• १२ साउन २०८१, शनिबार

घरज्वाइँमा गाउँले वेशभूषा

blog

रुकुमपूर्व, चैत २० गते  । अनिल बुढामगरको चलचित्र ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक गरिएको छ । केही साताअघि मात्रै रुकुमपूर्वमा छायाङ्कन सकिएको चलचित्र ‘घरज्वाइँ’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रको फरक फरक दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । 

विशुद्ध ग्रामीण परिवेश, वेशभूषामा उहाँहरूलाई देख्न सकिन्छ । पोस्टरको रङ संयोजनले ग्रामीण नेपाली क्षेत्रको पहिरन दिएको छ । यो फिल्मको छायाङ्कन रुकुमपूर्वको लुगुम, तकसेरालगायत मगर ग्रामीण बस्ती तथा ढोरपाटन सिकार आरक्ष आसपासमा गरिएको छ ।