• २१ असार २०८१, शुक्रबार

पुनको ‘निरन्तरता’ सार्वजनिक

blog

काठमाडौँ, मङ्सिर १९ गते । गायिका जानुका थापा पुनले नयाँ गीति एल्बम ‘निरन्तरता’ सार्वजनिक गर्नुभएको छ । गीति सङ्ग्रहमा हरि लम्सालको एकल सङ्गीत रहेको गीतमा हरि लम्साल र अनमोलमणिको शब्द रचना छ । गायकहरू प्रमोद खरेल, सागर आले, रामभक्त जोजिजू, स्वरूपराज आचार्यको स्वर दिएका गीति एल्बममा पाँच वटा गीत समावेश गरिएका छन् ।  

एल्बममा रहेका पाँच वटै गीतहरू फरक फरक शैलीमा रहेको छ । उक्त एल्बममा रहेका पाँच गीतमध्ये तीन गीतका म्युजिक भिडियो पनि तयार भएको छ । ‘लाहुरै जाने बेलैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ भने बाँकी भिडियो भने सार्वजनिक हुने तयारीमा छ । 

लाहुरै जाने बेलैमा गीत छुट्टीमा आएको लाहुरे प्रेममा परी छुट्टिसकेपछि आफ्नो प्रेमिकालाई छोडेर जानु पर्दाको प्रसङ्ग निकै मार्मिक ढङ्गबाट प्रस्तुत गरिएको छ । गीतलाई  नेपाली मौलिकपनको कौडा शैलीमा प्रस्तुत गरिएको छ । जानुका थापा पुन र सागर आलेको आवाज रहेको छ । गीतमा अञ्जली अधिकारी र विक्रम थापामगरको अभिनय हेर्न सकिन्छ । गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गर्नुभएको छ ।