• ९ असार २०८१, आइतबार

कीर्तिपुरमा गुजय मालाकारको एकल संगीतिक साँझ

blog

सांगीतिक प्रस्तुतिपछिको सम्मान ।

काठमाडौँ, जेठ ३२ गते। वरिष्ठ संगीतकार गुजय मालाकारको एकल संगीतमा आयोजित सांगितिक कार्यक्रम सम्पन्न भएको छ। 

इन्द्रेणी सांस्कृतिक समाज (इसास) ले शुक्रबार कीर्तिपुर नगरपालिका वडा नम्बर १० मा आयोजना गरेको सांगीतिक कार्यक्रममा विभिन्न १७ वटा सांगीतिक प्रस्तुति गरिएको छ। 

कार्यक्रममा गायकगायिका जुजुकाजी रंजित, वीरप्रसाद भन्सारी, सत्यनारायण मानन्धर, सतीश महर्जन, मथुरा महर्जन, दीपा महर्जन, रत्नशोभा महर्जन, मीना महर्जन, रानीशोभा महर्जन, रोजी डंगोल श्रेष्ठ, गंगादेवी महर्जन, स्वस्ती महर्जन, वीरमाया महर्जन, मोहनशोभा महर्जन, प्रमिला महर्जन तथा रफेला महर्जनको सांगीतिक प्रस्तुती रहेको थियो। 

यसैगरी, वाद्यवादनतर्फ तबलामा न्हुच्छे दर्शनधारी, सन्देश महर्जन, प्रवेश महर्जन, प्याड ड्रममा राजेन्द्र महर्जन, कीबोर्डमा कृष्णभक्त महर्जन, बासुरीमा स्वर्णिम महर्जन, गीतारमा जवान माली, सरोज तुलाधर, सनीक महर्जनले साथ दिनुभएको थियो।



इसासका अध्यक्ष एवम् वरिष्ठ गायक वीरप्रसाद भन्सारीका अनुसार जनकवि दुर्गालाल श्रेष्ठ, लोककवि राजभाई जकःमि, गीतकार बुद्धिलाल ज्यापु, चण्डेश्वर महर्जन, रामभक्त महर्जन रमझम लगायतका  सर्जकहरुको गीत कार्यक्रममा प्रस्तुत भएका छन्।

कार्यक्रममा नौ वटा गीत लाइभ म्युजिक तथा आठ वटा गीत ट्रायकबाट सांगीतिक प्रस्तुति दिनुभएको छ।