• १२ साउन २०८१, शनिबार

साम्राज्ञी र धिरजलाई लिएर चलचित्र रुमानी रङ्ग बन्ने

blog

काठमाडौं, फागुन १० गते । चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य अभिनय रहनेछ । चलचित्र घोषणा कार्यक्रममा बोल्नुहुँदै अभिनेत्री शाहले एक वर्षसम्म स्क्रिप्ट राम्रो नपाएकाले फिल्ममा साइन नगरेको र अहिले भने सबैकुरा राम्रो फेला परेकाले रुमानी रङ्गमा अभिनय गर्न तयार भएको बताउनु भयो ।

उहाँले चलचित्र सम्बन्धमा रमाइलो र सहज मात्रै नहुने भएको बताउनु भयो । अभिनेता धिरज मगरले नेपालमा लभ स्टोरी फिल्म धेरै कम आइरहेको बेलामा यो चलचित्र बन्नुले राम्रो सन्देश जाने बताउनु भयो ।

चलचित्र अस्ट्रेलियामा छायाङ्कन हुनेछ । चलचित्रको निर्माता हरि मल्ल ठकुरी र जिएम ठकुरी रहनुभएको छ ।