• १९ असार २०८१, बुधबार

‘गाउँ आएको बाटो’ छनोटमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । नवीन सुब्बाको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ युरोपको ४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ मा छनोट भएको छ । स्विडेनमा हुने महोत्सवमा यसको युरोपियन प्रिमियर हुने बताइएको छ ।

२०२४ जनवरी २६ देखि फेब्रुअरी ४ सम्म चल्ने गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबैभन्दा ठुलो महोत्सव मानिएको छ । 

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । 

टोरोन्टो चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यो चलचित्र बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, एसियन प्रिमियर, मामी मुम्बईमा साउथ एसियन प्रिमियर भइसकेको छ । चलचित्र यही १८ गते देशभरि प्रदर्शनमा आउँदै छ ।