दावाको ‘झम्के बुलाकी’
गायक दावा तामाङको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘झम्के बुलाकी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज, राजेश श्रेष्ठ र दिल समर्पणको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा श्रेष्ठ फिचर्ड छन् । दुवैलाई रोमान्टिक भावमा देखाइएको छ । गायक दावाले पहिलो पटक यो गीतमा सङ्गीत भरेका हुन् ।
कलाकारलाई जीवन धान्नै धौ धौ
जनकपुर क्षेत्रका कलाकार प्रतिभा प्रदर्शनको अवसरबाट वञ्चित भएका छन् । कला क्षेत्रको दुरवस्थाका कारण प्रतिभावान् कलाकारलाई पनि यस क्षेत्रमा टिकिरहन मुस्किल भएको छ । कलाकारको वृत्तिविकास र आर्थिक सुरक्षाका लागि सरकारी निकायबाट ठोस कदम चाल्न नसक्दा यस क्षेत्रको गौरवपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा पुस्तान्तरण पनि हुन नसकी लोप हुने अवस्थामा पुगेको छ ।
‘कबड्डी ४’ युट्युबमा
चलचित्र ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ । निर्माण संस्था बाँसुरी फिल्मस्ले आफ्नै युट्युब च्यानलमार्फत चलचित्र रिलिज गरेको हो । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, प्रकाश घिमिरे, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । नेपालमा सर्वाधिक व्यापार गर्ने नेपाली चलचित्र हो भने विदेशी बजारबाट पनि चलचित्रले आम्दानी राम्रो गरेको थियो ।
काठमाडौँ युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचिमा
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो ।
‘पशुपतिप्रसाद २ : भस्मे डन’ भस्मेमाथि नागा हाबी
अभिनेता खगेन्द्र लामिछानेको मृत्युपछि भस्मे डन अर्थात् विपिन कार्कीको जीवनमा आएको उतारचढावको कथा हो, ‘पशुपतिप्रसाद २ : भस्मे डन’ । ‘पशुपतिप्रसाद’ सकिएपछिको सिक्वेलका रूपमा चलचित्र निरन्तर रूपमा अघि बढ्छ । सात वर्षमा भस्मे डनभित्र धेरै कुरामा परिवर्तन आएको छ । पशुपतिप्रसाद खकुरेलको मितबा अब भस्मे डनको बा बनेका छन् । क्यान्डी क्रस खेल्ने भस्मेमा प्राविधिक परिवर्तन आएको छ । अब उनी पब्जी खेल्ने भएका छन् ।
‘हल्कारा’ एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट
चलचित्र ‘हल्कारा’ एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको छ । कात्तिक २२ देखि मङ्सिर १७ सम्म संयुक्त राज्य अमेरिकाको लस एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने फेस्टिभलको नवौँ संस्करणको प्रतिस्पर्धात्मक खण्डमा चलचित्र छनोटमा परेको हो ।
खस भाषाको चलचित्र ‘गोठ’ प्रदर्शन
जुम्लामा खस भाषाको चलचित्र ‘गोठ’ प्रदर्शन भएको छ । स्थानीय हास्यव्यङ्ग्य कलाकार गरिकुडाका जोडीको प्रस्तुतिमा खस भाषाको चलचित्र ‘गोठ’ प्रदर्शन गरिएको हो । स्थानीय कलाकार आयुष शाही कथा निर्देशनमा कलाकारहरू खस भाषामा टिकटकमा गरिकुडाबाट चर्चित जोडी बिर्खबहादुर महत, लक्ष्मी खत्री, कलाकार यशोदा देवकोटा, स्वागत शाही, तुल्सी विश्वकर्मा, वसन्त विश्वकर्मा, सरगम शाही, मिमबहादुर शाहीलगायतले चलचित्र गोठमा भाग लिनुभएको छ ।
‘ह्याङ्ला ताम्सालिङ’ सार्वजनिक
सुन्दर योञ्जन तामाङको शब्द र विश्व दोङ तामाङको सङ्गीत रहेको ‘ह्याङ्ला ताम्सालिङ’ गीत सार्वजनिक भएको छ । तामाङ भाषामा लेखिएको उक्त गीत पूर्वराजदूत एवं ताम्सालिङ संयुक्त सङ्घर्ष समितिका अध्यक्ष डा. गणेश योञ्जन तामाङले लोकार्पण गर्नुभएको हो । नेपाल तामाङ घेदुङ इजरायलले निर्माण गरेको ह्याङ्ला ताम्सालिङ गीतमा चर्चित कलाकार इन्दिरा गोले, रोज मोक्तान, जमुना योञ्जन, सञ्जीव वाइबा, विश्व दोङ, विशाल कल्तान, निर्मला घिसिङ, जितु लोप्चन, फूलकुमार बम्जन, सुमिना लो, जीवन बम्जन, बैरागी मोक्तान, रेश्म बम्जन, खेम मोक्तान, लक्ष्मी स्याङ्तान, प्रदीप लामा, अञ्जु थोकर, सारा लामा र अर्पण थिङको स्वर रहेको छ ।
खलङ्गामा खसभाषाको चलचित्र ‘गोठ’ प्रदर्शन
जुम्लामा खसभाषाको चलचित्र गोठ प्रदर्शन भएको छ । स्थानीय हास्यव्यङ्ग्य कलाकार गरिकुडाका जोडिको प्रस्तुतिमा खसभाषाको चलचित्र गोठ प्रदर्शन गरिएको हो ।
गोलरक्षक एन्जिलाको कथामा चलचित्र
महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ को छायाङ्कन सुरु भएको छ । मिलन चाम्सले निर्देशन गर्नु भएको चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहूर्त गरी छायाङ्कन सुरु भएको हो । इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन हुने छ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायाङ्कन सुरु भएको हो ।
राजेश र प्रीतिको ‘उमेर सत्र भयो खत्रा’
गायक राजेश बर्देवा र गायिका प्रीति आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रियकुमारको सङ्गीत रहेको गीतको एरेन्ज केशव बडूले गर्नुभएको हो । गीतको भिडियोमा अभिनेतृ प्रियङ्का कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ ।
नवलपुरमा दुई करोड बढी लगानीमा सिनेमा हल
पूर्वी नवलपरासी जिल्लामा सिनेमा हल सञ्चालन हुने भएको छ । कावासोतीमा यस अघि सञ्चालनमा रहेको गणपति फिल्महलमै सुविधा सम्पन्न सिनेम्याक्स सञ्चालनको तयारी गरिएको छ ।
मामीमा नेपाली चलचित्रको वर्चस्व
भारतमा सुरु भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् । महोत्सवमा ७० देशका २५० चलचित्र प्रतिस्पर्धामा छन् । महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदै छ । यस्तै ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसिया अन्तर्गतको प्रतिस्पर्धामा छन् । महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।
हाउस अफ कमन्समा अभिनेतृ कोइराला सम्मानित
अभिनेतृ मनीषा कोइराला बेलायती संसद् भवन ‘हाउस अफ कमन्स’ मा आयोजित समारोहमा सम्मानित हुनुभएको छ । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार आयोजना गरेको विशेष समारोहमा कोइरालालाई सम्मान गरिएको हो । बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले उक्त सम्मान प्रदान गर्नुभएको हो । चलचित्र कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि मनीषालाई उक्त सम्मान प्रदान गरिएको अखबारले जनाएको छ । सांसद हुसेनले अभिनेतृ कोइरालाले तीन दशकभन्दा बढी समय कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
वेब सिरिज ‘कैँची’ को घोषणा
वेब सिरिज ‘कैँची’ को निर्माण घोषणा गरिएको छ । टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । मधेशको सेटअपमा खिचिएको सार्वजनिक टिजरमा अभिनेता कामेश्वर चौरसिया, अभिनेत्री काजल कर्ण, रियाज आचार्य र दीपक आरजेलाई स्थान दिइएको छ । सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुने वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने जमर्को निर्माण टिमले गरेको छ ।
क्रिस्मा र सोलिनालाई उपाधि
सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेसनल मिस एन्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल २०२३’ को उपाधि क्रिस्मा कुँवर र सोलिना लामाले जित्नुभएको छ । करुणाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेस्ट इभेन्ट्सद्वारा आयोजित प्रतियोगिताको ‘मिस’ र ‘मिसेस’ विधामा क्रिस्मा र सोलिनाले शीर्ष उपाधि हात पार्दा ‘मिस’ तर्फ अरुणा पुरी तथा ‘मिसेस’ तर्फ प्रिना राई गुरुङ फस्ट रनरअप र ‘मिस’ तर्फ विनिता खड्का र ‘मिसेस’ तर्फ झरना काफ्ले सेकेन्ड रनरअप हुनुभयो ।
कमजोर कथा, दमदार एक्सन ‘लियो’
चलचित्र ‘मास्टर’ पछि निर्देशक लोकेश कनागराज र अभिनेता विजयको जोडी फेरि एक पटक चलचित्र ‘लियो’ मा देखिएको छ । चलचित्र पूर्ण एक्सनले भरिएको छ भने लोकेशले चलचित्रलाई कथानकभन्दा पनि धेरै मात्रामा एक्सनमय बनाउनुभएको छ । चलचित्रको कथा हिमाञ्चल प्रदेशको एउटा सानो सहरबाट सुरु हुन्छ, जहाँ पार्थिवन (विजय), श्रीमती सत्या (त्रिशा) र दुई छोराछोरीसँग बस्छन् । उनको एउटा क्याफे छ । आफ्नो परिवारलाई असाध्यै माया गर्ने पार्थिवनले वन विभागसँगको सहकार्यमा जनावरको ज्यान पनि बचाउने काम गर्छन् । एक दिन सहरमा हाइना देखिन्छ । पार्थिवनले आफ्नो ज्यान जोखिममा पारेर हाइनालाई समात्छन् । जसका कारण देशभरका पत्रपत्रिकामा उनका तस्बिर प्रकाशित हुन्छन् र सबैतिर उनको चर्चा चुलिँदै जान्छ । ती तस्बिर देखेर दक्षिण भारतीय ग्याङ्स्टर हेरोल्ड दास (अर्जुन सर्जा) लाई आफ्नो भतिजा लियो दासको सम्झना आउँछ । जसको रूप ठ्याक्कै पार्थिवन जस्तै मिलेको हुन्छ ।
मामीमा नेपाली चलचित्र
शुक्रबारदेखि भारतमा सुरु भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालनमा रहने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् ।
विवादले स्थापित पाण्डे
स्याङ्जामा जन्मिनुभएका गीतकार दयाराम पाण्डेको गीतका शब्दमा कतै गहनता, कतै सरलता पाइन्छ । बाल्यकालदेखि नै गीतसङ्गीतमा रुचि राख्ने पाण्डेको गीत लेखनको यात्रा चलचित्र ‘मुस्कान’ बाट सुरु भएको हो । त्यसपछि उहाँले थुप्रै चलचित्रमा मायाप्रेम, बिछोड र आइटमका गीत लेखिसक्नुभएको छ । पाण्डेका अहिले पनि थुप्रै गीत उत्तिकै चर्चित छन् । उहाँका पुराना गीतको तुलनामा अहिलेका गीतमा गुणस्तर खस्किएको बताउनुहुन्छ । उहाँले लेखेका गीतमध्ये ७० प्रतिशतभन्दा बढी गीत कोठामाभन्दा पनि अरू व्यक्तिसँगको बसाइमा तयार हुने गरेको छ । उहाँ भन्नुहुन्छ, “मुड आएरभन्दा पनि मुड बनाएर गीत लेखेका कारण मेरो गीतमा विविधता पाइन्छ ।”
कलाकार घिमिरे घाइते
कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी सख्त घाइते हुनुभएको छ । पोखरा महानगरपालिका–३, नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिकको भिरबाट घाँसको डाला तान्ने क्रममा खसेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिनुभयो ।
मिसेस नेपाल वर्ल्डले तयार पारे ‘मङ्गलम्’
मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीलाई समावेश गरी म्युजिक भिडियो तयार पारिएको छ । मङ्गलम् बोलको गीत दुर्गामाताको आराधनामा आधारित छ । गीतको मिसेस नेपाल वर्ल्ड २०२३ का सम्पूर्ण प्रतियोगीलाई अभिनय र नृत्य गराइएको छ ।
अपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक
सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ ।
‘पशुपति प्रसाद २ : भष्मे डन’ को सुखद सुरुवात
दसैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ ।
छ वर्षपछि चलचित्र निर्देशनमा निश्चल
चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय हुनुभएको छ । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बन्नुभएका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहनुभयो ।