जुत्ताको मालामा ‘सतीदेवी’
चलचित्र ‘सतीदेवी’ को पोस्टर सार्वजनिक गरिएको छ । अभिनेतृ मलिका महतलाई जुत्ताको माला लगाएको तस्बिर प्रयोग गर्दै तयार पारिएको पोस्टरमा महतलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ । चलचित्रको फस्र्टलुक पोस्टरले विभिन्न समय भएको परिवर्तनको औचित्यमाथि प्रश्न गरेको छ ।
चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक सार्वजनिक
लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
प्रदर्शक र निर्माताबिच सहमति
नेपाल चलचित्र सङ्घ र नेपाल निर्माता सङ्घबिच सेयर बाँडफाँटको विषयमा सहमति भएको छ । चलचित्र प्रदर्शन भएपछि निर्माताहरूले पाउने सेयरको अंशमा सन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको चलचित्र नचलाउने अडानपछि भएको वार्तामा सहमति जुटेको हो ।
फिल्म ‘चित्रा’ पुस २७ बाट प्रदर्शन हुने
पोखराबाट निर्माण भएको चलचित्र 'चित्रा'को छायाङ्कन सकिएको छ । फिल्मका कार्यकारी निर्माता एवम् कलाकार सन्तोष अधिकारीले 'चित्रा' आगामी पुस २७ गते रिलिज हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पारिवारिक विषयवस्तुमा आधारित चलचित्र 'चित्रा' बाबुछोरीको कथा भएको निर्देशक घनश्याम लामिछानेले उल्लेख गर्नुभयो ।
राजनीतिको अदृश्य पाटो : दिमाग खराब
नेपाली चलचित्र कि त राजनीतिक कथाले बिक्छ कि हाँसो रोधनले । दर्शकलाई साढे दुई घण्टा चलचित्र हलमा रोकिराख्न ‘सस्सपेन्स’ पनि कायम राख्न सक्नु पर्छ । यस्तै विशेषता भर्न सक्दा पछिल्ला चलचित्र ‘नाङ्गो गाउँ’, ‘जारी’, ‘भस्मे डन’ र अहिले ‘दिमाग खराब’ ले दर्शकको वाहवाही पाउन सफल भएका छन् ।
‘कागभन्दा कोइली चलाख’
आगामी २९ गतेबाट प्रदर्शन हुने चलचित्र ‘दुई कदम’ को नयाँ गीत ‘कागभन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डिपी खनालको शब्द र विकास चौधरीको सङ्गीत छ । गीतमा गौरव पहारी, इओन लिम्बू, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बू र गीता ढुङ्गानालाई प्रस्तुत गरिएको छ । उदय सुब्बा निर्देशित चलचित्रमा सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको पनि अभिनय रहेको छ ।
फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के
फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित हुनुभएको छ । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।
फिल्म ‘बलिदान’मा सौगात मल्ल अनुबन्धित
आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित हुनुभएको छ ।
पलासियोसलाई मिस युनिभर्सको उपाधि
यस वर्षको मिस युनिभर्स प्रतियोगिताको उपाधि निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जित्नुभएको छ । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो पहिलो पटक हो । २३ वर्षीय पलासियोस पेसाले टेलिभिजन होस्टसमेत हुनुहुन्छ । उहाँले आमसञ्चारमा स्नातक उत्तीर्ण गर्नुभएको छ ।
बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन
बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन भएको छ । ‘धूम’ र ‘धूम २’ जस्ता फिल्मका निर्देशक गढवीको ५६ वर्षको उमेरमा निधन भएको हो ।
नेपालका बारे धेरै कुरा लेख्नेछु : बलिउड गीतकार समीर अञ्जान
बलिउडका गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले उहाँलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।
‘पशुपति प्रसाद ३’ निर्माण गरिने
‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो ।
मिस्टर नेपाल थाइल्यान्ड प्रस्थान
‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । उहाँले थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
सो बाँडफाँटमा किन सधैँ विवाद
चलचित्र ‘दिमाग खराब’ हेर्न दर्शकको अत्यधिक भिड लागिरहेको समयमा निर्देशक–निर्माताले चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरे । हलहरूले राम्रो सो नदिएको भन्दै निर्माताले यस्तो घोषणा गरेपछि राम्रो चर्चा कमाएको चलचित्र हेर्न पालो कुरिरहेका दर्शकलाई केही विष्मातमा पनि पा¥यो । केही दर्शकले यस्तो घुर्काइ चलचित्र चलाउने फन्डा मात्र भएको पनि सम्झे ।
थाहा फिल्म फेस्टिभलको तयारी तीव्र
मकवानपुरको थाहा नगरमा आगामी ९ गतेदेखि १५ गतेसम्म हुने थाहा फिल्म फेस्टिभल–२०२३ को तयारी तीव्र बनाइएको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते फेस्टिभलको प्रचारप्रसारलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको हो ।
उन्नति बनिन् प्रथम सल्यान्टार आइडल
प्रथम सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला २०८० मार्फत धादिङका उन्नति पाण्डे (युनिसा) प्रथम सल्यान्टार ‘डान्स आइडल’ बन्नुभएको छ ।
मण्डलामा ‘मानिस हराएको सूचना’
लैङ्गिक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्शाउन नपाउँदाको पीडा, परिवार, समाजबाट पूर्ण स्वीकार नहुँदाको पीडा र आफ्नो प्रेमीसँगको सम्बन्ध खुलेर भन्न नपाउँदाको पीडा प्रस्तुत गरिएको छ । नाटक ‘मानिस हराएको सूचना’ मा यस्ता अने
मङ्गलबारसम्मै ‘दिमाग खराब’
चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन नरोकिने भएको छ । बिहीबार प्रदर्शक र वितरकहरूको संस्था नेपाल चलचित्र सङ्घ र चलचित्र निर्माताबिच भएको छलफलबाट आगामी मङ्गलबारसम्म प्रदर्शन नरोक्ने सहमति भएको छ । सङ्घले जारी गरेको विज्ञप्तिमा मङ्सिर ५ गते मङ्गलबार पुनः छलफल गरी निष्कर्षमा पुग्ने सहमति अनुसार प्रदर्शन जारी राख्ने सहमति भएको उल्लेख छ ।
हेरिटेज पेजेन्टको तयारी पूरा
‘हेरिटेज पेजेन्ट’ को २०२३ को संस्करणको तयारी पूरा भएको छ । यही नोभेम्बरमा थाइल्यान्डमा सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सन्तोष सापकोटाको अध्यक्षतामा आयोजक टोली रहेको आयोजक इप्लानेटले जनाएको छ । आयोजकका अनुसार कार्यक्रमको आधिकारिक कोरियोग्राफर नेपालका रोजिन शाक्य तथा मलेसियाका वेस्ली स रहनुहुने छ । कार्यक्रमको संयोजन सुसान सनफुर्मी कोहले गर्नुभएको छ । प्रतियोगितामा मिसतर्फ १८ देखि २८ वर्ष उमेर समूहभित्र तथा मिसेसतर्फ २० देखि ४५ वर्ष उमेर समूहका महिलाले सहभागिता जनाउन पाउने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताउनुभयो ।
उडिसामा ‘अभिनद्ध’
उडिसाको नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक ‘अभिनद्ध’ मञ्चन भएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्य संस्था नाट्य चेतनाले आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीन वटा नाट्य संस्थाले संयुक्त रूपमा नाटक अभिनद्ध तयार पारेका थिए । तनहुँमा रहेर नाट्य कर्म गरिरहेको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ, ओजस थिएटर काठमाडौँ र आदिइत्यादि काठमाडौँले संयुक्त रूपमा नाटक तयार पारेका हुन् ।
‘रङ्गेली’ को पोस्टर सार्वजनिक
आगामी महाशिवरात्रिको दिन प्रदर्शन हुने चलचित्र ‘रङ्गेली’ को पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय दिँदै पोस्टरमा देखिनुभएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’ मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, प्रभाकर न्यौपाने, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहेको छ ।
‘टाइगर–३’ एक्सनले नै बोझिलो
सलमान खान–कट्रिना कैफ अभिनीत ‘एक था टाइगर’ बाट सुरु भएको जासुसी कथा ‘टाइगर जिन्दा है’ पछि अब ‘टाइगर ३’ मा दोहोरिएको छ । लाखौँ दर्शकका लागि सलमान खान अभिनीत चलचित्र भनेपछि पुग्छ । त्यसको कथावस्तुभन्दा पनि खानको अभिनयले प्राथमिकता पाएको हुन्छ ।
एक हप्ते थाहा फिल्म फेस्टिबलको तयारी
मकवानपुरको थाहा नगरमा आगामी मङ्सिरमा हुने थाहा फिल्म फेस्टिवल–२०२३ को तयारी तीव्र बनाइएको छ ।
केटिचौर र लामडाँडामा कलाकारको लाइभ कन्सर्ट
अर्जुन चौपारी गाउँपालिका-१ को केटिचौर र वडा २ लामडाँडामा विदेशी कलाकारले लाइभ कन्सर्टमार्फत स्थानीयलाई मनोरञ्जन दिएका छन् ।