अभिनेत्री अनु शाहसँग १६ प्रश्न
तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ? मैले अहिले चलाइरहेको आइफोन नै हो । यदि घर छाडेर जानु पर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ? मोबाइल फोन र पैसा लिएर जान्छु । तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ? मसँग त्यस्तो गर्व लाग्ने सामान केही छैन ।
'गङ्गुबाई काठियावाडी' नेटफ्लिक्समा रिलिज
काठमाडौं, वैशाख १३ गते । सञ्जय लीला भन्सालीले निर्देशन गर्नुभएको फिल्म 'गङ्गुबाई काठियावाडी' मङ्गलबारबाट ओटीटी प्लेटफर्म 'नेटफ्लिक्स'मा रिलिज भएको छ । आलिया भट्ट अभिनीत फिल्म सिनेमा हलमा फेब्रुअरी २५ मा रिलिज भएको हो । फिल्ममा सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरमा वेश्यालय चलाउने गङ्गुबाईको कथा प्रस्तुत गरिएको छ । फिल्मले बक्स अफिसमा झण्डै दुई सय करोड भारु कमाइ गरेको थियो ।फिल्ममा आलियासँगै शान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारीलगायतको मुख्य भूमिका छ । फिल्ममा अजय देवगण केमियो भूमिकामा देखिनुभएकाे छ।
बिदाको समयमा प्रतिभा तिखार्दै
पछिल्लो समयमा बिदाको सदुपयोग गरी बालबालिका विभिन्न कलात्मक सीप सिक्ने लोकप्रियता बढ्दो छ । अभिभावकको कार्यालय जानुपर्ने व्यस्तता तथा प्रतिस्पर्धाका कारण बालबालिका प्रतिभावान् हुनुपर्ने मान्यता छ ।
नेपाली चलचित्र ‘कान्स महोत्सवमा’
अविनाशविक्रम शाहको छोटो चलचित्र कान्स फिल्म फेस्टिभलमा छानिएको छ । कान्सले सार्वजनिक गरेका चलचित्रमध्ये शाहले निर्देशन गर्नुभएको ‘लोरी’ छनोट भएको हो । योसँगै नेपालबाट प्रतिस्पर्धात्मक विधामा छनोट हुने ‘लोरी’ पहिलो चलचित्र बनेको छ ।
बलिउडका क्रिकेट क्रेज चलचित्र
बलिउडमा सन् १९५९ देखि क्रिकेटको कथामा आधारित २९ वटा चलचित्र बनेका छन् । तीमध्ये हालै प्रदर्शनमा आएको शाहिद कपुुर अभिनित चलचित्र ‘जर्सी’ हो । क्रिकेटमा आधारित रहेर बनेका यी २९ चलचित्रमध्ये तीन सुपरहिट (लगान, जन्नत र धोनी), तीन हिट (काई पो चे, सचिन, फेरारी की सवारी) र १९ फ्लप रहेका छन् भने चारवटा चलचित्रको अवस्था अझै सार्वजनिक गरिएको छैन ।
प्लाटिनममा ‘कालीप्रसाद बास्कोटा लाइभ’
गायक, गीतकार तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा यही वैशाख ३१ गते अर्थात् मे १४ मा दरबारमार्गको क्लब प्लाटिनममा गुञ्जिने हुनुहुने भएको छ ।
गायक मिलन श्रेष्ठको 'आमा'
काठमाडौं, वैशाख १० गते । गायक मिलन श्रेष्ठले 'आमा' बोलको गीत सार्वजनिक गर्नुभएको छ । युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा गायक मिलनका साथमा अभिनेत्री रश्मी भट्टको अभिनय रहेको छ । निशाल पौडेलको छायाँकन रहेको भिडियो विकास दाहालले सम्पादन गर्नुभएको हो । 'मिलन गीता श्रेष्ठ' युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक मिलनले यसअघि 'मायालाई चिनो', 'भावनामा', 'तिरिरी तिरिरी', 'तिमी बिना', 'फर्किन चाहान्छु' लगायत दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।
विवाह बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा सिवाकोटी
काठमाडौं, वैशाख १० गते । अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिनुभएको छ । शुक्रबार उहाँले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा विवाह गर्नुभएको हो ।विवाहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु मात्रै सहभागी हुनुहुन्थ्यो । वर्षाले विवाहबारे सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे हो । वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए ।
नगरप्रमुख बन्ने कलाकारको रहर
स्थानीय तह निर्वाचन केही दिन बाँकी हुँदा काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने कलाकारहरूको रहर बढेको छ । कलाकार मदनदास श्रेष्ठ, गायक तथा -यापर बालेन शाह र पूर्वमिस नेवाः सुनिता डङ्गोल मेयरको उम्मेदवारमा उठ्ने हुनुभएको छ ।
हाँस्यकलाकार श्रेष्ठ पेज थ्री लाइफटाइम एचिभमेण्ट अवार्डबाट सम्मानित
राष्ट्रिय सभागृहमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पेज लाइफटाइम एचिभमेण्ट अर्वाडबाट सम्मानित भएका छन् । इलोहं प्रकाशनको पेज थ्री पत्रिकाले आयोजना गरेको पेज थ्री पिपल्स च्वाइस अवार्ड समारोहको क्रममा उहाँ सम्मानित हुनुभएको हो ।
वैशाखभित्र बक्स अफिस प्रणालीमा नजोडिने हल बन्द हुने
काठमाडौं, वैशाख ९ गते । चलचित्र विकास बोर्डले वैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिने हलहरुलाई बन्द गर्ने निर्णय गरेको छ । बोर्डका सदस्य तथा हल अनुगमन समितिका संयोजक अर्जुन कुमारले जेठ महिनादेखि कानुन अनुसार नचल्ने हलहरुलाई बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार सिनेमा हलहरुलाई नियम कानुनमा बाँध्न विकास बोर्डले यो निर्णय गरेको हो । बक्स अफिस जडान गर्न धेरै हलहरुले अटेर गरेको उहाँको भनाई छ ।नेपालमा बक्स अफिस प्रणाली २०७५ देखि लागू भएको हो । तर, अधिकांश सिनेमा हलहरु उक्त प्रणालीसँग जाेडिएका छैनन् । नेपाली सिनेमा हलहरुमा जतिपनि सिनेमा व्यापार हुन्छ, त्यसको तथ्याङ्क चलचित्र विकास बोर्डमा आउने बक्स अफिस प्रणाली हो ।
'पल्पसा क्याफे' मञ्चन हुँदै
काठमाडौं, वैशाख ९ गते । थिएटर भिलेजको नाटक 'पल्पसा क्याफे' को मञ्चन आजबाट मण्डला थिएटरमा सुरु भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास 'पल्पसा क्याफे' मा आधारित भएर बनाइएको उक्त नाटक मण्डलामा वैशाख २५ सम्म मञ्चन हुनेछ । बिहीबार यसको विशेष प्रदर्शन गरिएको थियो ।सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशनमा बनेको नाटकमा विमल सुवेदी र सृष्टि श्रेष्ठले दृश्य र पल्पसाको भूमिका निर्वाह गर्नुभएकाे छ । 'पल्पसा क्याफे' उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो । दश वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धि कमाएको थियो । सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।नाटकमा सृष्टि र विमलका साथमा दीपेश राई, सङ्गीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारको अभिनय रहनेछ ।
'जीवनको नयाँ अध्याय सुरू गर्दैगर्दा यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौं' : केकी अधिकारी
काठमाडौं, वैशाख ९ गते । अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिनुभएको छ । बिहीबार उहाँले व्यवसायी रोहित तिवारीसँग विवाह गर्नुभएको हो ।विवाहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी हुनुहुन्थ्याे । सामजिक सञ्जालमार्फत बिहेको तस्बिर सार्वजनिक गर्दै केकीले आफूहरूले जीवनको नयाँ अध्याय सुरू गरेको जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकसहरुसँग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दैगर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौं । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’
टिकटकको बढ्दो मोह
नेपालमा हाल हरेक चोक गल्लीदेखि खुला सडकमा टिकटक बनाउनेको भीड लाग्ने गरेको छ । बालबालिकादेखि युवापुस्ता, वृद्धवृद्धामा टिकटकको मोह बढ्दै गएको छ । हनुमानढोका दरबार संरक्षण क्षेत्रमा त दिनहँु टिकटक बनाउनेको भीड नै लागिरहेको पाइन्छ ।
एक्सनले भरिपूर्ण ‘केजीएफ च्याप्टर २’
चलचित्र ‘केजीएफ च्याप्टर २’ हेरेपछि सबैको मनमा उठ्ने कुरा एउटै हो । के ‘केजीएफ ३’ पनि बन्छ ? र चलचित्र हेरेपछि बन्छ भन्ने नै दर्शकले निष्कर्ष निकाल्छन् । चलचित्रको क्लाइमेक्समा निर्माताले अर्को अध्यायको सूत्र देखाएका छन् । चलचित्र ठूलो क्यानभासका लागि बुनिएको कथा जस्तै बनेको छ ।
'नेपाल ग्रामीण चलचित्र महोत्सव' : 'टुल्की'लाई उत्कृष्ट फिचर फिल्म अवार्ड
काठमाडौं वैशाख ८ गते । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा भएको तीन दिने 'नेपाल ग्रामीण चलचित्र महोत्सव' सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा भएको महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट नौ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङले निर्देशन गर्नुभएको तथा आइतराम गुरुङ निर्मित गुरुङ चलचित्र 'फुङ'लाई अवार्ड प्रदान गरियो ।यस्तै, डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित 'मकै विवाह'ले अवार्ड प्राप्त गर्यो भने सर्टफिल्म विधामा केदार श्रेष्ठ निर्देशित 'जुनुको जुत्ता'ले अवार्ड जितेको हो ।सर्वोकृष्ट अभिनेतामा 'चिसो आत्मा'बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ 'मौन प्रतिशोध'बाट शारदा अधिकारीले अवार्ड प्राप्त गर्नुभयो । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत 'टुल्की'ले अवार्ड प्राप्त गरेको हो ।साथै 'स्क्रिन प्ले'तर्फ 'टुल्की'बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ 'टिष्टापारीको साईनो'बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गर्नुभयाे । सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म 'मौन प्रतिशोध'लाई जुरी अवार्ड प्रदान गरियो ।
कौशीमा 'उलार' मञ्चन हुँदै
काठमाडौं, वैशाख ८ गते । कौशी थियटरमा नाटक 'उलार' मञ्चन सुरु भएको छ । नयनराज पाण्डेको उपन्यासको नाट्य रूपान्तर 'उलार' बैशाख ६ गतेदेखि मञ्चन भएको हो ।२५ वर्षअघि प्रकाशित नेपालगञ्जको परिवेशमा बुनिएको सीमान्तकृत जनताको संघर्षको कथा हो 'उलार' । उपन्यासमा २०४६ सालको परिवर्तनपछि देखिएको राजनीतिक चरित्र र सीमान्तकृत वर्गको भोगाइलाई देखाइएको छ । यस नाटकमा थिएटर क्वुइन सरिता गिरी, सबिर चरौटे, शेखर चौलागाँई, अरुण शर्मा, सञ्जय गुप्तालगायतका कलाकारहरूले अभिनय देख्न सकिन्छ ।चे शंकरले निर्देशन गर्नुभएको नाटक वैशाख १८ गतेसम्म चल्नेछ ।
केकी अधिकारी विवाह बन्धनमा बाँधिदै
काठमाडौं, वैशाख ८ गते । अभिनेत्री केकी अधिकारी र रोहित तिवारीबीच आज विवाह हुँदैछ । बुधबार सामाजिक सञ्जालमा उहाँहरुको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक गरिएको हो ।नायिका केकी अधिकारीले आफ्नो नजिकका साथीभाइलाई भन्ने गर्नुहुन्थ्यो, 'म सुटुक्क बिहे गर्छु । भोज पनि गर्दिन । नरिसाउनुहोला है ।' केकीको पहिलेदेखि नै सुटुक्क विवाह गर्ने योजना थियो । बिहीबार परिवार र निकट आफन्तको उपस्थितिमा केकीको विवाह हुने जनाइएको छ ।एक वर्षदेखिकाे प्रेम सम्बन्धलाई यी दुईले बिहेमा परिणत गर्न लाग्नुभएकाे हाे । रोहित हाम्रो बजार डटकमका सीईओ हुनुहुन्छ ।
'फिल्म साउथ एसिया-२०२२' बिहीबारदेखि
काठमाडौं, वैशाख ७ गते । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको १३ औं संस्करण महोत्सव 'फिल्म साउथ एसिया-२०२२' बिहीबारबाट ललितपुरको यल माया केन्द्रमा सुरु हुने भएको छ । महोत्सवमा आठ देशका ७१ वटा फिल्म प्रदर्शन हुने तयारीमा रहेको छ ।चारदिनसम्म चल्ने फेस्टिभलको थिम 'सेलेब्रेटिङ द डकुमेन्ट्री' राखिएको छ । महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफलसमेत आयोजना गरिनेछ । साथै, यसअघि विभिन्न फिल्म महोत्सवमा अवार्ड जितेका नेपाली वृत्तचित्र पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
रोहित शेट्टीको 'इन्डियन पुलिस फोर्स'
काठमाडौं, वैशाख ७ गते । निर्देशक रोहित शेट्टीको निर्देशनमा बनेको 'इन्डियन पुलिस फोर्स' वेब सिरिजको टिजर सार्वजनिक भएको छ ।बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा सिरिजमा प्रहरीको भूमिकामा देखिने भएका छन् । हालै रोहितले सामाजिक सञ्जालमा सेयर गर्नुभएको टिजरमा रोहितले सिद्धार्थको भूमिकालाई उत्कृष्ट शैलीमा प्रस्तुत गर्नुभएको छ ।यो वेब सिरिज आठ एपिसोडको हुनेछ, जसमा सिद्धार्थ मल्होत्राको एक्सन, सस्पेन्स र देशभक्तिपूर्ण शैली देख्न सकिनेछ ।आफ्नो वेब सिरिजको घोषणा गर्दै रोहितले भारतीय पुलिस बल आफ्ना लागि धेरै विशेष रहेको र वर्षौंदेखि यसमा काम गरिरहेको बताउनुभयो ।
'सरुँ सरुँ लाग्यो' म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, वैशाख ७ गते । निराजन प्रधान र मिरुना मगर अभिनित म्युजिक भिडियो 'सरुँ सरुँ लाग्यो' सार्वजनिक भएको छ । भिडियो देवीथान नामको युट्यबु च्यानलबाट सार्वजनिक गरिएको हो ।राजेश पुमा राईको निर्देशन रहेको गीतमा राजनराज सिवाकोटीको संगीत, स्वर र सुमन योञ्जनको लेखन रहेको छ। भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ । कमल राईले कोरियोग्राफी गर्नुभएको गीतमा सुन्दर नृत्य देख्न सकिन्छ । गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन विकास दाहालले गर्नुभएको हो ।
आकाश र पूजाको ‘स्वर्गकी अप्सरा’
स्वर्गकी अप्सरा बोलको गीत सार्वजनिक भएको छ । गीतमा कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको छ । कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित गीतमा दुई कलाकार प्रेमिल मुडमा प्रस्तुत भएका छन् ।
'सिल्ली फो' प्रदर्शन मिति सार्वजनिक
काठमाडौं, वैशाख ६ गते । कमेडी विधामा आधारित फिल्म 'सिल्ली फो' प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको पोष्टर सार्वजनिक गर्दै असार ३१ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।फिल्मको लेखन र निर्देशन राजबहादुर सानेले गर्नुभएको हो । मनोज डिकेले निर्माण गर्नुभएको फिल्ममा विशाल श्रेष्ठ सह–निर्माता हुनुहुन्छ । फिल्म दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेले छायांकन गर्नुभएको हो ।यस्तै, फिल्ममा केकीका साथै धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापाको अभिनय रहेको छ ।
'सम्झना-बिर्सना' को ट्रेलर सार्वजनिक
काठमाडौं, वैशाख ६ गते । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म 'सम्झना-बिर्सना' को ट्रेलर सार्वजनिक गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको यस फिल्मलाई अद्वितीय प्रधान र रेविका प्रधानले निर्माण गर्नुभएको हो । फिल्ममा पूजा र आकाशसँगै सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको अभिनय देख्न सकिन्छ ।फिल्मको संवाद लेखन शिशिर राणाको रहेको छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको 'सम्झना-बिर्सना' मा शिव ढकालको छायांकन र तारा थापा 'किम्भे'को सम्पादन छ ।फिल्म जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।