• १६ भदौ २०८१, आइतबार

सुनिताको ‘नबोल अरूसँग’

blog

काठमाडौँ, साउन ३० गते । साउन लागेपछि लोकगायिकालाई तिज गीत ल्याउने चटारो हुन्छ । तिजमा थुप्रै गीत सार्वजनिक भए पनि केही गीतले मात्रै श्रोता/दर्शकको मन जित्न सफल हुन्छन् । तथापि लोकगायिका सुनिता दुलालले हरेक वर्ष जसो तिज गीत सार्वजनिक गर्दै आउनुभएको छ । 

गायिका सुनिताले मङ्गलबार ‘नबोल अरूसँग’ गीत सार्वजनिक गर्नुभएको छ । गायिका सुनितालाई लोकगायक खेम सेन्चुरीले गायनमा साथ दिनुभएको छ । सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा प्रियङ्का कार्की, अञ्जली अधिकारी, गम्भीर विष्ट, सुरेश देवललगायतको अभिनय छ । तिज गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको सङ्गीत रहेको छ ।