• १० मंसिर २०८१, सोमबार

६६ वर्षीय गुरुङको स्वर प्रशंसनीय

blog

काठमाडौँ, पुस २० गते । ६६ वर्षको उमेरमा पनि नयाँ नयाँ गीत रेकर्डिङ गरेर गीत सङ्गीत क्षेत्रमा सक्रिय रहनु भएका वरिष्ठ गायक शशी गुरुङको प्रयास प्रशंसनीय छ। काठमाडौँमा बिहीबार गायक गुरुङले गायकको गीतको म्युजिक भिडियो सार्वजनिक समारोहमा विभिन्न स्रष्टाहरूले गायक गुरुङको प्रशंसा गरेका छन् । 

वरिष्ठ गीतकार प्रकाश शायमीको रचना तथा प्रवीण बराइलीको सङ्गीत रहेको सो गीतको भिडियो निर्देशन विजयराज भुर्तेलले गर्नुभएको थियो। यसै गरी भूषण खरेलको रचना तथा शक्ति वल्लभको सङ्गीत रहेको अर्को गीतमा पनि गायक गुरुङले स्वर दिनुभएको छ। २०३४ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी गायन यात्रा सुरु गरी प्रहरीमा  २२ वर्ष सेवा गरेपछि पुन गाउने कार्यलाई निरन्तरता दिन थाल्नुभएको हो।

समारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार नगेन्द्र थापामा गायक गुरुङको स्वरमा राम्रो गीत रेकर्डिङ भएकोमा प्रशंसा गर्नुभयो। समारोहका सभापति अर्का वरिष्ठ गीतकार विश्व वल्लभले गायक गुरुङलाई सृजनालाई निरन्तरता दिन शुभकामना दिनुभयो।  कार्यक्रममा वरिष्ठ गीतकार श्री पुरुष ढकाल, रमेशनन्द वैद्य लगायतका वक्ताले गायक गुरुङलाई शुभकामना दिनुभएको थियो। 

त्यस बखत वरिष्ठ गायक ओमविक्रम विष्टले अमेरिका तथा वरिष्ठ गीतकार प्रकाश सामयीले थाईल्याण्डबाट भिडियो सन्देश मार्फत गायक गुरुङको गायन शैलीको प्रशंसा गर्नुभएको थियो। समारोहमा वरिष्ठ गायक शशी गुरुङले आफ्नो बालकदेखिको साथी ओमविक्रम विष्टको सङ्गीतमा गीत रेकर्डिङ गरी सकेको तथा उनी नेपाल आएपछि सो गीत सार्वजनिक गर्ने जानकारी दिनुभयो।