‘अगस्त्य’ मा नाजिरको पाँच अवतार
फागुन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य : च्याप्टर–१’ नायक नाजिर हुसेनको नयाँ अवतारसँगै नयाँ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा नाजिरको पाँच फरक अवतार प्रस्तुत गरिएको छ । नाजिरले चलचित्रमा आफूलाई पाँच फरक अवतारमा प्रस्तुत गरेको लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिनुभयो ।
लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्बुजा
भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुनुहुन्थ्यो ।
पपेट नाटक ‘चिरुचिरु मिचिरु’
थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन भएको छ । नाटकलाई पपेट थिएटरमा अभ्यस्त जापानकी रङ्गकर्मी इरिना सजीले लेखन, परिकल्पना तथा निर्देशन गर्नुभएको छ ।
जिपलाइनमा रमाउँदै
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले काठमाडौंको चोमार क्षेत्रमा जे.भी एडभान्चर प्रा.लि. द्वारा काठमाडौंको चोभार क्षेत्रमा तयार परिएको ‘चोभार गोर्ज क्यानोेपी जिपलाइनमा’ रमाउँदै सर्वसाधारण । उक्त क्षेत्रमा करिब तीन अर्बको लगानीमा स्काइ ब्रिज, बञ्जी, रक क्लाइम्बिङ र होटल सञ्चानलमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । २०२५ भित्रमा स्काइ ब्रज, बञ्जी र रक क्लाइम्बिङ भने सञ्चालनमा आइसक्ने कम्पनीले जनाएको छ ।
मुटुभित्र नेपाल’ सार्वजनिक
गीतकार प्रकाश पण्डितको ‘मुटुभित्र नेपाल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देशभक्ति भावनाले ओतप्रोत मुटुभित्र नेपाल गीतले देशको बयान गरेको छ । गीतमा प्रकाश पण्डितको शब्द, सङ्गीत गायक थानेश्वर गौतमको रहेको छ ।
महाजात्राको ‘आहा ! क्या राम्रो’
चलचित्र ‘महाजात्रा’ को पहिलो भिडियो सामग्रीका रूपमा गीत सार्वजनिक गरिएको छ । ‘आहा ! क्या राम्रो’ बोल रहेको गीत चलचित्र प्रचारका लागि तयार गरिएको हो । केही समयअगाडि खुलामञ्चमा सेट लगाएर छायाङ्कन गरिएको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ ।
चैतमा निफको सातौँ संस्करण, ४० देशका ८८ फिल्म देखाइने
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौँ संस्करण हुन लागेको हो ।
लोकदोहोरीको मौलिकता जोगाउन प्रतियोगिता
लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रवर्द्धन गर्न बेनीमा जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको छ ।
आँधीखोला बजारमा
‘आँधीखोला गाउँपालिका जन्म ठाउँ हो मेरो’ गीत युट्युबमा सार्वजनिक भएको छ । पालिकाको सहकार्यमा डिआर सुजनले गीत बजारमा ल्याउनुभएको हो । रचना रिमाल र डिआरको स्वर रहेको गीतमा सङ्गीत टेकनारायण चापागाईले दिनुभएको छ ।
ट्याटु कलामा बहस
शरीरमा खोपेर बनाउने ट्याटु कलाका बारेमा बहस भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा ‘ट्याटु आर्टसम्बन्धी ललितकला संवाद’ भएको हो ।
‘रङ्गेली’ टिजर सार्वजनिक
दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई हालसम्म देखिएको भन्दा फरक अवतारमा प्रस्तुत गर्दै चलचित्र ‘रङ्गेली’ को परिचयात्मक टिजर सार्वजनिक गरिएको छ । चलचित्रको सार तथा पात्र परिचय बुझाउने टिजरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई दुस्मनका रूपमा चित्रण गरिएको छ ।
माघेसंक्रान्तिको रौनक : तराईदेखि पहाडसम्म
आज माघ १ गते अर्थात् माघेसंक्रान्ति । सबै हिन्दु धर्मावलम्बीले यो पर्व धुमधामका साथ मनाउने गरेका छन् । विभिन्न शक्तिपीठमा गई नुहाई शुद्ध भएर पूजापाठ गर्ने चलन यस दिन छ । तातोपानीको
बढ्दै कविताप्रतिको रुचि
राम्रो कविता लेख्दा कसलाई सुनाउने होला भनेर अब भौँतारिँदै हिँड्नु पर्दैन । अहिले आफूले सिर्जना गरेका कविता पुस्तकमा प्रकाशन नहुँदै सुनाउन सकिन्छ । औपचारिक कार्यव्रmम गरेर नै कविले एकल कविता वाचन गर्ने गरेका छन् । विभिन्न मेला महोत्सवमा समेत चलचित्रका पर्दामा देखिने कलाकारभन्दा कविलाई प्रत्यक्ष हेर्न र सुन्न चाहनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । केही वर्षयतादेखि श्रोता र पाठकको अभावमा साहित्यकारले मन खिन्न पार्न पर्ने अवस्थाको अन्त्य भएको छ । राम्रा रचना र सिर्जनालाई कार्यव्रmमस्थलले नै ठुलो चौतारी उपलब्ध गराएको छ ।
‘पर्खी बसेँ तिमीलाई’ अर्काे संस्करणको माग
चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ हेरेर निस्किएका दर्शकले सो चलचित्रको अर्काे भाग निर्माणको माग गरेका छन् । ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्समा प्रतिव्रिmया लिन पुगेको निर्माण टिमलाई दर्शकले सो माग गरेका थिए ।
दुई चलचित्र प्रदर्शन
नेपाली सिनेमाघरमा दुई नेपाली चलचित्र ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा आएका छन् । ‘चित्रा’ घनश्याम लामिछाने र ‘पर्खी बसेँ तिमीलाई’ दीपक श्रेष्ठले निर्देशन गर्नुभएको छ । बाबुछोरीको कथा
‘म कमरेड’ युट्युबमा
लघुचलचित्र ‘म कमरेड’ युट्युबमा प्रदर्शन गरिएको छ । चलचित्रमा निर्मल पौडेलको लेखन तथा निर्देशन रहेको छ । सुर्खेतमा छायाङ्कन गरिएको चलचित्रमा पूर्वलडाकुको अवस्था चित्रण गरिएको छ ।
राजु र जुनाको स्वरमा सुमनको नयाँ गीत ‘कालिगङ्गा’
गायक सुमन ढकालले नयाँ गीत ‘कालीगङ्गा’ सार्वजनिक भएकाे छ
तामाङ समुदायको अन्तरकथा ‘मासिन्या’
तामाङ समुदायको कथा बोकेको नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । तामाङहरूले लामो समयदेखि खेप्दै, भोग्दै आएका विभिन्न समस्यालाई नाटक ‘मासिन्या’ मार्फत प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
‘नेपाली साहित्य संसारको उत्कृष्ट’
नेपाली भाषा, साहित्यलाई विश्वव्यापी बनाउने अभियानमा लाग्न विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूलाई आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना दिवसका अवसरमा
‘गाउँ आएको बाटो’ छनोटमा
नवीन सुब्बाको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ युरोपको ४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ मा छनोट भएको छ । स्विडेनमा हुने महोत्सवमा यसको युरोपियन प्रिमियर हुने बताइएको छ ।
ललितकलामा कलासम्बन्धी अन्तरक्रिया
पछिल्लो समय सूचना प्रविधिले एकअर्काको कला बुझ्ने/बुझाउने कुरालाई अझ बढाएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–
अधिकांश दिन हल रित्तै
विश्वमा देखिएको आर्थिक मन्दीको असरले अरू क्षेत्र झैँ चलचित्र क्षेत्रलाई नराम्ररी प्रभाव पारेको छ । कुनै बेला हलमा चलचित्र हेर्ने दर्शकको चाप हुन्थ्यो भने अहिले हल खाली देखिन्छन् । नेपाली चलचित्र होस् वा हलिउड, बलिउड हलमा केवल पाँचदेखि १० प्रतिशत दर्शक मात्र भेटिने गरेको अनुभव चलचित्र हल व्यवसायीको छ ।
रङ्गमञ्च र चलचित्रमा एकसाथ
नाटकबाट आएका कलाकार किरण श्रेष्ठ ‘पर्खी बसेँ तिमीलाई’ मार्फत चलचित्रमा प्रवेश गर्न लाग्नुभएको छ । माघेसङक्रान्तिलाई लक्ष्य गर्दै पुस २७ गते प्रदर्शन हुने चलचित्रमा श्रेष्ठले पठाओ चालकको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा उहाँसँगै रक्षा बुढाथोकी र अनिशा रसाइली पनि प्रवेश गर्दै हुनुहुन्छ ।
‘चिसो मान्छे’ भिडियो पसल एपमा
दर्शक र समीक्षकले निकै नै मन पराएको चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटिटी प्ल्याटफर्म ‘भिडियो पसल’ एपमा प्रदर्शन भएको छ । चलचित्र अहिलेका लागि नेपालबाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । चलचित्र कोरोनाको समयमा प्रदर्शन भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शकमाझ नपुगेको हुनाले चलचित्रको माग उच्च रहेको भिडियो पसलका सहसंस्थापक नेहा कार्की बताउनुहुन्छ । अङ्ग्रेजी वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपालीलाई लक्ष्य गरी चलचित्र रिलिज गरिएको हो ।