• २ असार २०८१, आइतबार

फिल्म ‘सालार : पार्ट वन सिसफायर’को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, मङ्सिर १७ गते । फिल्म ‘सालार : पार्ट वन सिसफायर’ को ट्रेलर सार्वजनिक भएको छ । प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्म पुस ६ गतेबाट सिनेमा घरमा रिलिज हुँदैछ । जसमा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबु लगायत कलाकारहरु देख्न सकिन्छ ।

यस्तै, फिल्म तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा रिलिज हुने तयारीमा छ । यसअघि फिल्म ‘बाहुबली’ बाट नाम कमाउन प्रभास सफल भइसकेका छन् ।