• १३ साउन २०८१, आइतबार

मुटुभित्र नेपाल’ सार्वजनिक

blog

काठमाडौँ (गोरखापत्र), माघ ३ गते । गीतकार प्रकाश पण्डितको ‘मुटुभित्र नेपाल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देशभक्ति भावनाले ओतप्रोत मुटुभित्र नेपाल गीतले देशको बयान गरेको छ । गीतमा प्रकाश पण्डितको शब्द, सङ्गीत गायक थानेश्वर गौतमको रहेको छ ।

गायक गौतमकै स्वर रहेको गीतको भिडियोमा नायक राजेश हमालले अभिनय गर्नुभएको छ । सुव्रत आचार्यको निर्देशनमा तयार पारिएको भिडियोको छायाङ्कन उत्सव दाहालले गर्नुभएको हो । 

पछिल्लो समय युवा पुस्तामा हराउँदै गएको देश प्रेम आमनेपालीले बिर्सिंदै गएकाले जन्मभूमिलाई राष्ट्रप्रेमको भावनाले ओतप्रोत गर्ने लक्ष्यका साथ गीत बजारमा ल्याइएको पण्डितले बताउनुभयो ।