• १० मंसिर २०८१, सोमबार

भदौमा ‘नमेटिने घाउ’

blog

काठमाडौँ, साउन २३ गते । एसिडपीडितको वास्तविक कथामा निर्मित चलचित्र ‘नमेटिने घाउ’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । प्रवर्धन पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एसिडपीडितको तस्बिर राखिएको छ ।

भदौ ७ गतेदेखि सार्वजनिक प्रदर्शन गरिने चलचित्रमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद ज्ञानेन्द्र शाहीलगायतको अभिनय रहेको छ । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरीलगायतको अभिनय रहेको छ । एसिडपीडित ३३ जनाको कथालाई चलचित्रमा समेटिएको छ । रमित ढुङ्गाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रमा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन र ओम सुनारको सङ्गीत रहेको छ ।