विवाह बन्धनमा बाँधिए एलिना र विष्णु
गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिनुभएको छ । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उहाँ प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिनुभएको हो ।
२५ वर्षपछि पुनः सञ्चालनमा आयो सरस्वती सङ्गितालय
बाँकेका एक जना वरिष्ठ कलाकारको सहयोगले २५ वर्षदेखि बन्द अवस्थामा रहेको नेपालगन्जको सरस्वती सङ्गितालय पुनः सञ्चालनमा आएको छ।
प्रचारमै सीमित ‘डिग्री माइला’
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र हालसम्म खासै चल्न सकेका छैनन् । गुरुङले निर्देशन गरेका चलचित्रको प्रचारप्रसार खुब गरिन्छ तर जब चलचित्र हलमा चल्ने बेला आउँदा दर्शक नपाउने समस्या सिर्जना हुन्छ । यद्यपि गुरुङद्वारा निर्देशित चलचित्र ‘कबड्डी’ ले सोचेभन्दा राम्रो व्यापार गरेको थियो । यसपछि यसैको दोस्रो र तेस्रो भागले खासै दर्शकको ध्यान खिच्न सकेन । चौथो भाग ‘कबड्डी कबड्डी कबड्डी’ सम्म आइपुग्दा निर्देशक गुरुङको निर्देशकीय पक्ष धेरै नै खस्किसकेको थियो ।
उक्लिँदै चलचित्र बजार
कतिपय सरोकारवालाले पछिल्लो समय नेपाली चलचित्रको बजार खस्कँदो अवस्थामा रहेको बताइरहेका छन् । नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकिरहेको छैन । अधिकांश चलचित्रले निर्माणकर्तालाई प्रतिफल दिन सकिरहेका छैनन् । २०८० सालको चलचित्रको बजार पनि विगतको जस्तै भएको छ । यस वर्ष प्रदर्शनमा आएका धेरै जसो चलचित्रको व्यापार ‘टायँ टायँ फिस’ भए । २०८० साल वैशाख १ गते चलचित्र ‘जारी’ प्रदर्शन भएको थियो । यस चलचित्रले राम्रो व्यापार गरेको र व्यापारका हिसाबले सफल भएको जानकारहरू बताउँछन् ।
‘पुजार सार्की’ को पोस्टर रिलिज
आगामी जेठ १० गते विश्वव्यापी प्रदर्शन हुने चलचित्र ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसँगै अञ्जना बराइली र परीक्षा लिम्बूले पनि स्थान पाउनुभएको छ । चलचित्रका अन्य कलाकारमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्यलगायत हुनुहुन्छ ।
‘रुमाल फाट्यो नि’ सार्वजनिक
गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष सुनारको शब्द र सङ्गीत तथा सुदीप सागरको एरेन्ज रहेको छ । एचबिएन किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको छ । भिडियोमा सन्तोष सुनार, गुराँस ढकाललगायतको अभियन छ । नृत्य शैलीको गीत दोहोरी फ्लेभरमा छ ।
वर्ष २०८० : चलचित्रका लागि सुखद
चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो ।
चलचित्र ‘सारंग’ निर्माण हुने
नेपाली चलचित्र ‘सारङ्ग’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो । चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नुहुनेछ । चलत्रिचको कथा लेखन पनि तामाङकै रहेको छ ।
चलचित्र सङ्घको अध्यक्षमा महर्जन निर्वाचित
प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देवेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैसी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ र सुरेन्द्र थापा निर्वाचित हुनुभएको छ । उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पदमा नयाँ कार्यसमितिको बैठकले विधान अनुसार मनोनीत गरेको अध्यक्ष महर्जनले बताउनुभयो ।
चलचित्र वर्ष समीक्षा: चलचित्र धेरै, दर्शक कम
नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८० सन्तोषजनक देखिएन । वर्षको सुरुमा अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘बिहे पास’ र ‘जारी’ प्रदर्शन भयो भने चैत ३० गते राई अभिनीत चलचित्र ‘डिग्री माइला’ प्रदर्शनसँगै यो वर्षको अन्त्य हुँदै छ । यो वर्ष ‘जारी’ सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो भने बिहे पास, हात्तीछाप, नीरफूल, दिमाग खराब, नाङ्गो गाउँ, परदेशी–२, पशुपति प्रसाद–२ भस्मे डन, रङ्गोली, अगस्त्य, गोर्खा वारियर जस्ता चलचित्रलाई लगानी उठाउन हम्मे हम्मे प¥यो ।
गायिका ममताको ‘प्रशंसा’ सार्वजनिक
गायिका ममताको स्वरमा भजन गीत ‘प्रशंसा’ सार्वजनिक गरिएको छ। राजु सुन्दासले निर्माण गरेको यस गीत भजनसंग्रह १०३: १ देखि ५ बाट लेखिएको हो ।
२०८० मा नाट्यशाला : रङ्गकर्मी व्यस्त, नाटकघर मस्त
नेपाली नाटकघरको यो वर्ष निकै उत्साहजनक रह्यो । रङ्गकर्मीहरू वर्षभरि नाटक मञ्चनमा सक्रिय देखिए । धेरैजसो थिएटर काठमाडौँ केन्द्रित भएकाले नाटक पनि धेरै मञ्चन भए । नाटकका कथामा विविधता देखियो । मण्डला, सर्वनाम, शिल्पी, कौसी, आरोहण गुरुकुलको कुञ्ज, ओजेस, पुरानोघर, शैली, स्टुडियो नियमित जस्तै नाटक मञ्चन भए । यस वर्ष मञ्चन भएको ‘एउटा सपनाको अवसान’, ‘हिउँभन्दा चिसो’, ‘दमिनी भिर’, ‘मासिन्या’ जस्ता नाटकहरूमा दर्शकको भरिभराउ उपस्थितिले रङ्गमञ्चलाई अझ माथि उठाउन मद्दत ग¥यो ।
सचेतना अभियानमा भण्डारी
‘सापटी काका’ नामले चिनिएका दिवाकर भण्डारी नेपाली हास्य कलाकार हुनुहुन्छ । उहाँले करिब तीन दशकदेखि हास्य टेलिचलचित्रमा काम गरिरहनुभएको छ । हाल उहाँ ‘मेरी बास्सै’ का लेखक, निर्देशक र अभिनेता हुनुहुन्छ । ‘धुन’ नामक टेलिचलचित्रबाट सानो भूमिकाबाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएको उहाँले चार लोक युगल एल्बमहरू रिलिज गरिसक्नुभएको छ । उहाँले चलचित्र ‘मेरी गङ्गा’ नामक चलचित्र पनि निर्देशन गर्नुभएको छ ।
मानव सेवा आश्रमको भवन निर्माणका लागि साङ्गीतिक कार्यक्रम
गायिका आनी छोइङ डोल्माले बेलायतमा हुने साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिनुहुने भएको छ। मानव सेवा आश्रम नेपालको भवन निर्माणका लागि सहयोग जुटाउन हुने साङ्गीतिक कार्यक्रममा उहाँको प्रस्तुति राखिएको हो।
नेपाल चलचित्र सङ्घका अध्यक्ष महर्जनद्वारा केन्द्रीय कार्य समिति गठन
नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले केन्द्रीय कार्यसमिति गठन गर्नुभएको छ ।
‘मनसरा’ को वितरण अधिकार
लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘मनसरा’ को अस्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ । सेभेन सिजले चलचित्रको वितरण अधिकार किनेको हो । सेभेन सिजले चलचित्रलाई अस्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्ने छ ।
नेपथ्य समूह बिर्तामोडमा
नयाँ वर्ष २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य साङ्गीतिक समूह पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापाका महत्वपूर्ण केन्द्रलाई जोड्ने उदीयमान सहरमा आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्यान्डका लोकल भाका गुन्जने छन् । नेपथ्यले यस सहरकै प्रमुख खेलकुद आयोजना ‘झापा गोल्डकप’ लाई योगदान दिने उद्देश्यका साथ आफूलाई प्रस्तुत गर्न लागेको हो ।
‘कृष्ण कन्हैया’ भजन बजारमा
‘कृष्ण कन्हैया’ भजन गीत बजारमा आएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्द रहेको उक्त भजनमा तृप्ति खड्का गुरुङको सङ्गीत तथा स्वर रहेको छ । भजन काठमाडौँको सारेगम स्टुडियोमा रेकर्ड गरी इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा यसको म्युजिक भिडियो छायाङ्कन गरिएको छ ।
उडानभित्र सुन तस्करी
तुलनात्मक रूपमा हास्य प्रदान चलचित्रलाई संसारभरि दर्शकले नै धेरै रुचाउने गरेको पाइन्छ । बलिउडमा मात्र नभएर हलिउड र कलिउडमा पनि यो विधाले दर्शकको मन जित्न सफल भएको छ । पैसा कमाउनेदेखि लिएर ठगी गर्नेका विषय समेटिएका हास्य कथा चलचित्रका पर्दामा आइसकेका छन् ।
नयाँ वर्षमा अस्ट्रेलियामा आतसबाजी
विदेशमा रहने नेपालीले आफ्नो अलग पहिचान देखाउने प्रवृत्ति बढ्न थालेको छ । यसै क्रममा अस्ट्रेलियामा बस्ने नेपालीले नयाँ वर्ष २०८१ का अवसरमा आतसबाजी गर्ने भएका छन् । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते (१३ अप्रिल, २०२४) अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको जानकारी अस्ट्रेलियास्थित सनातन समाजका अध्यक्ष सन्तोष मल्लले दिनुभयो । अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीको क्यानबेरामा उल्लेख्य बसोबास रहेको छ । अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपाली बस्दै आइरहेका छन् ।
उपाध्यायको नयाँ रेकर्ड
विश्व कीर्तिमानको पहिचान बनाउनुभएका चर्चित साहित्यकार एवं गीतकार डा. डिआर उपाध्यायले २० वटा नयाँ विश्व रेकर्ड राख्नुभएको छ । राजधानीमा आयोजित कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई उक्त नयाँ विश्व कीर्तिमान रेकर्डका प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । उहाँले साहित्य र सङ्गीतका क्षेत्रमा गर्नुभएको नयाँ उपलब्धीका लागि यस अघि १३३ वटा विश्व रेकर्ड कायम गर्नुभएको दावी गरिएको छ । बिहीबारदेखि २० वटा नयाँ विश्व रेकर्ड थपिएर नेपालमा सबैभन्दा बढी विश्व कीर्तिमान राख्ने व्यक्तिको पहिचान बनाउनुभएको छ ।
‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक चलचित्र बनेको बताउनुभएको छ । उहाँले मङ्गलबार बेलुकी महाजात्रा हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो भनाइ राख्नुभएको हो । “देशमा सुशासन, समृद्धिको कुरा गर्छौं तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई भिन्न शैलीमा चलचित्रमा प्रस्तुत गरिएको छ । नेताहरूले चलचित्र हेरेर मम भन्न सक्नु पर्छ,” पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “राजनीतिज्ञले सत्यलाई स्विकार्नु पर्छ तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । म फिल्म हेरिरहँदा कुनै क्षण भावुक भएँ, केही दृश्यमा आँसु रोक्न सकिनँ । समग्रमा चलचित्र हेरेर आनन्द आयो ।”
मिसेस डिभाको ताज सन्तुलाई
मिसेस डिभा नेपाल २०२४ को ताज कपन काठमाडौँ की सन्तु लामा गुरुङले पहिरिन सफल हुनुभएको छ । राजधानीको म्युजिक सिटी स्टुडियोमा सोमबार अपराह्न सम्पन्न कार्यक्रममा विद्या के.सी. खड्का फस्ट रनर अप तथा पवित्रा श्रेष्ठ सेकेण्ड रनर अप हुन सफल हुनुभएका छ ।
घरज्वाइँमा गाउँले वेशभूषा
अनिल बुढामगरको चलचित्र ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक गरिएको छ । केही साताअघि मात्रै रुकुमपूर्वमा छायाङ्कन सकिएको चलचित्र ‘घरज्वाइँ’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रको फरक फरक दुई वटा पोस्टर सार्वजनिक गरिएको छ ।