देशभक्तिको कथा ‘योद्धा’
‘शेरशाह’, ‘फाइटर’ जस्ता देशभक्ति र भारतीय सेनाको साहस र वीरतामा आधारित चलचित्र अहिले धेरै बन्न थालेका छन् । चलचित्र ‘योद्धा’ पनि देशभक्तिमै केन्द्रित छ । यस चलचित्रको कथा आफ्नो बुवा जस्तै देशका लागि केही गर्न चाहने भारतीय सैनिकको हो । अरुण कटियाल आफ्ना बुवा सुरेन्द्र कटियालले सुरु गरेको ‘योद्धा’ को समूहका बहादुर अधिकारी हुन् । जब उनी देशको सबैभन्दा ठुला वैज्ञानिकसँग सुरक्षाका लागि उडानमा जान्छन्, त्यसपछि उनको अपहरण हुन्छ । उनीहरूलाई उद्धार गर्दा अरुण र अन्य सैनिकबिच केही अलमल हुन्छ । अपहरणकर्ताले वैज्ञानिकको हत्या गरिदिन्छन् । उक्त हत्याको दोष योद्धाको सिपाहीका फोर्समा पर्छ । अरुण आफ्नो बुवाले बाँकी राखेका सबै काम गर्न चाहन्छन् । केही वर्षपछि फेरि यस्तै घटना दोहोरिन्छ । अरुण फेरि योजना बनाएर दिल्लीबाट लन्डनको उडानमा चढ्छन् । त्यसपछि उनको फोनमा उडानको फेरि अपरहण हुन लागेको हो भने सन्देश आउँछ । यस्तो परिस्थितिमा अरुणको हातमा कस्ता कुरा आउँछ भने भारतीय सरकारका जनताले उनलाई अपहरणकर्ता ठान्छन् । चलचित्रमा भारत–पाक कोण पनि देखाइएको छ ।
‘दिल रोएको बेला’ सार्वजनिक
सङ्गीतकार लक्ष्मण पोखरेलको सङ्गीतमा निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत दिल रोएको बेला सार्वजनिक भएको छ ।
‘सङ्गीतले अझै गम्भीर बनायो’
सानैदेखि गीत सङ्गीतमा रुचि राख्नुहुने रोल्पाको लुङ्ग्री गाउँपालिका–६ का लोकबहादुर रसाइली नायक राजेश हमालबाट प्रेरित भएर कलाकारिता क्षेत्रमा लागेको बताउनुहुन्छ । दुई दर्जन गीतमा मोडलिङ तथा आधा दर्जन गीत गाइसक्नुभएका उहाँले २०६७/६८ सालमा काठमाडौँ आएर म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गर्नुभएको थियो ।
विदेशमा थ्रिडी, नेपालमा टुडी चलचित्र
हलिउडमा मूलधारका चलचित्र थ्रिडीमा निर्माण हुने गरेका छन् तर बलिउड र कलिउडमा भने अझै निर्देशक÷निर्माताले थ्रिडी चलचित्र निर्माणमा खासै आँट गर्न सकेको देखिँदैन । बलिउडमा छोटा चेतन, हन्टेड, रावन, डन २ जस्ता चलचित्र थ्रिडीमा बने तर खासै चर्चा बटुल्न भने सकेन । नेपाली चलचित्र पनि थ्रिडीमा खासै चलचित्र निर्माण भएका छैनन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘भिजिलान्ते’ थ्रिडीमा निर्माण भएको एक मात्र चलचित्र हो तर सो पनि चलचित्रले खासै सफलता हात पार्न सकेन ।
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछाप जिल्लामा हुने भएको छ । रामेछापको पुरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिका–८, रामेछाप बजारमा आगामी वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो । महोत्सवको आयोजक संस्था सेलिब्रेटी नेपालले बुधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले तीन दिन हुने महोत्सवमा २४ वटाभन्दा बढी चलचित्र निःशुल्क प्रदर्शन गरिने बताउनुभयो ।
विदेशी चलचित्र महोत्सवमा नेपाली चलचित्र
पछिल्लो समय नेपाली कथा, परिवेशमा निर्माण भएका लघु चलचित्रले स्वदेशमा मात्र नभएर विदेशी बजार र दर्शकबिच पनि चर्चा कमाउन थालेका छन् । ‘नुमाफुङ’ र ‘मुकुन्डो’ ले अन्य चलचित्रलाई विदेशी चलचित्र महोत्सवमा जान सहज बाटो बनाइदिएका थिए । यसपछि ‘कालो पोथी’, ‘सेतो सूर्य’, ‘हाइवे’, ‘डाइङ क्यान्डल’, ‘बुलबुल’ ‘हल्कारा’ लगायत केही लघु चलचित्र विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेका छन् । यीमध्ये ‘कालो पोथी’ र ‘सेतो सूर्य’ ले विदेशी चलचित्र महोत्सवमा पुगेर नेपालमा राम्रो चर्चासमेत कमाएको थियो ।
मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला
द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतियोगिताका लागि नेपाली इच्छुक युवतीलाई आवेदन दिन आमन्त्रण गरिएको छ ।
राम्रो चलचित्र महाजात्रा : अध्यक्ष ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाजात्रा चलचित्र राम्रो चलचित्र भएको टिप्पणी गर्नुभएको छ । सुन्धारास्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यसहित चलचित्र हेर्न पुग्नुभएका ओलीले यस्तो कुरा बताउनुभएको हो । चलचित्र हेरिसकेपछि उहाँले प्रतिक्रिया दिँदै भन्नुभयो, “चलचित्रलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यस कारण ०.५ घटाएँ ।” उहाँले चलचित्रमा राम्रो सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका ४० नेताले चलचित्र हेर्नुभएको थियो ।
विश्व रङ्गमञ्च दिवस : रङ्गमञ्चमा आर्थिक सङ्कट कहिलेसम्म
आज मार्च २७ अर्थात् विश्व रङ्गमञ्च दिवस । सन् १९६१ देखि अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवस मनाउन थालेको हो । ‘शान्तिका लागि कला’ भन्ने मूल नारासहित मनाउन लागिएको यो दिवसले रङ्गकर्मीलाई अझै पनि खासै छुन सकेको छैन । पछिल्लो समय युवा पुस्ताको आकर्षण रङ्गमञ्चमा बढ्दै गए पनि रङ्गमञ्चलाई भविष्यको बाटो बनाएर हिँडेका रङ्गकर्मीको आर्थिक अवस्था भने अझै सुधार हुन सकेको छैन । नाटकमा अभिनय गरेर मात्रै गुजारा चलाउन सक्ने अवस्था अझै पनि बन्न सकेको छैन ।
पौडेल बनिन् मिस ई कलेज विजेता
सिजन मिडियाद्वारा आयोजना गरिएको ११ औं संस्करणको मिस ई कलेज २०२४ को विजेता आरजु पौडेल हुनुभएको छ ।
नेपालको एनिमेसन पहिलो चलचित्र सलिनाको ट्रेलर सार्वजनिक
चैत १६ गते शुक्रबार नेपालका व्यवसायीक सिनेमा घरमा नेपालकै पहिले एनिमेसन चलचित्र सलिना प्रदर्शन हुँदैछ।
‘ड्रिम्स’ उत्कृष्ट वृत्तचित्र
१३ औँ नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवमा वृत्तचित्र ‘ड्रिम्स’ लाई उत्कृष्ट अवार्ड प्रदान गरिएको छ । सोही अवसरमा स्वयम् मास्के मानन्धरले निर्देशित लघु चलचित्र ‘बु, द बाऊ, द काफ’ ले स्पेसल मेन्सन अवार्ड प्राप्त ग¥यो । अवार्ड युरोपियन डेलिगेसनका उपराजदूत डा. जोएल इभोनेटले वितरण गर्नुभयो । यसै वर्ष ब्रसेल्समा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा विजेता चलचित्रकर्मी सहभागी हुने अवसर पाउने छन् । महोत्सवमा छनोट भएका र प्रदर्शन गरिएका नौ वटा लघु चलचित्रलाई समेत प्रमाणपत्र प्रदान गरियो ।
हाँसो र रोदनको मिश्रण ‘महाजात्रा’
कालो धन लुकाउन राजनीतिमा लागेका व्यक्तिहरूले के कस्तो परिपन्च गर्छन् र ती गतिविधिले समाजमा कस्तो असर पारिरहेको हुन्छ भन्ने कुराको सन्देश दिने चलचित्र महाजात्रा प्रदर्शनमा आएको छ । अकुत सम्पत्ति लुकाउन गरेका अनेकन् प्रयास वरिपरि यो चलचित्र रुमलिएको छ । यो चलचित्रमा १० किलो सुनको प्रलोभनमा अनेक कष्ट सहेका फणीन्द्र (विपिन कार्की), जोयस (रवीन्द्र सिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) लाई ‘महाजात्रा’ सम्म आइपुग्दा पनि गरिबी, बाध्यता र विवशताले छाड्न नसकेको कुरा देखाइएको छ । फणीन्द्र, जोयस र मुन्ना फेरि कालो धनको चङ्गुलमा फस्दै गएको भए पनि चलचित्रमा यो कुरा उनीहरूलाई थाहा नभएको देखाइन्छ । जब पैसाले भरिएको गाडी लुकाउनुपर्ने अवस्था आउँछ त्यसपछि तीन जनाको जीवनमा अनेकन् उतारचढाव आउन थालेका दृश्य चलचित्रमा रहेका छन् । नेता पुण्यप्रसाद (हरिवंश आचार्य) सँग अकुत धन हुन्छ । त्यही पैसाको आडमा उनी आफ्नो राजनीति चलाइरहेका हुन्छन् ।
सिनेमाको प्रतिक्रियाका दिन रिभ्यू बक्स
सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि पोखरामा रिभ्यू बक्स राखिएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो ।
चर्चित नेपाली फागु गीत
वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने पर्व फागुका गीतमा रङसँग प्रेम झल्किने गरेको छ । यस दिन एकआपसको तिक्ततालाई हटाउँदै रङ छ्यापाछ्याप गरेर खुसी साटासाट गर्ने गरिन्छ । यसै पर्वलाई लक्षित गर्दै नेपाली चलचित्रमा विभिन्न कालखण्डमा गीत तयार भएका छन् । जसलाई रङ्गप्रेमीले प्रत्येक वर्ष सम्झिने गरेका छन् । रङको पर्व होलीमा बजाइने गीतको बेग्लै महìव छ । होलीले मेरो रङ्गायो नयाँ चोली
सामाजिक सद्भावको पर्व फागु
संस्कृतिविद् गोविन्द टण्डन आजको दिन होली नभएर फागु खेल्ने दिन भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो पञ्चाङ्गमा पनि फागु अथवा फागुपूर्णिमा भनेर लेखेको हुन्छ । त्यसैले हामीले यसलाई होली भन्दा पनि फागु भन्ने गरेका छौँ ।” फागुपूर्णिमा भनेको हाम्रो संस्कृतिभित्रको अभिन्न अङ्ग, संस्कार र मनोरञ्जनको साधनका रूपमा देखिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पहिले होलीमा सबै परिवारका सदस्य र साथीभाइ जम्मा हुने, खेल्ने, रमाउने र मिठो मिठो खाने चलन मुलुकभरि नै थियो । अहिले धेरै कुरा परिवर्तित भइसक्यो । एक त फागु खेल्ने युवा जमात नै देशमा छैनन्, धेरै जसो बिदेसिए । बुढापाकाको पुस्ता विस्तारै कम हुँदै गएपछि परम्परागत रूपमा होली खेलिने चलन हराउँदै गएको छ ।
‘चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ’
तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रूपमा परिचित हुनुहुन्छ । उहाँले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जली’ लगायतका चलचित्र निर्देशन गर्नुभएको थियो । तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा हुनुहुन्छ ।
चलचित्रको सिक्वेलमा होडबाजी
चलचित्र हिट भएपछि त्यही चलचित्रको शृङ्खला (सिक्वेल) बनाउनेको अहिले होडबाजी चलेको छ । लुट, दर्पणछाया, जादुगर, खलनायक, परदेशी, आँधी तुफानलगायत चलचित्रको सिक्वेल बनेसँगै अहिले नयाँ निर्देशक/निर्माता पनि चलचित्रको सिक्वेल बनाउनेतिर लागिपरेका छन् । सफल चलचित्रको सिक्वेलको सिको गर्दै अपेक्षाकृत प्रदर्शन गर्न नसकेका चलचित्रले पनि धमाधम सिक्वेलको घोषणा गर्ने गरेका छन् । विकासराज आचार्य निर्देशित चलचि
झापामा महजोडीलाई आदर्श नागरिक सम्मान
चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बिर्तामोडमा आदर्श नागरिक सम्मानबाट सम्मानित गरिएको छ ।
महाजात्रालाई राम्रो प्रतिक्रिया
‘महाजात्रा’ लाई विशेष सो मा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । चलचित्रको विशेष सो हेर्न पुगेका कलाकारले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । अभिनेता मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौलालगायतका कलाकारले चलचित्र हेरेर प्रतिक्रिया दिएका छन् । अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र हेरिरहँदा समय बितेको पत्तै नपाएको बताउनुभयो । उहाँले कुनै चलचित्र राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले सन्देश दिन्छ तर जात्राकै शैलीमा ।
चलचित्र चलाउने तरिका ‘विशेष प्रदर्शनी’
आफ्नो चलचित्र हेरेर समीक्षक तथा कलाकारबाट सकारात्मक कुरा आओस् भन्ने चाहना धेरै निर्देशक/निर्माताको हुन्छ । त्यसमाथि चलचित्र क्षेत्रमा आफूले गरेको कामको सही मूल्याङ्कन समीक्षक वा चलचित्रकर्मीहरूबाट होस् भनेर चलचित्र प्रदर्शन हुने केही दिनअघि या अघिल्लो दिन विशेष प्रदर्शनी अर्थात् ‘प्रिमियर सो’ गर्ने चलन छ । यही चलन अहिले नेपाली चलचित्र क्षेत्रमा पनि निकै देखिन थालेको छ । हलिउड र बलिउडबाट सुरु भएको यो चलन नेपाली चलचित्र क्षेत्रमा पुरानो भने होइन ।
पुजार सार्कीको ‘दर्शन गरेँ हल्का निहुरेर’
चलचित्र ‘पुजार सार्की’ को छायाङ्कन सकिएको छ । मङ्गलबार चलचित्रमा रहेको ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायाङ्कन सकिएको निर्देशक दिनेश राउतले बताउनुभयो । गीतमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहलगायतले नृत्य प्रस्तुत गर्नुभएको छ ।
अधिकारीको विश्व कीर्तिमान यात्रा
निरन्तरको लगाव र मेहनतबाट सफलता प्राप्त हुन्छ भन्ने उदाहरण सागर अधिकारी ‘शरद’ ले प्रस्तुत गर्नुभएको छ । साङ्गीतिक क्षेत्रमा २३ वर्ष सङ्घर्ष गर्नुभएका अधिकारीले विश्व कीर्तिमानी गायकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएर सफलता प्राप्त मात्र गर्नु भएन सफलताका लागि धैर्यता, निरन्तरता र मेहनत आवश्यक पर्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
‘चलचित्र पर्यटनको सम्भावना छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को समापन समारोहमा बोल्दै तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।