• २ भदौ २०८१, आइतबार

यमको ‘बाख्रा करायो’

blog

काठमाडौँ, साउन ३१ गते । नेपाली आधुनिक गायनमा स्थापित यम बरालले लोकलयमा आधारित गीत ‘बाख्रा करायो’ मा स्वर दिनुभएको छ । गीतमा शान्तिश्री परियारले स्वरमा साथ दिनुभएको छ ।

गीतमा डिपी खनालको शब्द र यम बरालकै सङ्गीत छ । म्युजिक भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना रानामगरको अभिनय छ । 

केशवराज भट्टले निर्देशन गर्नुभएको भिडियोमा विशाल थापाको छायाङ्कन र दिप्सन शाहको सम्पादन छ । गायक बरालले ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत गीत रिलिज गर्नुभएको हो ।