• १० मंसिर २०८१, सोमबार

अमेरिकामा नेपाली हास्य कलाकारको प्रस्तुति

blog

काठमाडौँ, फागुन १६ गते । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रममा नेपालका नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिएका छन् ।

फ्लाई नेपाको आयोजनामा तथा विनोद अधिकारीको संयोजनमा भएको कार्यक्रममा हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णुप्रसाद गौडेल), साजन श्रेष्ठ र सन्तोष थापाले अमेरिकाका १४ सहरमा आआफ्नो प्रस्तुतिमार्फत दर्शकलाई हँसाउनुभयो ।

उहाँहरूले जनवरी १२ मा नर्थ क्यारोलिना, जनवरी १५ मा मिचिगन, जनवरी २० मा न्युयोर्क, जनवरी २१ मा कनेक्टिक्युट, जनवरी २२ मा बोस्टन, जनवरी २९ मा रोचेस्टर, न्युयोर्कमा प्रस्तुति दिनुभएको थियो । यसै गरी फेबु्रअरी २ मा ह्युस्टन, फेबु्रअरी ३ मा डालस टेक्सास, फेबु्रअरी ९ मा लस एन्जल्स, फेबु्रअरी १२ मा सन फ्रान्सिस्को, फेबु्रअरी १६ मा भर्जिनिया, फेबु्रअरी १७ मा ह्यारिसबर्ग पेन्सिलभेनिया, फेबु्रअरी १८ मा बाल्टिमोर, मेरिल्यान्ड र फेबु्रअरी २४ मा कोलम्बस, ओहायोमा उहाँहरूको प्रस्तुति रह्यो। संयोजक अधिकारीले हिउँका कारण प्रायः आवतजावतमै अवरोध हुने समयमा सफलताका साथ दर्शकको खचाखच उपस्थितिमा कार्यक्रम भएको जानकारी दिनुभयो । उहाँका अनुसार न्युयोर्क, भर्जिनिया र बाल्टिमोर, मेरिल्यान्डमा आयोजित कार्यव्रmममा अमेरिकी सरकारी निकायको तर्फबाट सम्मान पनि गरिएको थियो । अमेरिकामा पूर्वदेखि पश्चिमसम्म रहनुहुने नेपालीकहाँ हामी पुग्न सफल भयौँ । उहाँहरूलाई हसाउन सफल भयौँ । अमेरिकामा यति भव्य रूपमा सम्पन्न हास्य कार्यक्रम सम्भवतः यो नै पहिलो होला, संयोजक अधिकारीको भनाइ छ । 

कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणसम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’ का निर्देशकसमेत रहेका अधिकारीले भन्नुभयो, “यो कार्यक्रमले परदेशलाई नेपालसँग जोडेको छ । कोभिड महामारीपछि हामीलाई चाहिएको ताजगी यो कार्यक्रमले दिएको छ ।”