• १९ असार २०८१, बुधबार

‘नेपाली साहित्य संसारको उत्कृष्ट’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । नेपाली भाषा, साहित्यलाई विश्वव्यापी बनाउने अभियानमा लाग्न विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूलाई आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना दिवसका अवसरमा आयोजित कार्यव्रmमका सहभागी साहित्यकारहरूले नेपाली भाषा, साहित्य लेखनले मात्र नभई यसको श्रीवृद्धि, प्रवर्धन र प्रचारप्रसारमा पनि लाग्नुपर्नेमा जोड  दिएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा बिहीबार राजधानीमा आयोजित कार्यव्रmममा बोल्दै वरिष्ठ कवि तुलसी दिवसले नेपाली भाषा र साहित्य हिजोको दिनमा नेपाली नेपालीबिचमा रहेको भए पनि पछिल्ला दिनमा विश्वभरि फैलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली साहित्य संसारको उत्कृष्ट साहित्यमा पर्छ । यसको प्रचारप्रसार र श्रीवृद्धिका लागि अझै धेरै काम गर्न बाँकी छ । त्यस अभियानमा विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूले लाग्न जरुरी छ । 

उहाँले नेपाली भाषा र साहित्यको दायरा फराकिलो भएको पनि बताउनुभयो । कार्यक्रममा समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीले नेपाली भाषा, साहित्यको उन्नयनका लागि समाजको गठन गरिएकाले समाजमा आबद्ध सबैले भाषा, साहित्यको विकास र प्रवर्धनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाली भाषा, साहित्यका कृतिलाई अनुवाद गरी नोबेल पुरस्कारको ढोकासम्म पु-याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली भाषा, साहित्यका कृतिहरूलाई अनुवाद गरेर विश्वभर चिनाउनु पर्छ । यो अभियानमा समाज लाग्नु पर्छ ।” 

कार्यव्रmममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले आफ्नो कार्यकालमा नेपाल भाषा, साहित्यको श्रीवृद्धि र साहित्यकारको हकहितका लागि काम भइरहेको बताउनुभयो । उहाँले विभिन्न साहित्यकारलाई उपचार गर्नका लागि आर्थिक सहयोग पनि समाजका तर्फबाट प्रदान गरिएको जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल च्याप्टरका संस्थापक अध्यक्ष लब गाउँले र गायक-सर्जक दुर्गा खरेललाई सम्मान गरियो । सन् १९९६ मा अन्तर्राष्ट्रिय जगत्मा नेपाली भाषा र साहित्यलाई पु-याउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गठन भएको हो ।