• १० मंसिर २०८१, सोमबार

एपमा ‘चपली हाइट ३’

blog

काठमाडौँ, जेठ ३ गते । ओभर दी टप (ओटिटी) प्लेटफर्म ‘सिनेमाघर एप’ मार्फत ‘चपली हाइट ३’ सार्वजनिक गरिएको छ । ओटिटी प्लेटफर्ममार्फत विश्वभर सिनेमा हेर्न सकिन्छ । 

प्रदर्शनमा गएको तीन दिनमै कोभिड–१९ महामारीले चलचित्रघर बन्द भएपछि ‘चपली हाइट ३’ चलचित्र फागुन २०७८ मा पुनः प्रदर्शन गरिएको थियो । सो चलचित्रलाई अब एपमार्फत हेर्न सकिने भएको छ । 

निकेश खड्का निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी बर्देवा, आमिर गौतम, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौलालगायतको अभिनय रहेको छ । चलचित्रका निर्माता अर्जुन कुमार हुनुहुन्छ । यसअघि सिनेमाघर एपमा जय भोले, कबड्डी ४, महापुरुष, जारी, पानी फोटोलगायतका चलचित्र प्रदर्शन भइसकेका छन् ।