विष्टले ल्याए ‘बिर्सन सकिँदैन’
चलचित्र ‘बलिदान’ का निर्माता पवन विष्टको आवाज र अभिनयमा म्युजिक भिडियो ‘बिर्सन सकिँदैन’ निर्माण भएको छ । गीतको भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको छ । पवन विष्टको अनुपम रचना, शब्द र स्वर रहेको गीतमा निर्माता विष्टलाई रोजीका पोखरेलले अभिनयमा साथ दिनुभएको छ ।
लोकगायक रामकृष्ण दुवाल सम्मानित
जनगायक तथा लोकगायक रामकृष्ण दुवाललाई सम्मान गरिएको छ । उहाँको साङ्गीतिक कृति जिगु देय् जित यः गीतको म्युजिक भिडियोको लोकार्पण कार्यक्रमको बिचमा गायक दुवाललाई सम्मान गरिएको हो ।
‘पर्खी बसेँ तिमीलाई’ को ट्रेलर
राजाराम बुढाथोकीद्वारा निर्मित चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित चलचित्र पुस २७ गते देशभर प्रदर्शन गरिने भएको छ । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा हाँसो, रोदन, एक्सन, बिछोड सम्पूर्ण कुराको मिश्रण रहेको छ । दर्शकले यसबाट भरपूर मनोरञ्जन पाउने निर्माण पक्षको दाबी छ ।
निर्देशक राणा प्रदेशमन्त्री
निर्माता तथा निर्देशक रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बन्नुभएको छ । नेपाली कांग्रेसको तर्फबाट उहाँले उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाउनुभएको हो । उहाँले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ लिनुभएको छ । राणा नेपाल चलचित्र निर्माता सङ्घको पूर्वमहासचिवसमेत हुनुहुन्छ । उहाँले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ लगायतका चलचित्र निर्माण गर्नुभएको छ ।
‘राजमहल’ घोषणा
‘राजमहल’ शीर्षकमा चलचित्र घोषणा गरिएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजदरबारको कथामा बन्ने भनिएको चलचित्र घोषणा गरिएको हो ।
नेपाली हास्य कलाकार अमेरिकामा
हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापाले अमेरिका यात्रा गर्ने भएका छन् । ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारहरू अर्को हप्ता त्यसतर्फ जान लागेका छन् । उहाँहरू सबै चर्चित हास्य रियालिटी सो ‘कमेडी च्याम्पियन’ सँग आबद्ध छन् । यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुने आयोजक संस्थाका विनोद अधिकारीले बताउनुभयो । कार्य
दयाहाङले तताएको चलचित्र बजार
नेपाली चलचित्रमा एक समय नायक राजेश हमालको निकै चर्चा हुने गथ्र्याे तर पछिल्ला दिनमा हमालको खासै चर्चा छैन । कहिले भुवन केशी त कहिले शिव श्रेष्ठले पनि नेपाली सिने जगत्मा उत्तिकै चर्चा कमाएकै हुन् । केही वर्षयता नयाँ नायकहरूको नेपाली चलचित्र क्षेत्रमा प्रवेश त भएको छ तर खासै चर्चामा नआई सेलाउनेको सङ्ख्या अधिक छ । अचेल चलचित्रमा बढी अनुबन्धित हुने नायकमा दयाहाङ राई देखिएका छन् ।
यस्तो पनि गुरुदक्षिणा !
‘बोधिसत्व’ कसैको नराम्रो नसोची, सबैको चित्त बुझाई, राम्रो बोधिज्ञान प्राप्त भई बोधिसìव मार्गमा पुग्न सकिन्छ भन्ने कथामा आधारित नाटक हो । मानिसले आफ्नो भोगविलास र तृष्णाका लागि अनेकौँ राम्रा र नराम्रा काम गरेर अकुत सम्पत्तिको जोहो गर्ने तर वास्तविक र कहिल्यै नास नहुने सम्पत्ति भनेको बोधिसत्व प्राप्त गर्नु हो भन्ने कुरा नाटकमा उजागर गर्न खोजिएको छ ।
‘पर्खी बसें तिमीलाई’ का दुई पोस्टर
निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्र ‘पर्खी बसें तिमीलाई’ को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
इँगिहोपोको ‘ग्याल्मो’
जेसुम क्रियशनको प्रस्तुतिमा रङ्गकर्मी सोनाम लामाको म्युजिक भिडियो ‘ग्याल्मो’ सार्वजनिक भएको छ ।
माया, प्रेम र भावनाको कथा ‘द आर्चिज’
बाल्यकालमा जो कोही बच्चा पनि कमिक्सको प्रशंसक हुन्छन् । हामी सबैसँग कमिक्सका सम्बन्धित बाल्यकालका सुन्दर सम्झना छन् । यदि कमिक्सकै सेरोफेरोमा चलचित्रलाई पर्दामा ल्याइयो र त्यो पनि पुरानै शैलीमा बन्यो भने कस्तो होला ? निर्देशक जोया अख्तरद्वारा निर्देशित चलचित्र ‘द आर्चिज’ कमिक्स किताबको संस्करण हो । शाहरुख खानकी छोरी सुहाना खान, बोनी कपुर–श्रीदेवीकी छोरी खुसी कपुर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दाले यसै चलचित्रबाट आफ्नो अभिनयको सुरुवात गरेका छन् । चलचित्र ६० को दशकको मित्रता, प्रेम र भावनाको कथा हो । चलचित्रमा एङ्ग्लो–इन्डियनको अनेकन भाइब्स सुन्दर रूपमा देख्न सकिन्छ ।
राजको ‘जब तिमी आयौ’
रचनाकार शैलेन्द्र ढकालद्वारा रचित गजल ‘जब तिमी आयौ’ सार्वजनिक गरिएको छ । गायक राज सिग्देलको स्वर र शास्त्रीय सङ्गीतका गुरु चण्डीप्रसाद काफ्लेको सुमधुर सङ्गीत रहेको गजलमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ । नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको गजल रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ । एक जोडीको मातापिता बन्ने दौरानमा आएको उतारचढाव, मानसिक भोगाइ, दुःखदायी पल, सङ्घर्ष, र सफल कथालाई गीतमा
खुलामञ्चमा ‘महाजात्रा’
तीन दिनयता खुलामञ्चमा मेला लागेको छ । ‘रोमान्टिक डेकोरेसन’ सहितको एउटा कुनामा सङ्गीत बजिरहेको छ भने खुलामञ्चमा नेताको भाषा र चुनावी सभा छ । गाउँघरको मेला झन्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’ को छायाङ्कनका लागि हो । एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायाङ्कन भइरहेको छ । यसले त्यहीँ काम गर्नेलाई पनि रमाइलो आभाष गराएको छ ।
बाबु र छोरीको सम्बन्ध ‘चित्रा’
घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्वन्द्व देख्न सकिन्छ । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई देखाइएको छ ।
युवा पुस्तामा रङ्गमञ्चको क्रेज
केही वर्षअघिसम्म पनि रङ्गमञ्चमा दर्शकको भिड कमै मात्रामा देखिन्थ्यो । चलचित्र हलतिरै दर्शक धेरै हुन्थे तर अहिले समय परिवर्तन भएको छ । नेपाली रङ्गकर्ममा उत्साह छाउन थालेको छ । नाटक हेर्ने संस्कृतिको विकास भएको छ । वरिष्ठ नाट्यकर्मी तथा सर्वनाम नाट्य समूहका अध्यक्ष अशेष मल्ल युवा पुस्ताका रङ्गकर्मीको सक्रियताले नै नाटक जुर्मुराएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रङ्गमञ्चमा युवाको आगमनसँगै उत्साह थपिएको छ, आशाको दियो बलेको छ । नाटक हेर्न आउने दर्शक पनि युवा पुस्ता नै छन् । यसले रङ्गमञ्चमा खुसी पक्कै ल्याएको छ ।”
‘हिँड माया हिँड’ सार्वजनिक
हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘हिँड माया हिँड’ सार्वजनिक भएको छ । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द र सङ्गीत छ । स्वरमा उहाँलाई गायिका स्मिता दाहालले साथ दिनुभएको छ । मसाज सेन्टर या डान्सबारको काम भनेर लैजाने तर त्यहाँ पुर्याएपछि देह व्यापारमा लगाउने, यातना दिनेलगायतका समस्या बढिरहेका छन् । त्यही कथा गीतमा छ । साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियङ्का कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको अभिनय रहेको छ ।
‘पूजार सार्की’ मा दुई नायिका प्रवेश
दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पूजार सार्की’ मा दुई जना अभिनेतृको प्रवेश भएको छ । अञ्जना बराइली र परीक्षा लिम्बू चलचित्रको मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । दुई हप्ताअघि निर्माण समूहले अभिनेतृका लागि अडिसन आह्वान गरेको थियो । दुवैलाई अडिसनबाटै छानिएको जनाइएको छ । चलचित्रमा यसअघि नै अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् । आगामी माघको पहिलो साताबाट पश्चिम नेपालमा छायाङ्कन गर्न लागिएको चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ ।
‘नम्बरी सुन’ सार्वजनिक
राजु गिरी निर्देशित चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युटुब च्यानलमार्फत चलचित्रमा समावेश ‘तिमी बर म पिपल...’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको छ ।
जाडोसँगै चिसियो चलचित्रको व्यापार
काठमाडौँको मौसम चिसिएसँगै नेपाली चलचित्रको व्यापार पनि चिसिन थालेको छ । एक त जाडो मौसम त्यसमाथि नयाँ राम्रा चलचित्र खासै प्रदर्शनमा आएका छैनन् । यो क्रम कहिलेसम्म जारी रहने हो भन्ने कुरा न कलाकारहरू भन्न सक्छन्, न हल सञ्चालक नै । दसैँतिहारको अवसरमा नेपाली चलचित्रले राम्रो व्यापार गरेको थियो । ‘परदेशी २’, ‘पशुपति प्रसाद २’, ‘भस्मे डन’ र ‘दिमाग खराब’ लाग्दा दर्शकहरूले हल भरिभराउ भएका थिए । त्यसअघि ‘नाङ्गो गाउँ’ र ‘एक भागवत एक गीता’ ले पनि दर्शकको साथ राम्रै पाएको थियो । चाडपर्वमा बिदाको फाइदा उठाउँदै धेरै चलचित्रले लगानी उठाउन सफल भएका छन् तर अहिले जाडो मौसमले गर्दा पनि हलहरू खासै भरिभराउ देखिँदैनन् ।
‘युटोपिया’ को टिजर रिलिज
सनातन संस्कृतिको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया एक सुन्दर भविष्य’ को टिजर विवाहपञ्चमीका अवसरमा सार्वजनिक गरिएको छ । युटोपियाको अर्थ रामराज्य हुने भएकाले पनि रामसीता विवाहका अवसरमा सार्वजनिक गरिएको हो । टिजरमा सनातन धर्म, संस्कृतिभित्र लुकेका रहस्यहरू उजागर गर्ने निर्माता पक्षले जनाएको छ ।
आनन्द निवासमा आत्महत्याको प्रयास ‘काल’
मृत्यु र समय चक्रको विषयमा केन्द्रित नाटक ‘काल’ ले आर्थिक मन्दीको विषय छुँदै मानव जीवनमा पारिरहेको मनोवैज्ञानिक असरलाई प्रस्तुत गर्न खोजेको छ । काल अर्थात् मृत्यु र समय चक्र । नाटकले यी दुवै पक्षलाई छुने प्रयास गरेको छ । नाटक एक सामाजिक कथा हो, जहाँ हामी नाटकभित्र कहीँ न कहीँ आफूलाई पाउँछौँ । आर्थिक मन्दी र प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई केही गर्न नसक्ने ठानेर आत्महत्याको बाटो रोज्छन् तर आत्महत्याको प्रयास कतै सफल हुँदैन ।
गायक प्रकाश दूतराजलाई ‘उत्कृष्ट युवा पुरस्कार’
गायक प्रकाश दूतराजलाई ‘उत्कृष्ट युवा पुरस्कार’ प्रदान गरिएको छ । नेपाल जेसीजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट युवा पुरस्कार यो वर्ष चर्चित म्याग्देली गायक प्रकाशलाई प्रदान गरिएको हो ।
सुजनको ‘सेतो रौँ’
गायक तथा सङ्गीतकार डिआर सुजनको नयाँ गीत ‘सेतो रौँ’ सार्वजनिक भएको छ । नेपाली युवा किन विदेशिन बाध्य हुन्छ भन्ने कुरा सुजनको गीतको कथामा समेटिएको छ । सुजनसँगै गीतमा टीका पुन, धर्म गन्धर्वको आवाज रहेको छ । सङ्गीत, शब्द तथा निर्देशन सुजनकै रहेको गीतको भिडियोमा जयकिसन बस्नेत, देशभक्त खनाल, रामबाबु रेग्मी, भगवती खड्का र सुजन स्वयम्को अभिनय देख्न सकिन्छ । विगत एक दशकअघिदेखि गीत सङ्गीतमा लाग्नुभएका सुजन देशको यथार्थमा केन्द्रित भएर कथावस्तु लेख्ने गर्नुहुन्छ । बाउआमा, फुली नाकैमा, दुखी बाहुन, उडेको चरी, नेपाली हाम्रो जात जस्ता थुप्रै चर्चित गीत निकाल्नुभएको छ ।
मनाइयो तोतनरी ल्होसार
यहाँका बौद्ध धर्मावलम्बी तथा भोटे लामा समुदायको महान् चाड तोतनरी ल्होसार धुमधामका साथ मनाइँदै छ । कैलाश पर्वत क्षेत्र आसपासका लामा समुदायले तोतनरी ल्होसार विगतमा जस्तै यस वर्ष पनि धुमधामका साथ मनाउने कार्यक्रम रहेको छ । सिमकोट गाउँपालिकाका पूर्वअध्यक्ष पदमबहादुर लामाले माथिल्लो कैलाश पर्वत क्षेत्रमा बसोबास गर्ने लामा समुदायको तोतनरी ल्होसार हुम्लामा धुमधामका साथ मनाउने कार्य भइरहेको बताउनुभयो । यो ल्होसार तिब्बत र नेपालीका हिमाली लामा समुदायले मनाउने गरेका छन् ।