गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २० गते । नीराजन प्रधानको निर्देशनमा ‘माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय रहेको छ ।
पाश्र्व सङ्गीतको झल्को दिने गीतले प्रेमिल जोडीको प्रेम दर्साउँछ । अनुहार देख्दै प्रेम बसेको प्रसङ्गबाट सुरु हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ ।
सरगम घतानले लेखेको गीतमा योगेशकाजी शाहको सङ्गीत तथा एरेन्ज रहेको छ । गीत मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गर्नुभएको छ । सम्पादन तथा रङ संयोजन प्रवीन श्रेष्ठले गरेको भिडियोमा नृत्य निर्देशन रोशन विश्वकर्माको रहेको छ ।