• १६ वैशाख २०८१, आइतबार

भ्रष्ट राजनीतिज्ञको भूमिकामा आचार्य

blog

काठमाडौँ, फागुन ३० गते । चलचित्र ‘महाजात्रा’ मा हरिवंश आचार्यलाई राजनीतिज्ञको भूमिकामा देख्न सकिने भएको छ । स्वच्छ र सरल छवि निर्माण गरेका आचार्य यस पटक भ्रष्ट राजनीतिज्ञको कार्यशैलीमार्फत चलचित्रमा देखिने छन् । 

आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताउनुभयो । आचार्यले अभिनेताका रूपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको बताउनुभयो । मैले अभिनय गर्ने पात्रको भूमिका सधैँ फरक हुन्छ ।  आचार्यले भन्नुभयो, “यस पटक मैले नेताको भूमिकामार्फत भइरहेको विकृति र त्यसले समाजमा पारिरहेको असरलाई चलचित्रमा अभिनयमार्फत देखाउन खोजेको छु । यसले नकारात्मक पक्षबारे आमदर्शकलाई प्रस्ट्याउने काम गरेको छ ।”  

आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताउनुभयो । चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, राजाराम पौडेल, प्रकाश घिमिरे, गौमाया गुरुङ, अरविन खड्कालगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र आउँदो चैत ९ देखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै छ ।