• ११ मंसिर २०८१, मङ्गलबार

नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक

blog

कार्यक्रममा सहभागी अतिथिहरु । तस्बिरः अमिर मैया रञ्जित

काठमाडौं, मंसीर २८ गते । नेपालभाषाको म्युजिक भिडियो एल्बम ‘असं बजाः मंगः बजाः’ बिहीबार कीर्तिपुर पाँगामा सार्वजनिक गरिएको छ । 

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठले सार्वजनिक गर्नुभएको सो एल्बममा आठवटा गीत रहेको र त्यसको रचना वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठ, वंशीधर बज्राचार्य, भूषणप्रसाद श्रेष्ठ, नातीबज्र बज्राचार्य, मङ्गल महर्जन, चण्डेश्वर महर्जनले गर्नुभएको हो । 

एल्बममा रहेको आठ वटै युगल गीतमा वरिष्ठ सङ्गीतकार मनराजा नकर्मीले एकल सङ्गीत दिनुका साथै पुरुष स्वरमा मोहन शाक्यको एकल स्वर रहेको छ । महिला स्वरमा फरक फरक गायककार गङ्गादेवी महर्जन, निशा देसार, कविता जोशी, सिर्जना श्रेष्ठ, लसता जोशी, रत्नशोभा महर्जन, सरिता शाही, रोजी डङ्गोल श्रेष्ठले स्वर दिनुभएको छ । 

एल्बमको आठ वटै गीतको समालोचना वरिष्ठ साहित्यकार तथा निर्देशक प्रकाश सायमीले गर्नुभयो । गीति एल्बमले बुढेसकालमा टाइमपास गर्न सहज हुने गीतकार दुर्गालाल श्रेष्ठले बताउनुभयो ।