‘भूठान’ मा हलिउड कलाकार
चलचित्र भूठान ‘द वल्र्ड ह्यापियस्ट म्यान’ को छायाङ्कन सकिएको छ । सो चलचित्रमा भारतीय कलाकार अनुराधा मजुमदार, हलिउड अभिनेता ब्रुस डनलगायतका कलाकारको अभिनय रहेको छ ।
प्रविधिमा फड्को मार्दै चलचित्र उद्योग
साठीको दशकतिर नेपाली चलचित्रमा पुरानो प्रविधिमा सेल्युलाइड क्यामरामार्फत नेगेटिभमा चलचित्र खिचिन्थे । त्यतिखेर चलचित्रको बजार सानो थियो । चलचित्र पनि कम निर्माण हुन्थे । समय परिवर्तनसँगै चलचित्रको बजार विस्तार भएको छ । पछिल्ला दिनमा डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार पनि विस्तार हुन थालेको छ । पहिले सेल्युलाइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्र मात्र प्रदर्शन गरिन्थ्यो । प्रिन्ट तयार गर्न निर्माताको खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन । अहिले प्रविधिले गर्दा त्यो अवस्थाको अन्त्य भएको छ । चलचित्रमा प्रविधिले राम्रो फड्को मारेको छ ।
‘काँडेतार’ को विशेष सो
चललित्र काँडेतारको धनगढीमा विशेष च्यारिटी सो हुने भएको छ । सीमा रक्षाका क्रममा झडपमा परेर ज्यान गुमाएका सहिदका परिवार र घाइतेको सहयोगार्थ धनगढीमा विशेष च्यारिटी सो गर्न लागिएको हो । च्यारिटी सोबाट उठेको रकम सीमा रक्षार्थ ज्यान गुमाउनुभएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई हस्तान्तरण गर्ने निर्माता नवल खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हल खर्च तिरेर बाँकी रहेको सबै रकम म सहिद परिवारलाई हस्तान्तरण गर्छु, एक रुपियाँ पनि लिँदिनँ ।” सीमा जोगाउने क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो ।
करको विरोधमा हल बन्द गरिने
देशभरका चलचित्र हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा माघ २२ गते हल सञ्चालकले देशभरका हल बन्द गर्ने भएका छन् । नेपाल चलचित्र सङ्घले अव्यावहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा उक्त दिन देशभरका हल बन्द गर्ने मङ्गलबार जारी विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । चलचित्र क्षेत्रले विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएका कारणले यस्तो कदम उठाउनु परेको सङ्घका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले बताउनुभयो ।
कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नुहुँदैनः अध्यक्ष केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
तोडमतोड कथा ‘फाइटर’
बलिउडमा भारतीय वायुसेनाका कथामा आधारित रहेर धेरै चलचित्र बनिसकेका छन् । ठुलो पर्दामा लडाकु विमानको लडाइँ हेर्नु आफैँमा एक रमाइलो क्षण पनि हो । सायद यही कारणले पनि दर्शकले विशेष गरी यस्ता चलचित्र मन पराउने गरेका छन् । त्यसमाथि चलचित्रमा नाम चलेका कलाकारको अभिनय हुने हो भने सुनमा सुगन्ध हुन्छ । चलचित्र ‘फाइटर’ पनि यही श्रेणीमा परेको चलचित्र हो । बलिउडमा यसअघि गत वर्ष मात्र प्रदर्शन भएको कङ्गना रनौतको अभिनीत चलचित्र ‘तेजस’ मा पनि भारतीय वायुसेनाको यस्तै कलाकौशल देखाइएको थियो । अर्को महिना प्रदर्शन हुने तेलगु नायक वरुण तेजको चलचित्र ‘अपरेसन भ्यालेन्टाइन’ र दसैँमा प्रदर्शनमा आउने अक्षय कुमारको ‘स्काई फोर्स’ पनि भारतीय वायुसेनाको मिसनमा आधारित कथा रहेको छ ।
आयो ‘हातैले उघाएर’
आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । शनिबार रिलिज गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निसान भट्टराई र लीला गजमेरको स्वर रहेको छ ।
गोर्खा सैनिकको कथा ‘गोरखा वारियर’
चलचित्र ‘गोरखा वारियर’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो । चलचित्र फागुन ११ बाट देशभर प्रदर्शनमा आउने छ । कार्यक्रममा बोल्दै निर्देशक मिलन च्याम्सले चलचित्रले देशको सुरक्षा निकायमा काम गर्ने सुरक्षाकर्मीलाई युद्ध कसरी गर्ने भनेर पनि सिकाउन कोसिस गर्ने दाबी गर्नुभयो ।
ठिकठाक ‘हनुमान’
दर्शकलाई सकारात्मक सन्देश प्रवाह गर्न बजारमा थुप्रै चलचित्र आउने गरेका हुन्छन् । कति चलचित्र कथावस्तुका कारण धेरैले हेर्न रुचाउँछन् भने कतिपय चलचित्र गीत, सङ्गीत तथा छायाङ्कन गरिएको स्थलले पनि दर्शकको आँखामा पर्ने गरेका हुन्छन् । पछिल्ला दिनमा चलचित्र ‘हनुमान’ ले पनि चर्चा बटुलिरहेको छ । यसले चर्चा बटुल्नुको कारण चलचित्रको कथा, संवाद र सङ्गीत हो ।
चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक
नेपाली चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो ।
कामविहीन द्वन्द्व निर्देशक
एक समय ख्याति कमाएका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई दर्शकले चलचित्रमा पहिले जसरी नदेखेको धेरै वर्ष भइसक्यो । पुराना पुस्ताका नायक भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रमित ढुङ्गानालगायतका चलेका अभिनेतालाई द्वन्द्व सिकाइसक्नुभएको उहाँ अचेल फार्म हाउस (पाउलोनिया)को व्यवसायमा व्यस्त हुनुहुन्छ । अहिले चलचित्र जस्तै आफ्नै व्यवसाय गरेर पनि बाँच्न गाह्रो भएको द्वन्द्व निर्देशक खड्की गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै समयको कुरा हो । अहिले नयाँ आएकाले राम्रो नै गरिरहेका छन् । हाम्रो पनि फेरि एक पटक समय अवश्य आउला नि ।” अहिले चलेका दयाहाङ राई जस्तो कलाकारका लागि एक्सन चलचित्र थोरै आर्ट धेरै भएकाले पनि द्वन्द्वात्मक चलचित्र कम देखिएको खड्गी बताउनुहुन्छ । फेरि चलचित्रमा काम गरे पनि अहिले कमाइ खासै नहुने उहाँको अनुभव छ ।
बर्लिन महोत्सवमा मुख्य विधामा प्रतिस्पर्धा गर्दै नेपाली चलचित्र
पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको छ ।
मेनुका टप टेनमा प्रवेश
गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गर्नुभएको छ । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उहाँ उत्कृष्ट १० मा पुग्नुभएको हो । बटम थ्रीमा पर्नुभएका पीयूष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिनुभएको छ । योसँगै इन्डियन आइडलमा अब अन्तिम १० को समीकरण तयार भएको छ ।
तस्बिरमा नृत्य मेला
नेपा: डान्स एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा नृत्य मेला गरेको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १५० जना विद्यार्थीले ७० वटा नृत्य विधा प्रस्तुत गरेका थिए ।
त्रिदेशीय कला र संस्कृति प्रस्तुत
सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन् । ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व, शान्ति र सहकार्यको भावना व्यक्त गरिएको थियो ।
जिग्रीको घोषणा
सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘जिग्री’ को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्माण टोलीले एउटा आलु जस्तो, अर्को तामा जस्तो प्रस्तुतीकरण राख्दै चलचित्र फागुन ४ गते प्रदर्शनमा आउने जानकारी गराएका हुन् ।
लोकदोहोरीको तरङ्ग
कुनै बेला ‘खोला पारि निरमाया’, ‘पानको पात’ जस्ता लोकदोहोरीले नेपाली साङ्गीतिक फाँटमा हलचल नै ल्याएको थियो । त्यतिखेर बमबहादुर कार्की र उहाँका सहयोगीले गाउँले दोहोरीलाई सहर भित्र्याउने काम गर्नुभएको थियो । त्यसलगत्तै आएको प्रेमराजा महतको ‘सिमसिमे पानीमा’ ले लोकदोहोरीमा अर्को तरङ्ग ल्यायो । गाउँबस्तीमा सीमित लोक तथा लोकदोहोरीका भाका, लयलाई सहर बजारमार्फत देशभर फैलाउने काममा त्यसअघिका कुमार बस्नेत, पाण्डव सुनुवार, राम थापा, लोकबहादुर क्षेत्री, सावित्री शाह, आदिको उल्लेख्य भूमिका थियो । त्यसैले अहिले पनि सङ्गीतले मान्छेको जीवनशैली परिवर्तन गर्न सक्छ भन्ने चलन हटेको छैन ।
‘म को हुँ’ पोखिएको पीडा
रामकृष्ण ढकाल र रानी शाक्यको स्वरमा रहेको ‘म को हुँ’ सार्वजनिक भएको छ । गीतमा रिमेश कुमारको सङ्गीत, जनक वाग्लेको शब्द छ । गीतको भिडियोमा कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । एकअर्काको हुन नसकेको पीडा गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ । रामकुमार केसीको छायाङ्कन, विजेश पौडेलको सम्पादन रहेको छ । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।
चलचित्र प्रवर्धन समितिमा राई
चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त हुनुभएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गर्नुभएको हो । सात प्रदेशका विभिन्न १६ जातिबाट सिफारिस भएर आएका व्यक्तिमध्येबाट आदिवासी जनजाति महासङ्घले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरू सदस्यका लागि सिफरिस गर्ने गरेको छ । सो सिफारिस अनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ । बोर्डले राईको संयोजकत्वमा छ सदस्यको समिति गठन गरेको हो । समितिको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङहाङ, सगिना सुनुवार, अमृतामाया माझी हुनुहुन्छ भने हरिसिंह रैखोला समितिको सदस्यसचिव रहनुभएको छ ।
मसानघाटमा मायाप्रेमको चर्चा
मञ्चमा आत्महत्या गरेकी युवती (मलिका महत) को अन्त्येष्टिमा चार पुरुष भेला भएको देखिएका छन् । केटीको शरीर चितामा जलिरहेको छ, यता चार पुरुष कार्ड र पेय पदार्थमा लिप्त छन्, ती पुरुषले केटीको मृत्यु कसरी भयो भन्ने रहस्य पत्ता लगाउने प्रयास गर्छन् । यसरी नै अघि बढ्छ नाटक ‘पगला घोडा’ को कथा । मैदानको उदास वातावरणको बिचमा चार जना पुरुषले बिस्तारै आफ्नै प्रेमकथाको जटिलता प्रकट गर्ने विचार गर्न लाग्छन् । कसरी उनीहरूले सधैँका लागि आफ्नो प्रेम गुमाए भनेर पीडादायी कथा सम्झन्छन् ।
‘भतभती मुटु पोलिरहेछ’
गायक शिव परियारले आफ्नो नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक गर्नुभएको छ । गीतकार विमला तुलाचन र सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ सँगको सहकार्यमा गायक परियारले गीत ल्याउनुभएको हो ।
सरोज र आस्माको ‘हे नीर’
गायक एसडी योगी र गायिका शान्तिश्री परियारको स्वरमा ‘हे नीर’ सार्वजनिक भएको छ । गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको सङ्गीत छ । गीतमा मोडलद्वय सरोज अधिकारी र आस्मा
लोकदोहोरीमा रमाउँदै गायिका परियार
लोकदोहोरी गायिका सीता परियार पछिल्लो समय चर्चासँगै सफलतातर्फ अगाडी बढिरहनुभएको छ ।
निर्मलको खेलकुद गीत ‘हारजित’ सार्वजनिक
गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गर्नुभएको छ ।