• २ असार २०८१, आइतबार

हेरिटेज प्याजेन्टस् : भेनेजुएला र जापानलाई मुख्य उपाधि

blog

काठमाडौं, मङ्सिर १८ गते । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् प्याजेन्टस् सम्पन्न भएको छ । थाइल्याण्डको राजधानी सहर बैंककस्थित ईएससी पार्क होटलमा भएको प्रतियोगितामा मिसेस्तर्फ भेनेजुएलाकी उआंदर जिर्लेथ कासानोभा विजेता हुनुभएको हो । 

उहाँले मुख्य उपाधि सहित मिसेस् पर्सनालिटीको अवार्ड पनि जित्न सफल हुनुभएको छ । मिसतर्फ जापानकी एरिका हाराले विजेताको ताज पहिरिनुभयो भने उहाँले प्रतियोगितामा मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड समेत हात पार्नुभयो । 

प्रतियोगितामा मिसेस्तर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्स अप, न्यूजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्स अप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अपका रुपमा चयन हुनुभएको छ । यसैगरी मिसतर्फ नाइजेरियाकी टे«सी सोलोमोन फस्ट रनर्स अप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्स अप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्स अप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स छनौट भएका हुन् । 

नेपालका सन्तोष सापकोटा अध्यक्ष रहेको ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना सञ्चालन भएको सो प्रतियोगिताको संयोजनमा सुसान कोह छन् । प्रतियोगिताको कोरियोग्राफरका रुपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज कोरियोग्राफर वेस्ली श थिए । 

प्रतियोगिता मिस मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाको पनि यसै वर्षदेखि सुरुवात गरिएको छ । सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ ।