तिहार मनाउन उत्साहित ‘सेलिब्रेटी’
झिलिमिली बत्तिको चाड तिहारले सबैलाई छोइसकेको छ । तिहारकै लागि भाइमसाला, दियो, पाला, झिलिमिली बत्ती, फूलमालालगायतका विविध सरसामानको किनमेल गर्न पनि भ्याइनभ्याइ छ । घरघरमा सेलरोटीलगायत अनेकौँ मिठाई बनाउन गृहिणीहरूको व्यस्तता बढेको छ । केटाकेटी युवायुवती देउसी भैलीको तयारीमा लागेका छन् ।
देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक
कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालले सामाजिक सुरक्षा र सचेतनाका लागि निर्माण गरेको सन्देशमूलक देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक गरेको छ।
देउसीभैलोको त्यो रमाइलो
दसैँपछिको दोस्रो ठुलो चाड तिहार, उज्यालोको पर्व ! पशुपन्छी, प्रकृति र दाजुभाइ पूजा गरिने चाड हो– तिहार । वर्षमा एक पटक खेलिने देउसीभैलो जसको तिहारमा विशेष महत्व रहनु स्वाभाविक हो । संस्कृति धान्न वा मनोरञ्जन गर्न खेलिने देउसीभैलोको तौरतरिका समय अनुकूल बदलिँदै जान थालेको छ । सारङ्गी, मादल, डम्फु र बाँसुरीका साथै हारमोनियमका धुनमा ताल सुर मिलाएर इतिहास र पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो प्रचलन अहिले धेरै कम देख्न पाइन्छ । आजभोलि ठाउँ अनुसार सबै कुरा परिवर्तित हुँदै गइरहेका छन् । देउसीभैलो भट्याउने भाकाहरू धेरै बदलिएका छन् ।
हलमा ‘दिमाग खराब’
शुक्रबारदेखि देशभरका हलमा चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ । चलचित्रमा वर्तमान समाज र राजनीतिको विकृत पक्ष र नागरिक असन्तुष्टिको कथावस्तु चित्रण गरिएको छ । आकाश बरालको कथा रहेको चलचित्रमा स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, सुपुष्पा भट्ट, पुष्कर गुरुङ, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । सुजनबम ठकुरी निर्माता रहनुभएको चलचित्रका निर्देशक/निर्देशन निश्चल बस्नेत हुनुहुन्छ ।
अभिनेता घिमिरे डिस्चार्ज
भिरबाट लडेर घाइते हुनुभएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज हुनुभएको छ । कात्तिक १० गते नदीपुरमा लडेर गम्भीर घाइते भएपछि उहाँको पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको हो । स्वास्थ्यमा सुधार आएपछि उहाँलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक मास्केले बताउनुभयो । उहाँका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको छ । उहाँको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको हो । उहाँ अब घरमै आराम गर्नुहुन्छ ।
मिसेस नेपाल वर्ल्ड उपाधि पृथ्वीयालाई
विवाहित महिलाहरूबिच भएको सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि प्राप्त गर्नुभएको छ । बुधबार राति काठमाडौँमा सम्पन्न प्रतियोगितामा लेखा परीक्षक थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपाधिलाई पनि आफ्नो बनाउनुभयो । थापाले सोफी मिसेस नेपाल वर्ल्ड भएबापत आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । उहाँले एक स्कुटर पनि प्राप्त गर्नुभएको छ ।
‘दिमाग खराब’ लाई उच्च सो
शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘दिमाग खराब’ लाई देशका प्रमुख मल्टिप्लेक्स हलहरूले उच्च सो उपलब्ध गराएका छन् । चलचित्रले देशभरका मल्टिप्लेक्समा डेढ सय बढी सो प्राप्त गरेको छ । चलचित्रलाई दी क्युएफएक्सले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर गरी ५८ सो दिएको छ भने दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआईले १४ सो, एफक्युबले छ सो, वान सिनेमाजले दुई हलमा गरी १० सो, बिग मुभिज र क्युज सिनेमाजले समान पाँच/पाँच सो, रञ्जना सिनेप्लेक्सले सात सो, सिके सिनेमाजले सो, सिडिसी सिनेमाले तीन सो दिएको छ । समग्रमा हेर्दा चलचित्रको सो उत्साहप्रद रहेको बताएको छ ।
गुरुङ चलचित्र ‘सैंर्वे ट’ प्रिमियरको तयारीमा
पोखरामा आगामी मङ्सिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर सो) हुने भएको छ ।
मिसेस् नेपाल वर्ल्डको उपाधि थापालाई
रिबन इन्भेस्टमेन्ट द्वारा बुधवार काठमाडौँमा आयोजित मिसेस् नेपाल वर्ल्ड २०२३ को उपाधि पृथिभिया थापाले पाउनु भयेको छ। कार्यक्रममा मिसेस् नेपाल इन्टर्नेस्नल को उपाधि भने सीता सुवेदीले र सृजना केसीले पाउन सफल हुनु भयेको छ ।
डा. पाण्डेको ‘तिम्रो याद’ सार्वजनिक
गायक डा. दामोदर पाण्डेको स्वरमा नयाँ गीत भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ । नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ । गीतमा सङ्गीतकार उपेन्द्रलाल सिंहले सङ्गीत भर्नुभएको छ भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन् । भिडियोको निर्देशन भने निर्देशक सान थापाले गर्नुभएको हो ।
अर्घाखाँचीको भैरव नाच काठमाडौँमा
अर्घाखाँचीको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । बुधबार अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहकार्यमा हनुमानढोका, वसन्तपुर (कालभैरवअगाडि) भैरव नाचको प्रदर्शन भएको हो ।
अभिनेता घिमिरेको स्वास्थ्यमा सुधार
पोखराको मणिपाल अस्पतालमा उपचार गराइरहनुभएका कलाकार प्रकाश घिमिरेलाई आइसियुबाट न्युरो वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा राम्रो सुधार भएका कारण उहाँलाई वार्डमा सारिएको हो । वार्डमा सारिएका उहाँले भेट्न पुग्नेसँग खुलेर दोहोरो कुराकानी गर्न थाल्नुभएको छ ।
‘मिसेस वर्ल्ड २०२२’ सरगम कौशल नेपालमा
‘मिसेस वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आउनुभएको छ । उहाँ बुधबार हुने ‘मिसेस नेपाल २०२३’ को फाइनलमा सहभागी हुन काठमाडौँ आउनुभएको हो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कौशलले आफू पहिलो पटक नेपाल आएको बताउनुभयो । “सगरमाथाको देशमा मलाई निम्त्याएकोमा नेपालको आयोजकलाई धन्यवाद छ । पहिलो पटक नेपाल आएकी हुँ । मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ । धार्मिक हिसाबले पनि पुण्यभूमि नेपालको पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्ने छु,” उहाँले भन्नुभयो ।
‘फ्लावर अफ इभिल’ मा आधारित ‘दुरङ्गा’
गत वर्ष प्रदर्शन भएको वेब सिरिज चलचित्र ‘दुरङ्गा’ लाई दर्शकले निकै रुचाए । सस्पेन्स, थ्रिलरका कारण शरीर थर थर कपाउन बाध्य बनाउने यस शृङ्खलाको दोस्रो सिजनलाई रोहन सिप्पीले निर्देशन गर्नुभएको छ । सिरिजमा अमित साध, दृष्टि धामी, गुल्सन दैवेया, अभिजित खाण्डेकर, दिव्या सेठ, हीरा मिश्रा, राजेश खट्टर, जाकिर हुसेन, बरखा सेनगुप्ता र निवेदिता सर्राफलगायतका कलाकारको अभिनय छ । चलचित्र साइकोलोजिकल क्राइम थ्रिलर कोरियन ड्रामा ‘फ्लावर अफ इभिल’ मा आधारित छ ।
भूकम्पपीडितलाई सहयोग गर्न आग्रह
जाजरकोट भूकम्पपीडितलाई राहत र घाइते उद्धारमा जुट्न कलाकारले आग्रह गरेका छन् । उनीहरूले सबै कलाकारलाई आफूहरूले सकेको सहयोग गर्न आग्रहसमेत गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक आकाश अधिकारीले सामाजिक सञ्जालमार्फत आफूसँग भएको पाँच हजार ७० थान त्रिपाल पीडितलाई सहयोग गर्ने जनाउनुभएको छ ।
गायक बरालको एकल साँझ
गायक यम बरालको एकल साँझ शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको छ । साँझमा गायक बरालले आफ्ना लोकप्रिय गीत सुनाउनुभएको थियो । ‘हिस्टोरिकल लाइभ इन कन्सर्ट’ नाम दिइएको साँझमा गायक बरालले जाजरकोट भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो प्रस्तुति सुरु गरेका थिए ।
‘यस्तो भा’छ मलाई त’ सार्वजनिक
गायिका शान्ता जिसीको आवाजमा ‘यस्तो भा’छ मलाई त’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतमा शान्तालाई गायक प्रताप दासले साथ दिनुभएको छ । प्रेमिल जोडीले एक अर्कालाई छोड्न नसक्ने तर मायाले बाँधिरहने जोडीका कुरालाई मिठो लयमा ढालेर बनाइएको गीत जिसीले आफ्नै युट्युब पेज शान्ता जिसीमार्फत सार्वजनिक गर्नुभएको हो ।
ढुङ्गेलको रचनामा ‘रातोदिन रुवाएर’
गीतकार सुवासचन्द्र ढुङ्गेलको रचना र गायिका चिरिमाया महर्जनको आवाज रहेको गीत ‘रातोदिन रुवाएर’ शुक्रबार सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको सङ्गीत रहेको छ । अगस्ती इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत ढुङ्गेलको अफिसिल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । शुक्रबार एक कार्यक्रमबिच अभिनेतृ मिथिला शर्माले गीतको सार्वजनिक गर्नुभएको हो ।
तिहारमा दुई चलचित्र
चलचित्र लुटका निर्देशक निश्चल बस्नेतको ‘दिमाग खराब’ र सलमान खान अभिनित बलिउड चलचित्र ‘टाइगर ३’ तिहारलाई लक्षित गरेर प्रदर्शन हुँदै छ । यस पटक निर्देशक बस्नेतले चलचित्र प्रदर्शनमा ल्याउने घोषणा गरेर जोखिम उठाउनुभएको देखिन्छ । उहाँको चलचित्रले ‘वर्ड अफ माउथ’ सकारात्मक आएको खण्डमा दर्शकबाट राम्रो व्यापार गर्न सक्ने देखिन्छ । निर्देशक बस्नेतले दर्शकलाई एउटा राम्रो चलचित्र दिन ‘दिमाग खराब’ निर्माण भएको बताउनुभयो । उहाँले चलचित्रको कथा र विषयवस्तु नै राम्रो भएको दाबीसमेत गर्नुभयो । एउटा विदेश जान लागेको पात्र, उसले भोग्नुपर्ने समस्या र त्यसले उसको जीवनमा पार्ने प्रभावका विषयमा चलचित्र बनेको उहाँको भनाइ छ ।
मिस्टर इन्टरनेसनलमा अभिषेकलाई अवार्ड
चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तर्राष्ट्रिय अवार्ड पाउनुभएको छ । चुडालले फिलिपिन्सको बागुयो सहरमा आयोजित पुरुष अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनल २०२३ मा मिस्टर कन्जिनियालिटीको अवार्ड पाउनुभएको हो ।
‘उपहार’ को पहिलो गीत ‘वाह वाह’
अभिनेतृ रेखा थापाले निर्माण गर्नुभएको चलचित्र ‘उपहार’ को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबिच गीत सार्वजनिक गरिएको हो । गीतमा बाबुल गिरी र एलिना चौहानको आवाज रहेको छ भने गीत मायाप्रेम र डान्सिङ शैलीमा तयार पारिएको छ । गायक गिरीकै सङ्गीत र शङ्कर अधिकारी ‘घायल’ को शब्द रहेको गीतमा चलचित्रका प्रमुख कलाकारहरू रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा, समर्पणजङ्ग कार्की, बेनिशा हमाल, तेज गिरीलगायत देखिनुभएको छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्र रेखा फिल्म्सको ब्यानरमा बनेको हो । फागुन २५ गते चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।
चलचित्र भवनमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’
नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दसैंलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् ।
सङ्गीतका उज्ज्वल प्रतिभा प्रज्वल
पियानिस्ट प्रज्वल लामा किबोर्ड राम्रो बजाउनुहुन्छ । किबोर्डबाट उहाँले निकालेका मिठा मिठा धुनले धेरैलाई मन्त्रमुग्ध बनाइसकेको छ । एलकेजी पढ्दादेखि नै उहाँले किबोर्ड बजाउन सुरु गर्नुभएको थियो । अहिले उहाँ किबोर्ड बजाउन पारङ्गत भइसक्नुभएको छ । उहाँलाई अहिले विभिन्न स्टेज कार्यक्रममा बोलाइन्छ । किबोर्ड बजाउन पिताबाट प्रेरित हुनुभएको उहाँ बुवासँग किबोर्ड बजाउँदा धेरै कुराको ज्ञान पाएको बताउनुहुन्छ ।
‘मोटरबाटो’ मा झल्कन्छ कालीकोट
गायक महेन्द्रराज बरालको स्वरमा ‘मोटरबाटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुष्कर खत्रीको एरेन्ज र एवान म्युजिसियनको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा जिवी चिरण, वेदान थापा, कल्पना खड्का दीपा शाही, दुर्गा काफ्ले, रोयल प्रिन्स र प्रकाश चौलागाईं फिचर्ड हुनुहुन्छ ।