• १० मंसिर २०८१, सोमबार

‘चिसो मान्छे’ भिडियो पसल एपमा

blog

काठमाडौँ, पुस २३ गते । दर्शक र समीक्षकले निकै नै मन पराएको चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटिटी प्ल्याटफर्म ‘भिडियो पसल’ एपमा प्रदर्शन भएको छ । चलचित्र अहिलेका लागि नेपालबाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

चलचित्र कोरोनाको समयमा प्रदर्शन भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शकमाझ नपुगेको हुनाले चलचित्रको माग उच्च रहेको भिडियो पसलका सहसंस्थापक नेहा कार्की बताउनुहुन्छ । अङ्ग्रेजी वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपालीलाई लक्ष्य गरी चलचित्र रिलिज गरिएको हो ।

सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखि ५.९९ अमेरिकी डलरसम्म विभिन्न प्याकेज लिई चलचित्र हेर्न सकिन्छ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय छ । चलचित्र शर्मिला पाण्डेले निर्माण गर्नुभएको हो । कर्णाली क्षेत्रको कथामा भन्ने यो चलचित्रमा मानिसमा देखिएको नैराश्यलाई प्रस्तुत गरिएको छ ।