• ९ असार २०८१, आइतबार

एपमा ‘पशुपति प्रसाद २ : भस्मे डन’

blog

काठमाडौँ, असार २ गते । चलचित्र ‘पशुपति प्रसाद’ को चरित्र ‘भस्मे डन’ मा केन्द्रित सिक्वेलका रूपमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भस्मे डन’ अब ओटिटीमा हेर्न सकिन्छ । 

चलचित्र शनिबार ‘सिनेमाघर एप’ मा रिलिज भएको हो । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलगायतको अभिनय रहेको छ । 

चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेतृ वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनुभएको छ । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेख्नुभएको हो । चलचित्रको निर्माता पनि उहाँ स्वयम् हुनुहुन्छ ।