• ११ मंसिर २०८१, मङ्गलबार

‘सतीदेवी’ को सेन्सर पास

blog

काठमाडौँ, मङ्सिर २४ गते । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहीबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । निर्देशक सुवेदीले सामाजिक सञ्जालमार्फत सेन्सर पास भएको जानकारी दिनुभएको हो । चलचित्रलाई सेन्सर बोर्डले उत्कृष्ट प्रतिक्रियासहित पास गरेको उहाँको भनाइ छ । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनुहुने छ ।

चलचित्रले महिला, दलित र अपहेलितको कथाको विषय बोकेको छ । बाबुछोरीको कथासमेत देखाएको चलचित्रले समाजमा हुने छोराको चाहना, छोरीको महìवलगायतको विषयसमेत देखाउने निर्देशक सुवेदीले बताउनुभयो । मलिका महत, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटालगायतको चलचित्रमा अभिनय छ । दिलासा क्रिएसनको प्रस्तुति रहेको चलचित्रको निर्माता श्रीदेवी सुवेदी हुनुहुन्छ भने गीत र निर्माण सुवेदीकै रहेको छ ।