• २ भदौ २०८१, आइतबार

शुभेच्छाको निःशब्द छायाङ्कनतिर

blog

काठमाडौं, साउन ३१ गते । नायिका तथा निर्देशक शुभेच्छा थापाको निर्देशनमा चलचित्र ‘निःशब्द’ निर्माण गरिने भएको छ । सोमबार काठमाडौँको भद्रकालीमा चलचित्रको शुभमुहूर्त गरिएको थियो । 

निर्देशक थापाका अनुसार तेस्रोलिङ्गीसम्बन्धी घटना, विषयवस्तुलाई कथामा समेटेर निर्माण गर्न लागिएको चलचित्रको छायाङ्कन बिहीबारबाट थालिने छ । चलचित्रमा शुभेच्छा थापा, सरोज दाहाल, उमेश खड्का, समीप निरौला, गोमा केसी, रश्मि भट्ट, सुशीला निरौला, कमल बोहोरा, रमेश ढकाल, गङ्गा गुरुङ, प्रकृति रानामगरलगायत कलाकारको अभिनय रहने जनाइएको छ । चलचित्रको निर्माता उमेश खड्का हुनुहुन्छ । चलचित्रमा देव श्रेष्ठको द्वन्द्व, सौरभ दवाडीको पटकथा, विनोद बरालको छायाङ्कन, शङ्कर विश्वकर्माको नृत्य निर्देशन रहने निर्माण पक्षले जनाएको छ ।