपिन कार्कीको अभिनय रहेको छ । सो चलचित्र प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको छ ।
विवादमा करिम
बादी समुदायका महिला तथा बालिकाले यौन व्यवसायमा संलग्न भएको कथासहितको ‘करिम’ बोलको गीत विवादमा परेको छ । सामाजिक सञ्जालमा करिम गीतले चर्चासँगै आलोचना पनि खेपिरहेको छ । प्रकाश दुतराजको म्युजिक भिडियो मुख्य विषयवस्तु बादी समुदायका बालिका र युवतीलाई पैसाका लागि जबरजस्ती यौन कार्यमा लाग्न बाध्य बनाउने पक्ष हो । सामाजिक सञ्जाल प्रयोगकर्ता सुनिता परियारले करिम भन्ने गीतले नेपाली समाजलाई पुरानै स्थितिमा लिन खोजेको र बादीहरू जति पढेलेखे पनि देहव्यापारी नै हुन् भन्ने भाष्यलाई निर्माण गर्न खोजेका धारणा व्यक्त गर्नुभएको छ । गीतले बादी जातिलाई सयौँ वर्ष पछाडि धकेल्न खोजिएको आरोप उहाँको छ ।
‘१२ गाउँ’ मा इकु
विराज भट्टको निर्माण, निर्देशन रहने चलचित्र ‘१२ गाउँ’ मा हास्य कलाकार सुलेमान शङ्कर (इकु) ले अभिनय गर्नुहुने भएको छ । विराजले सामाजिक सञ्जालमा सुलेमानसँगको एक तस्बिर पोस्ट गर्दै लेख्नुभएको छ्, “सुलेमान शङ्कर ‘इकु’ लाई १२ गाउँ चलचित्रमा अब दर्शकले हेर्न पाउने छन् । उहाँलाई हामीले एउटा महìवपूर्ण पात्रका लागि चलचित्रमा अनुबन्धित गरेका छाैँ ।”
१० वर्षपछि सिड्नी आउँदै महजोडी
चर्चित हास्यव्यङ्ग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षपछि अस्ट्रेलियाको सिड्नी आउनुहुने भएका छन्।
रियल थेरापी : कलाकार भन्छन् शारीरिक र मानसिक तनाव कम गर्ने उपयुक्त थलो
व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीले विशेष गरी सहरी जीवन अस्तव्यस्त बनिरहेको छ । काम विशेषले मानिसले शरीरको ख्याल गर्नसमेत नभ्याउने अवस्था छ ।
‘रिटिङ रिटिङमा’ को भिडियो सार्वजनिक
गीतकार तथा नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेख्नुभएको ‘रिटिङ रिटिङ’ मा बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सङ्गीत साधना खस्कँदै
नेपाली लोकगीत तथा सङ्गीतको परम्परा निकै पुरानो छ । तथापि आधुनिक गीतसङ्गीत परम्परामा नेपालको लामो इतिहास छैन । नेपाली सङ्गीतको व्यावसायिक विकासमा सङ्गीत शिक्षाको महत्वपूर्ण भूमिका हुने भए पनि नेपालमा सङ्गीत शिक्षाले फड्को मार्न सकेको छैन । कुनै पनि गीत राम्रो हुनमा शब्द र स्वरको जति ठुलो भूमिका हुन्छ, त्यति नै महत्व सङ्गीतको हुन्छ । नेपाली सङ्गीतको विशेषता आफ्नै मौलिकता हो । नेपाली सङ्गीतमा लोकसङ्गीतको प्रभाव ज्यादा छ । पछिल्लो समयमा सङ्गीतको अध्ययनभन्दा पनि रहरैरहरमा सङ्गीत क्षेत्रमा आउने क्रम बढ्दो पाइन्छ । केही सङ्गीतकर्मीले व्यावसायिक रूपमा आफूलाई अघि बढाउन खोजेका पनि छन् । कोरोनापछि सङ्गीत सिकाइने विद्यालय बढे पनि सङ्गीत सिक्न आउने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको सङ्गीत विद्यालय सञ्चालक बताउँछन् ।
ब्युटिसियन ट्यालेन्ट बनिन् शर्मिला
‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जित्नुभएको छ । बुढाथोकीले बेस्ट नेल आर्टको उपाधिसहित २५ हजार रुपियाँ पुरस्कार तथा उपहार प्राप्त गर्नुभएको छ । जमलस्थित नाचघरमा मङ्गलबार सम्पन्न प्रतियोगितामा मोस्ट ट्यालेन्ट अवार्डसहित निशा थापा प्रथम उपविजेता बन्नुभएको छ । बेस्ट हेयर स्टाइल अवार्डसहित अम्बिका तुलाधर अधिकारी द्वितीय उपविजेता हुनुभएको छ । बेस्ट हेयर केमिकल टेक्निसियन अवार्डसहित रजनी राई तृतीय उपविजेता हुनुभएको छ । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा आयोजित सो प्रतियोगिताको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गर्नुभएको थियो ।
एपमा ‘चपली हाइट ३’
ओभर दी टप (ओटिटी) प्लेटफर्म ‘सिनेमाघर एप’ मार्फत ‘चपली हाइट ३’ सार्वजनिक गरिएको छ । ओटिटी प्लेटफर्ममार्फत विश्वभर सिनेमा हेर्न सकिन्छ । प्रदर्शनमा गएको तीन दिनमै कोभिड–१९ महामारीले चलचित्रघर बन्द भएपछि ‘चपली हाइट ३’ चलचित्र फागुन २०७८ मा पुनः प्रदर्शन गरिएको थियो । सो चलचित्रलाई अब एपमार्फत हेर्न सकिने भएको छ ।
लोक स्टार बनिन् हरिकला
माथागढी गाउँपालिकास्तरीय ‘लोक स्टार प्रतियोगिता’ मा हरिकला ठाडा प्रथम हुनुभएको छ । सो प्रतियोगितामा गनिसरा बाह्रघरे द्वितीय र मीना विश्वकर्मा तृतीय हुनुभएको छ ।