‘अब हाँस्छ अमेरिका’ सम्पन्न
‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ । फ्लाई नेपाको आयोजनामा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहर हँसाएका छन् ।
गीत–सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ ।
राष्ट्रपतिबाट प्रमाणपत्र प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको कीर्तिमान राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउनुभएकी छिरिङ शेर्पालाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को प्रमाणपत्र प्रदान गर्नुभएको छ । कोरियोग्राफर छिरिङ र जगदीश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा पाँच हजार २७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड (पेयर)’ को कीर्तिमान राख्नुभएको थियो ।
भजन शिरोमणि आचार्यको निधन
जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर, त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर । प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता, छल्किन्छ ममता मेरो भावगङ्गा जता तता ।।
'अ डिस्ट्रयाक्सन' र 'अनकम्प्लिटेड' अमेरिकाको चलचित्र महोत्सवमा
संयुक्त अधिराज्य अमेरिकामा 'सिनेमा र थिएटर' अध्ययन गरिरहेका दुई नेपाली विद्यार्थीका चलचित्रले त्यहाँका विभिन्न फिल्म महोत्सवमा ध्यान आकृष्ट गर्न सफल भएका छन् ।
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुने
सेलिब्रेटी नेपालको आयोजनामा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव आगामी वैशाखमा हुने भएको छ ।
‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म
आनी छोइङ डोल्माको जीवनी प्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को ओपनिङ फिल्म रहने भएको छ ।
सुरेनको ‘सल्लेरी पाखाहरू’
प्रनभ र शुभजीवन जस्ता गीति एलबम श्रोतामाझ ल्याइसक्नुभएका गायक सुरेन गौतमले ‘सल्लेरी पाखाहरू’ बोलको नयाँ गीत सार्वजनिक गर्नुभएको छ । सुरेनकै लेखन रहेको गीतमा सङ्गीत विशाल पौडेलको रहेको छ ।
फोटोले बदलियो जीवन
दैलेखमा जन्मिनुभएका फोटो पत्रकार भरतबन्धु थापा कुनै बेला भक्तपुरको वासु उच्च मावि गणितका शिक्षक हुनुहुन्थ्यो तर २०५० सालमा जब उहाँको हातमा क्यामरा प¥यो त्यसपछि उहाँको जीवन नै बदलियो । फोटो पत्रकारिताको धेरै नै रुचि राख्नुहुने उहाँले क्यामरालाई छाड्न सक्नुभएन र शिक्षक पेसा छाड्नुभयो । उहाँको तस्बिरप्रतिको लगाबका कारण उहाँ ७७ वटै जिल्ला घुमिसक्नुभएको छ । उहाँ जिल्ला घुम्नुहुन्छ र त्यहाँका कला, संस्कृति, इतिहास, दृश्य, प्राकृतिक सुन्दरता, वाइल्ड लाइफसम्मका दृश्यलाई आफ्नो क्यामरामा कैद गर्नुहुन्छ । यो पेसाले नेपाल चिन्ने र चिनाउने मौका बढी पाइने थापा बताउनुहुन्छ ।
‘महाजात्रा’ को महाकमेडी यात्रा
चलचित्र ‘महाजात्रा’ निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । हामीले चलचित्रको प्रदर्शनअगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी सोमार्फत उदाउनुभएका हास्य कलाकारसँग चलचित्रका कलाकारहरू हुनुहुने निर्माता म्याक्स दिपेश खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेतृ वर्षा राउत उक्त भ्रमणमा हुनुहुने छ ।”
समग्र देशको कथा 'अगस्त्य च्याप्टर १'
फागुन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार आजभोलि प्रचारप्रसारमा व्यस्त छन् ।
लोक सांस्कृतिक मेलामा एघार देशका कलाकार
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ यही महिनाको १९ देखि २६ गतेसम्म १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८० आयोजना हुने भएको छ । लोक सांस्कृतिक मेला आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेलामा अस्ट्रिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, मलेसिया, पोल्यान्ड, दक्षिण अफ्रिका र नेपाल गरी ११ देशका ३५० कलाकारले आआफ्ना मौलिक लोककला र नृत्य प्रदर्शन गर्ने जनाएको छ ।
मेनुकाको लाइभ कन्सर्ट
इन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रशंसाको शिखरमा पुग्नुभएकी गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट आगामी फागुन २७ गते नेपालगन्ज रङ्गशालामा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ देखि नेपालगन्ज रङ्गशालामा हुने नेपाल कल्चर फेस्टिभलकै अवसर पारेर सो विशेष कन्सर्ट गर्न लागिएको हो ।
साम्राज्ञी र धिरजलाई लिएर चलचित्र रुमानी रङ्ग बन्ने
चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
डर र शक्तिको खेल ‘रङ्गेली’
चलचित्र ‘रङ्गेली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । डर र शक्तिको खेलका रूपमा प्रस्तुत गरिएको ट्रेलरमा चलचित्रका प्रमुख कलाकारलाई समेटिएको छ । नेपालको तराई क्षेत्रका विविध घटना र आयामलाई दृश्यमार्फत देखाउने कोसिस गरिएको ट्रेलरमा राजनीतिक असरको समेत झल्को दिइएको छ ।
यमन र सुरजवीरको गीत सार्वजनिक
नेपाल भाषाका दुई कलाकार यमन श्रेष्ठ र सुरजवीर वज्राचार्यको गायनमा रहेको दुई म्युजिक भिडियो एकै पटक सार्वजनिक गरिएको छ । यमनको स्वरमा रहेको गीत ‘यःमां जितः ब्याहा यानाब्यु’ र सुरजवीरले गाउनुभएको ‘का रे मयजु’ गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो । दुवै म्युजिक भिडियो वरिष्ठ चलचित्रकर्मी नीर शाहले सार्वजनिक गर्नुभएको हो ।
यमन र सुरजवीरका गीतको म्युजिक भिडियो सार्वजनिक
नेपाल भाषाका दुई चर्चित कलाकार यमन श्रेष्ठ र सुरजवीर बज्राचार्यको गायनमा रहेको दुई म्युजिक भिडिया एकैपटक सार्वजनिक भएको छ ।
दीपेन्द्रको ‘मारेउ मलाई’
गायक प्रमोद खरेलको स्वरमा सजिएको नयाँ गीत ‘मारेउ मलाई’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली मेलोडिज युट्युब च्यानलबाट सार्वजनिक गीतमा रमेश लुइटेलको शब्द छ भने कम्पोज गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको गर्नुभएको छ । गीतमा दीपेन्द्रराज गिरीका साथै जेनिलिया श्रेष्ठ, सुसन भारती, कुमार योगी, प्रकाश गिरी, श्रीराम गिरीको अभिनय देख्न सकिन्छ ।
लिम्बू भाषाको चलचित्र ‘लोजिमा’
फिदिमको छाब्दीवाराही मन्दिरमा लिम्बू भाषाको कथामा आधारित चलचित्र ‘लोजिमा’ को विशेष प्रदर्शन गरिएको छ । लिम्बू परिवेशको कथा रहेको सो चलचित्रको छायाङ्कन सिक्किममा गरिएको हो । लिम्बू युवकयुवतीको मायापिरतीको कथा रहेको चलचित्रको माध्यमबाट लोपोन्मुख लिम्बू भाषा र लिपिको प्रवर्धन हुने विश्वास गरिएको छ । चलचित्रको संवाद अधिकांश लिम्बू भाषामा रहेको छ ।
नेपालगन्जमा सदभावका लागि साङ्गीतिक कार्यक्रम
फागुन २६ गते शनिबार नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ (सद्भावका लागि सङ्गीत) कार्यक्रम हुने भएको छ । यो कार्यक्रमले नेपालगन्जबाट संसारलाई सद्भावको सन्देश दिने आयोजकको विश्वास छ ।
‘घरज्वाइँ’ को छायाङ्कन
चलचित्र ‘घरज्वाइँ’ को छायाङ्कन रुकुमपूर्वको भूमे गाउँपालिका–१,लुगुमगाउँबाट सुरु गरिएको छ । अनिल बुढामगरको लेखन र निर्देशनमा चलचित्रको छायाङ्कन सुरु भएको हो । चलचित्रमा दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा हुनुहुन्छ । चलचित्रको छायाङ्कन ढोरपाटन आसपासका रमणीय स्थानमा पनि गरिने भएको छ ।
रोबोट र मानवको प्रेमकथा
चलचित्र ‘तेरी बातों में ऐसा उल्झा जिया’ प्रेमकथामा आधारित भए पनि यसभित्र एआई प्रविधिलाई अनौठो शैलीमा देखाइएको छ । चलचित्रले रोबोट र मानिसबिचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ । अमित जोशी र आराधना शाहले निर्देशन गर्नुभएको चलचित्रमा लामो समयको अन्तरालपछि कलाकार शाहिद कपुर मायाप्रेम र हास्यप्रधान भूमिकामा देखिनुभएको छ भने कृति सेनन एआई रोबोटको भूमिकामा हुनुहुन्छ ।
'फिल्म सेन्सर कि ग्रेडिङ ?'
"राज्यको दायित्व फिल्मकर्मीलाई प्रोत्साहन गर्ने हो, सेन्सर बोर्ड सार्वजनिक गरेको पछिल्लो २० बुँदे कार्यविधि प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘यो विधिप्रति हाम्रो आपत्ति छ । फिल्मकर्मीलाई सेल्फ सेन्सरसिपको अधिकार दिनुपर्छ ।"
'ताप्लेजुङको शिरैमा सेतो जुहार' सार्वजनिक
नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित कलाकार मिलन नेवार र गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘ताप्लेजुङको शिरैमा सेतो जुहार..’ बोलको गीतको वृतचित्र (म्युजिक भिडियो) सार्वजनिक भएको छ ।