‘महागफाडी’ मा अठार प्रतिस्पर्धी
टेलिभिजन रियालिटी सो ‘महागफाडी’ को फिजिकल अडिसन सम्पन्न भएको छ । सोका निर्देशक नरेशनाथ योगी (किङ योगी) का अनुसार हजारौँ आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका एक सय प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानिएका छन् ।
चलचित्र परदेशी २ असोज २६ गतेबाट प्रदर्शनमा
चलचित्र परदेशी २ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी गराइएको हो ।
मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्रको वर्चस्व
कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ ।
‘तिम्रो खुसी’ लोकार्पण
गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीतिएल्बम ‘तिम्रो खुसी’ लोकार्पण भएको छ । लामो समयदेखि उपन्यास विधामा कलम चलाउँदै आउनुभएका ताम्राकारले क्यान्सर जस्तो जटिल रोगलाई जितेपछि केही समययता गीत रचनातर्फ लाग्नुभएको कार्यक्रममा प्रमुख अतिथि पूर्वन्यायाधीश गीतकार कल्याण श्रेष्ठले बताउनुभयो ।
‘द रेड सुटकेस’ र ‘गुराँस’ प्रतिस्पर्धामा
भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया कम्पिटिसनमा परेको छ । फेस्टिभलले सोमबार सार्वजनिक गरेको लाइनअपमा नेपाल–भारतको सहकार्य रहेको ‘गुराँस’ पनि प्रतिस्पर्धामा परेको छ । आइसफल प्रडक्सनले श्रीलङ्काको फिल्म काउन्सिल प्रडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो ।
एक्सिसको नयाँ गीत ‘पाइला’
साङ्गीतिक ब्यान्ड एक्सिसले छ वर्षपछि नयाँ गीत ‘पाइला’ सार्वजनिक गरेको छ । ब्यान्डले युट्युब च्यानलबाट आइतबार गीत सार्वजनिक गरेको हो । ब्यान्डले पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालि (पिभिई नेटवर्क) को प्रस्तुतिमा गीत बजारमा ल्याएको हो । ब्यान्डले गीतसँगै ‘एक्लो जीवन’, ‘पैसा’ र ‘विस्तारै’ बोलको गीत पनि तयार पारेको छ । गीत ‘पाइला’ मा व्यक्तिलाई हार नमानी जीवनमा अगाडि बढ्न प्रेरित गरिएको छ । त्यस्तै ‘एक्लो जीवन’ र ‘विस्तारै’ प्रेमभावका गीत हुन् । ‘पैसा’ मा भने जीवनमा पैसाको महत्त्व, पैसा र पैसाको शक्तिले मानिसले कसरी रङ फेर्छ भन्ने अथ्र्याइएको छ ।
साङ्गीतिक यात्रामा राई
गायक पदम राईलाई ‘के गुलियो छ र सखर चिनी’, ‘पछि पछि लागेर’ बोलको गीत र भिडियोले चर्चाको शिखरमा पुर्याएको छ । विगतमा पनि उहाँका दर्जनौँ गीत श्रोतामाझ पुगिसकेका छन् । ‘जागिर खान्छु सरकारी अड्डामा’ बोलको गीतले उहाँलाई थप चर्चित बनायो । हालै बजारमा आएको ‘बाटो घुमाउरो’ बोलको भिडियो दर्शकको रुचिको बनेपछि गायक पदम राई स्थानीयस्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र होइन विदेशमा रहेका नेपालीमाझसमेत लोकप्रियता हासिल गर्न थाल्नुभएको छ ।
स्रष्टा सम्मानित
प्रेमध्वज प्रधान फाउन्डेसनले प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षता तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजित कार्यक्रममा स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।
महायज्ञमा ‘परदेशी–२’ का कलाकार
दसैँको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र ‘परदेशी–२’ यतिबेला प्रचारप्रसारमा जोडतोडले लागिपरेको छ । चलचित्रका निर्देशक एवं कलाकारहरू प्रचारप्रसारकै क्रममा भक्तजनमाझ प्रस्तुत हुनुभएको छ । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गर्नुभएको हो ।
मेनुकाले जितिन् गोल्डेन माइक
इन्डियन आइडल सिजन–१४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जित्नुभएको छ । अडिसनमा ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उहाँले गाउनुभएको थियो । उहाँ टप १५ मा छानिनुभएको छ । मेनुकाले गीत गाउँदै गर्दा निर्णायक तथा गायिका श्रेया घोसालको आँखाबाट आँसु झरेको थियो । उहाँको प्रस्तुति सकिएपछि केहीबेरसम्म निर्णयकहरू अकमक्क पर्नुभएको थियो । त्यसपछि सबै निर्णायक श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर पौडेललाई बधाई दिनुभएको थियो ।
क्यानाडामा नेपथ्यको दोस्रो कन्सर्ट
नेपथ्यको दोस्रो कन्सर्ट भ्यानकुभरमा कन्सर्टको सुरुवात ‘सा कर्णाली’ म्युजिक भिडियोबाट भएको थियो भने त्यसपछि ‘मै मरी जाउँला’ गीतलाई निरन्तरता दिएको थियो ।
गायक किरण पुन्जले नयाँ गीत ‘निर्णय’ सार्वजनिक
गायक किरण पुन्जले नयाँ गीत ‘निर्णय’ सार्वजनिक गर्नुभएको छ । प्रेमिल शैली यस गीतमा शब्द, सङ्गीत भूगोल आर दाहालको रहेको छ भने गीतलाई राजेन्द्र वाइबा तामाङले सङ्गीत संयोजन गर्नुभएको हो ।
दसैँमा चलचित्र प्रदर्शनको होडबाजी
दसैँमा नै चलचित्र प्रदर्शन गर्न निर्माता निर्देशकहरूबिच होडबाजी चल्ने गरेको छ । चलचित्रले बजार लिए पनि नलिए पनि प्रायः सबै निर्माता निर्देशक दसैँलाई लक्षित गरेर आफ्नो चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका छन् । अन्य समयको तुलनामा चाडपर्वका बेला चलचित्र धेरै चल्ने चलचित्रकर्मीहरूको बुझाइ छ ।
एनआरएन द सिङ्गरको अन्तिम दशको टुङ्गो
गैरआवासीय नेपाली संघको आयोजनामा भइरहेकोे रियालिटी शो ‘एनआरएन द सिङगर’ को अन्तिम दश जनाको टुंगो लागेको छ । काठमाडौँमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना प्रतिस्पर्धीमध्येबाट अनलाइन भोट र निर्णायकहरुको मूल्याङ्कनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो ।
‘परदेशी–२’ को ट्रेलर सार्वजनिक
दसैँको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ को ट्रेलर सार्वजनिक गरिएको छ। असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो। नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ।
शर्माका गीतको भ्युज करोड
दीपक शर्माका सङ्गीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरू सार्वजनिक भएका छन्। शुक्रबार आयोजित समारोहमा सङ्गीतकार शर्माका बुवा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षेत्री, राधिका अधिकारी र सङ्गीतकार शर्मा आफैँले यो गीतिसङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।
चलचित्र ‘वानर सेना’को प्रिमियर
नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रबार काठमाडौंमा प्रिमियर शो भएको हो । चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको हो ।
गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई सम्मान
गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ ।
काठमाडौँमा रञ्जनाको कत्थक
भारतकी प्रतिष्ठित कत्थक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्के नृत्य काठमाडौँमा प्रस्तुत गरिएको छ । उहाँको नेतृत्वमा तीन कलाकारको नृत्य प्रस्तुत गरिएको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा आयोजित ‘कत्थक नृत्य प्रस्तुति कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले गर्नुभएको थियो ।
काठमाडौंबाट सुरु भयो कत्थक नृत्य
काठमाडौंबाट कत्थक नृत्यको प्रस्तुति शुभारम्भ भएको छ । असोज १६ गते बुधबारबाट काठमाडौंबाट उक्त नृत्यको प्रस्तुति शुभारम्भ भएको हो ।
१४ देशका ४० भन्दा बढी कलाकार खोटाङमा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङ आएका हुन् ।
हाँसोको फोहोरा ‘फुक्रे ३’
हनी, चुचा, लाली, भोली पन्जाबन र गुरुजी । यी पाँच पात्र ‘फुक्रे ३’ का मुख्य कलाकार हुन् । यी पाँचै जनाले हलमा दर्शकलाई पेट मिची मिची हँसाउँछन् । दर्शकका लागि हाँसोको फोहोरा छुटाउन माहिर यी पात्रले अभिनय गरेका पुरानो चलचित्र ‘फुक्रे’ लाई अवश्य धेरैले सम्झन्छन् । यस चलचित्रको तेस्रो सिक्वेलसम्म आइपुग्दा पनि यसका पात्र दर्शकमाझ उत्तिकै लोकप्रिय छन् । पुरानोभन्दा नयाँ कथा र अनेकन ट्विस्टका साथ सबै पात्र यस सिरिजको तेस्रो चलचित्र ‘फुक्रे ३’ मा पनि उत्तिकै बेजोड देखिएका छन् ।
कौसिदको ‘नझर्थेर आँसु’
कुमार भाष्करको निर्देशनमा बनेको चलचित्र ‘कौसिद’ मा समावेश गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ‘नझर्थेर आँसु...’ बोलको गीत मार्मिक सुनिन्छ । गीतले सुखदुःख मिश्रित दैनिकीको भाव बोल्छ । आफ्नो पीडा भुलेर अरूको खुसीका लागि सङ्घर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त गरिएको छ । गीतमा स्वर र सङ्गीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ । शब्द लक्ष्मण बानियाँले लेख्नुभएको हो । मिक्सिङ तथा मास्टरिङ राहुल प्रधानको छ । असोज २६ बाट प्रदर्शनमा आउने चलचित्रले पोस्टर रिलिजबाटै चर्चा कमाएको थियो । यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्मा चलचित्रका प्रमुख कलाकार हुन् ।
‘परदेशी–२’ को ‘कुरा सिधा छ’
यही असोज २६ देखि प्रदर्शनमा आउने चलचित्र ‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘कुरा सिधा छ’ बोलको डान्सिङ शैलीको गीत बुधबार सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपुत र अभिनेतृ वर्षा शिवाकोटी प्रस्तुत छन् ।