• ११ मंसिर २०८१, मङ्गलबार

तारादेवी र रसिकलाई सम्मान

blog

काठमाडौँ , मङ्सिर १८ गते । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ बाट ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई सम्मान गर्ने भएको छ । 

कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिन लागिएको हो । 

गायिका तथा सङ्गीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो । रेडियो नेपालमा करिब चार दशक सेवारत तारादेवी २० को दशकमा लेकाली समूहबाट गायनमा उदाउनुभएको थियो ।  त्यस्तै नेपाली साहित्यका विविध विधामा रसिकका थुप्रै पुस्तक प्रकाशित छन् ।