‘कलाकार राष्ट्रका गौरव’
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरू राष्ट्रका गौरव भएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित ‘रातो टिकी’ बोलको गीत सार्वजनिक कार्यक्रममा उहाँले कलाकारितामार्फत कलाकारले देशको मान प्रतिष्ठा बढाउने काम गरेकाले उनीहरू देशको गौरव भएको स्पष्ट पार्नुभयो ।
समाजको कुसंस्कार विस्तारै हट्दै : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले श्रीमानको मृत्यु भएपछि आफ्नो जीवन खुशीले बाच्न पाउने महिलाको अधिकारलाई समाजले विस्तारै स्वीकारेको बताउनुभएको छ ।
विज्ञापन व्यवसायी पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक
नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ ।
शर्मिलाको ‘याद आउँछ आउँदैन’
गायिका शर्मिला तामाङको बाल्यकालका साथी सङ्गीसँग यादबारे लेखिएको गीत ‘याद आउँछ आउँदैन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका तामाङको अफिसियल युट्युब च्यानलबाट दर्शक/श्रोतामाझ आएको याद आउँछ, आउँदैन बोलको गीतमा वनमाराको झुप्पालाई चुङ्गी बनाएको, वनमा काफल, चुत्रो खाँदै गुलेली बोकेर हिँडेको कथा लयमा उतारिएको छ । शर्मिला तामाङ र प्रकाश तामाङ टितुङको स्वर रहेको गीतमा लय/शब्द भने शर्मिला तामाङको रहेको छ ।
‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल २०२३’ घोषित
ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कँडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल २०२३’ घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल’ को सातौँ संस्करणमा सिनियर र जुनियर केटा र केटी गरेर चार विजेता चुनिएका हुन् । प्रतियोगितामा जुनियर केटातर्फ ब्रबिम बराल र सिनियर केटातर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर केटीतर्फ सायुरी कँडेल र सिनियर केटीतर्फ अक्क्षयनी दाहालले उपाधि चुम्नुभयो ।
गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक
गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘बालापन’ को प्रिमियर
चलचित्र ‘बालापन’ को प्रिमियर गरिएको छ । संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा चलचित्रको प्रिमियर गरिएको हो । कार्यक्रममा मन्त्री किरातीले चलचित्रले समाजमा देखिएको कुरालाई चित्रण गरेको बताउनुभयो । उहाँले आर्थिक विकासका लागि चलचित्र मेरुदण्ड रहेकाले यसको विकासमा सरकारको चासो रहिरहेको जनाउनुभयो । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले चलचित्रले जस्तो सुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औँल्याउनुभयो । “चलचित्रलाई शुभकामनाले मात्र हुँदैन । त्यसभित्र चाहिने हरेक कुरा हुनु पर्छ । चलचित्र क्षेत्रमा नयाँ मान्छे आएनन् भने यो चलायमान हुँदैन,” उहाँले भन्नुभयो ।
मिसेस नेपाल वर्ल्डमा २३ प्रतिस्पर्धी
विवाहित महिलाबिचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड –२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्वारा राजधानीको नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा आयोजित एक समारोहका बिच मिसेस नेपाल वल्र्ड–२०२३ टप २३ सार्वजनिक गरिएको हो ।
युवराज भण्डारीको ‘भावनाको देश’
गीतकार युवराज भण्डारीको देशभक्ति गीत हालै सार्वजनिक गरिएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको थियो ।
‘माया हो’ सार्वजनिक
गायक समीर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै सङ्गीत र राम अविरल विष्टको शब्द रहेको छ । सुरेन्द्र मल्ल ठकुरी (एसएम) को कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पुस्कर दाहाल र विमला खुजुम लिम्बू फिचर्ड हुनुहुन्छ । पूर्वी धनकुटामा छायाङ्कन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायाङ्कन छ ।
काठमाडौँमा ‘देउडा आइडल’ आयोजना हुँदै
नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।
पर्दामा गोर्खालीको बहादुरी
विश्वभरका नेपालीले ‘गोर्खाली’ शब्दलाई आफ्नो पहिचान ठान्छन् । नेपालीमा ‘गोर्खाली’ र अङ्ग्रेजीमा ‘गोर्खाज’ शब्दले बहादुर, इमानदार, दयालु तथा मेहनतीको परिचय दिन्छ । गोर्खा शब्द विश्वका दूरदराजमा ब्रान्डका रूपमा स्थापित छ । इतिहास खोतल्ने हो भने सन् १८१६ मा नेपाल–अङ्गे्रज युद्ध अन्त्य भएपछि नेपाली ब्रिटिस तथा भारतीय सेनामा भर्ती हुन थालेको र त्यस क्रममा उनीहरूले विश्वका विभिन्न देशमा गएर आफ्नो वीरता प्रदर्शन गरेको प्रसङ्ग जोडिन्छ । सन् १८१४ देखि नै लाहोर सहरमा गोर्खा भर्ती सुरु भएपछि लाहुरे शब्द प्रचलनमा आएको इतिहास पढ्न पाइन्छ ।
भस्मे डनमा सौगातको नयाँ अवतार
चलचित्र ‘पशुपति प्रसाद २ : भस्मे डन’ बाट अभिनेता सौगात मल्लको नयाँ अवतार सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेतृ मल्ल टाउकोमा फेटा बाँधेर रिसाहा भावमा प्रस्तुत हुनुभएको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले ‘पशुपति प्रसाद’ को मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भस्मे डन’ को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानका लागि गर्ने शक्ति सङ्घर्षको कथामा निर्माण गरिएको हो ।
विदेशमा पढ्न जानेको कथा पर्दामा
चलचित्रको प्रचारप्रसारका लागि ‘परदेशी २’ को टोली बिहीबार पोखरा आइपुगेको छ । विदेशमा पढ्न जाने नेपाली विद्यार्थीको कथावस्तुमा यो फिल्म बनेको छ ।
इमान्दार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँ : अभिनेता सापकोटा
नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताउनुभएको छ ।
‘रित २’ को घोषणा
फाल्गुनन्द लिङ्देन फिल्म्सको ब्यानरले चलचित्र ‘रित’ को सिक्वेल ‘रित २’ निर्माण गर्ने भएको छ । लिम्बू भाषा संस्कृतिमा आधारित चलचित्रको छायाङ्कन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौँ उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रमा विशेष गरी लिम्बू जातिको विवाहमा दुलाहा र दुलही पक्षबिचमा हुने संस्कारको कथालाई समेटिने छ । चलचित्रमा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बू, विमला खजुम, तेज मेन्याङ्बो, पूर्ण सेलिङ, सागर केरुङ, याशेली योङहाङ, दिनेश माङ्मु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहने छ ।
‘परदेशी २’ को झ्याउरे गीत ‘छुके छुके रेलैमा’
चलचित्र ‘परदेशी–२’ को नयाँ गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक भएको छ । झ्याउरे भाकाको गीतमा प्रकाश सपुत, केकी अधिकारी र प्रशान्त तामाङलाई देखाइएको छ । नारायण रायमाझी निर्देशन रहेको गीतमा रायमाझीसँगै तेजेन्द्र गुरुङ, टीका पुन, देवी घर्ती र ममता गुरुङको आवाज सुन्न सकिन्छ । गीतको शब्द पनि निर्देशक रायमाझी स्वयम्ले कोर्नुभएको छ । गीतमा प्रेमदेव गिरीले सङ्गीत दिनुभएको छ ।
देउडा महोत्सव सम्पन्न
ठकुरी समुदायले मनाउने गौरा (दुवाटु) को अवसरमा आयोजित जिल्लास्तरीय देउडा महोत्सव सम्पन्न भएको छ । महोत्सवको अवसरमा महिला तथा पुरुषले प्रतिस्पर्धाबिनै देउडा गीत गाएर सम्पन्न भएको हो । खार्पुनाथ गाउँपालिका–५ को आयोजनामा देउडा महोत्सव आयोजना गरिएको वडाध्यक्ष भरतजङ्ग शाहीले बताउनुभयो ।
‘परदेशी २’ का कलाकार नेपालगन्जमा
असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को प्रचारप्रसारका लागि चलचित्रको निर्मातादेखि कलाकारसम्मको टोली नेपालगन्जमा आएको छ । चितवन हुँदै नेपालगन्ज आइपुगेको टोलीमा ‘परदेशी २’ को मुख्य भूमिकामा रहनुभएका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेतृ केकी अधिकारी, निर्देशक नारायण रायमाझीलगायतका ‘परदेशी २’ को टिमले नेपालगन्जका विभिन्न विद्यालयमा युवासँग भेट गरेर प्रचारप्रसार गरेको छ ।
कमजोर कथा ‘द नन २’
सन् २०१८ मा प्रदर्शन भएको चलचित्र ‘द नन’ को सिक्वेल ‘द नन २’ को कथा त्यहीँबाट सुरु हुन्छ जहाँ चलचित्र ‘द नन’ को कथा समाप्त भएको थियो । यसमा फरक यति हो कि ‘द नन’ कोरिन हार्डीले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई माइकल चाभ्सले निर्देशन गरेका छन् । चलचित्रलाई सफल सिक्वेलका रूपमा बनाउन त खोजिएको छ तर चलचित्र हेर्दा पहिलेको कथाभन्दा कमजोर भएको महसुस हुन्छ ।
भस्मे डनको दोस्रो गीत ‘प्रेम शरणम्’
पशुपति प्रसाद २ भस्मे डनको दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक भएको छ । सार्वजनिक चलचित्रको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । दुई पात्रबिचको मायाप्रेमलाई गीतमा देखाइएको छ । रमाइलो शैलीमा तयार पारिएको गीतको छायाङ्कन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ ।
‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक गरिएको छ। बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम’ बोलको गीत सार्वजनिक गरिएको हो। यस गीतले परदेशीकै कथा वाचन गरेको छ। सतीश चापागाईंले रचना गर्नुभएको गीतमा चलचित्रमा अभिनेतासमेत रहनुभएका प्रशान्त तामाङले स्वर दिनुभएको छ। बिबी अनुरागीको सङ्गीत र एरेन्ज रहेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गर्नुभएको हो।
नेपालमा पर्यटन प्रवर्धन गर्दै अमेरिकी सांसद भोजनी
अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपाली संस्कृति र पर्यटन प्रवर्धनको विशेष चासो देखाउनुभएको छ। मिसन इन्टरटेनमेन्टले निर्माण गरेको नेपाली पर्यटनसम्बन्धी बालगीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ लोकार्पण कार्यक्रममा उहाँले नेपाल र नेपालीको मौलिक संस्कृति, कला, साहित्यप्रति आफ्नो अगाध माया र स्नेह रहेको जनाउनुभयो। उहाँले नेपाली कला, संस्कृत र साहित्य मात्रै नभई नेपालीको परम्परा, सङ्गीत र महोत्सवसँग समेत परिचित भएकाले नेपालको पर्यटन प्रवर्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैव सक्रियतासाथ लाग्ने बताउनुभयो।
कलाकारको मुख्य आयस्रोतको माध्यम स्टेज सो : लोक गायक राई
करिब दुई दशक अघि साङ्गीतिक क्षेत्रमा लाग्नुभएको मेनुका राईले डेढ सयभन्दा बढी गीत गाउनुभएको छ । बजारमा भाइरल हुने प्रतिस्पर्धा भइरहँदा गायिका राईको गीतहरू त्यस्तो धेरै नचले पनि पूर्वी पहाडतिर उहाँका गीतहरू निक्कै मन पराइरहेका छन् ।