• १२ साउन २०८१, शनिबार

'अ डिस्ट्रयाक्सन' र 'अनकम्प्लिटेड' अमेरिकाको चलचित्र महोत्सवमा

blog

काठमाडौं, फागुन १४ गते । संयुक्त अधिराज्य अमेरिकामा 'सिनेमा र थिएटर' अध्ययन गरिरहेका दुई नेपाली विद्यार्थीका चलचित्रले त्यहाँका विभिन्न फिल्म महोत्सवमा ध्यान आकृष्ट गर्न सफल भएका छन् । ओमराज राउतको लेखन तथा प्रमोद तिरिबाल निर्देशित सर्ट फिल्म ‘अ डिस्ट्रयाक्सन’ले विश्व चर्चित वल्ड इम्प्याक्ट फिल्म फेस्टिवलको क्वाटर फाइनलमा स्थान पाएको छ । 

यसका साथै अन्य अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ब्रिटिस फिल्म फेस्टिवल, न्यूयोर्क लिफ्टअप फेस्टिवलमा पनि चयन भएको छ । यसैगरी ओमराज राउत संलग्न अर्को सर्ट फिल्म ‘अनकम्प्लिटेड’ले लिफ्ट अफ ग्लोबल फिल्म फेस्टिवलमा छनौट भएको छ । ‘अ डिस्ट्रयाक्सन’को कथाले दर्शकहरूलाई प्रविधिसँग उनीहरूको सम्बन्ध, त्यसले पार्ने प्रभावहरुहरुलाई कथा बनाएको छ भने ‘अनकम्प्लिटेड’ चलचित्रले शारीरिक चुनौतीमा परेका मानिसहरूको साझा अनुभवलाई व्याख्या गर्छ ।

अमेरिकामा थिएटरको अध्ययन र कामपछि चलचित्र लेखन र अभिनयमा आफ्नो भविष्य बनाइरहेका ओमराज राउत प्राप्त उपलब्धिहरूबाट खुसी हुनुहुन्छ । दुवै फिल्मका निर्देशक प्रमोद तिरिबाल हुनुहुन्छ । तिरिबालले निर्देशनसँगै लेखनमासमेत सहकार्य गर्नुभएका फिल्म प्रमोद अहिले अमेरिकामा फिल्म निर्माणमा एमएफए गर्दै हुनुहुन्छ । 

न्यु इन्भिजन प्रोडक्सनले निर्माण गरेको यस सर्ट फिल्ममा वेब लोहत साउन्ड डिजाइनर हुनुहुन्छ भने जुआन कामिलो मोरेनो सिनेम्याटोग्राफीमा हुनुहुन्छ । जुआनको सन् २०२२ को कान्स फिल्म फेस्टिवलमा फिल्म छनौट हुनुकासाथै कान्स क्रिटिक्स विकमा ४ वटा पुरस्कार जित्न सफल कोल्म्बियाको ‘ला जाउरिया’ सिनेमाको सिनेम्याटोग्राफर पनि हुनुहुन्छ ।

‘अ डिस्ट्रयाक्सन’ सिनेमा क्वाटरफाइनल प्रवेशले आफूहरूलाई विश्वस्तरका दर्शकहरूमाझ आफ्नो कलात्मक अभिनय र क्षमता देखाउने मौका प्राप्त भएको राउतको भनाइ छ । उहाँले यो अन्तर्राष्ट्रिय सफलताले नयाँ नेपाली पीढीलाई यस उपलब्धिले काम गर्न अझ उत्साह, आत्मनिर्भरता र प्रेरणा प्रदान गर्ने बताउनुभयो ।