• ५ पुस २०८२, शनिबार

‘पुरानाले दुःख दिए, नयाँले दिँदैनौँ’

सुशासनको डण्डा चलाएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ : सभापति लामिछाने

blog

चितवनमा समर्थकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने।

काठमाडौँ, पुस ५ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न आग्रह गर्नु भएको छ। 

चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले मुलुकको भविष्यलाई सोचेर आगामी कदम चाल्नुपर्ने अवस्था रहेको बताउनु भयो। उहाँले भत्केका संरचना बनाउनुपर्ने, टुटेका सपना जोड्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो। पुराना राजनीतिक दलले दुःख दिए पनि नयाँले नदिने उहाँको दाबी छ। 

उहाँले भन्नुभयो, ‘मुलुकको भविष्यलाई सोचेर हामीले कदम अघि बढाउनु पर्छ। भत्केका संरचना बनाउनुपर्ने छ। टुटेका सपनाहरुमा आवाज दिनुपर्ने छ। यसरी हामी तयार भएर बसेका छौँ। पुरानाले दुःख दिए आजका नयाँले दुःख दिने छैनन्। तपाईंहरुको सबैको साथ, विश्वास र मायाका साथ मुलुकलाई नयाँ दिशामा लैजाने छौँ। आगामी चुनाव तपाईं हामी सबैको भविष्यको लागि महत्त्वपूर्ण छ। सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन गर्न आग्रह गर्दछु।’

उहाँले प्रधानमन्त्री सुशीला कार्कीको अनुहारमा उज्यालो पार्न आग्रह गर्नुभयो।