• ६ पुस २०८२, आइतबार

ठुला नेताको क्षेत्रमा भन्दा बाँके २ मा विकास भएको छ : पुर्वमन्त्री राई

blog

कार्यक्रममा बोल्दै जसपाका महासचिव पूर्वमन्त्री मोहम्मद इश्तियाक राई। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस ६ गते। जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरूको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी विकास भएको दाबी गर्नु भएको छ। 

खजुरा गाउँपालिकाको उढरापुर चोकमा बाँके क्षेत्र नम्बर ३ का नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले आफूले अझै पनि बाँकेलाई झन् बढी विकसित र राम्रो बनाउने योजना र  लक्ष्यका साथ अघि बढेको जानकारी गराउनु भयो। 

विगतका निर्वाचनका बेला आफूले गरेको वाचा र योजनाले मूर्त रूप लिइरहेको जनाउँदै उहाँले गत निर्वाचनमा चुनाव जितेकाले सिन्को पनि न भाँचेको बताउनु भयो। 

उहाँले गत प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई जनताले विगत भन्दा बढी माया गरेको र बढी मत दिएको जनाउँदै तर केही प्राविधिक कारणले मात्र हार बेहोर्न परेको सुनाउनु भयो। 

उहाँले भेरी अस्पताल निर्माणका लागि ३२५ करोड रुपियाँ आफूले नै विनियोजन गर्न लगाएको बताउँदै त्यसपछि आएका मन्त्रीले कार्यान्वयन गर्न नसकेको र यहाँबाट गत निर्वाचनमा जितेका सांसदले कुनै दबाब पनि दिन नसकेको बताउनु भयो।